Monday, 7 September 2020

शेर सम्बन्धी घरमा बसेर गर्न सकिने काम

- देव गुरागाई

फुर्सदको समयमा डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नै नियन्त्रणमा हुन्छ र चाहिएको बेला कसैको सहयोगको जरुरी पर्दैन ।पछिल्लो समय प्राथमिक शेयरबजार र दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेको छ । अहिले आर्थिक गतिविधि प्रायः ठप्प छन् । यो फुर्सदको समयमा शेयरसम्बन्धी घरमै बसी धेरै कुरा गर्न सकिन्छ । मुख्य कुरा शेयर किन्ने र बेच्ने निर्णय लिनुभन्दा पहिले आवश्यक पर्ने डाटा, सूचना, ट्रिक्स, टिप्स, जानकारीजस्ता पर्दा पछाडिका कामहरू फुर्सदको अवस्थामा घरमा बसीबसी गर्न सकिन्छ ।

फुर्सदको समयमा डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नै नियन्त्रणमा हुन्छ र चाहिएको बेला कसैको सहयोगको जरुरी पर्दैन ।

दोस्रो बजारमा प्रवेश गर्न दुई तरीकाको विश्लेषण सिकेर कारोबार गरेको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिन्छ । यी दुई तरीका हुन् : आधारभूत र प्राविधिक विश्लेषण । लगानी गरिने धितोपत्र र त्यो कम्पनीको आधारभूत पक्ष तथा वित्तीय अवस्थाको विस्तृतमा विश्लेषण गरिन्छ र निष्कर्ष निकालिन्छ भने त्यो आधारभूत विश्लेषण हो । यसले धितोपत्रमा लामो समयका लागि लगानी गर्न मद्दत गर्छ । कुनै धितोपत्रको कारोबार मूल्यमा भएको परिवर्तन समयसँगै कुनै ग्राफमा उतारेर विश्लेषण गरिन्छ भने त्यो प्राविधिक विश्लेषण हो । यसले धितोपत्रको अल्पकालमा गरिने लगानी (कारोबार) लाई सहयोग पु¥याउँछ । टे«डिङमा कुनै धितोपत्र वा समग्र बजारको ट्रेन्ड कस्तो चलिरहेको छ ? उपट्रेन्ड, डाउन ट्रेन्ड वा साइडबेज कुन ट्रेन्डमा छ ? त्यो ग्राफमा हेरेर अनुमान लगाएर शेयर कारोबार गर्नुपर्छ । कारोबारीले बजार प्रवृत्तिलाई अलि बढी ध्यान दिन्छन् र सोहीअनुरूप शेयर कारोबार गर्छन् र बजारबाट प्राप्त हुन सक्ने अधिकतम फाइदा प्राप्त गर्न सफल हुन्छन् । धेरै जोखिम बेहोर्ने हिम्मत भएका लगानीकर्ताले कारोबार गर्छन् । तर, उच्च जोखिम उठाउन नसक्ने लगानीकर्ताले आधारभूत विश्लेषण गरी बोनस, हकप्रद, लाभांशजस्ता मुनाफामा अलि बढी ध्यान दिन्छन् र मुनाफा सुनिश्चित गर्दै शेयर संख्या बढाउँदै लैजान्छन् । असाध्यै जरुरी परे मात्र त्यस्तो शेयर विक्री गर्छन् । लामो समयका लागि शेयर खरीद गर्ने हो भने लगानी बुझाउँछ । छोटो समयका लागि खरीद गर्ने हो भने कारोबार बुझिन्छ । एकै लगानीकर्ताले यी दुवै काम गर्न पनि सक्छन् । ट्रेड नगरी लगानी मात्र गर्ने हो भने त एक दिन गोजीको पैसा सकिन्छ । त्यसैले यी दुवैको सन्तुलन मिलाएर खरीद वा विक्री गर्नुपर्छ ।

यसरी यी दुवै विश्लेषण गर्न र प्राप्त नतीजाका आधारमा शेयर कारोबार गर्न आवश्यक पर्ने डाटा तथा सूचना संकलन र भण्डारण सहज बनाउन र चाहिएका बेला तुरुन्त प्राप्त गर्न आफैले सानो डाटाबेस पनि तयार गर्न सकिन्छ ।

आफै सानो डाटाबेस तयार गर्ने

फुर्सदको समयमा आवश्यक पर्ने शेयरसम्बन्धी, बैंकसम्बन्धी तथा अन्य पोर्टलहरूको लगइन इन्फरमेशनहरू सुरक्षित गर्न सकिन्छ । यस्ता कुरा डायरी वा मोबाइलको कन्ट्याक वा नोटमा राख्ने धेरैको बानी हुन्छ त्यो सुरक्षित हुँदैन । प्राथमिक शेयर निष्कासनका शेयरहरू परिवारका सदस्यको नाममा पनि हुन सक्छ जुन छुट्टाछुट्टै डिम्याट खातामा हुन्छन् । यसरी छरिएर रहेको कुनै कम्पनीको शेयर कति रहेछ भनेर थाहा पाउनुप¥यो भने तत्कालै थाहा पाउन गाह्रो हुन्छ । त्यसैले आपैmले सानो डाटाबेस आफै तयार गर्नुपर्छ । कम्प्युटरमा एउटा एक्सल फाइल सिट बनाउनुपर्छ । त्यस सिटमा डाटा इन्ट्री गरी त्यसलाई जिमेल लगइन गरी गूगल ड्राइभमा उपलोड (एड) गरेर सुरक्षित राख्न सकिन्छ । यसरी भण्डार गरिएको सिट मोबाइलबाटै सजिलै हेर्न वा डाटा अपडेट गर्न सकिन्छ । यहाँबाट चाहिएका बेला आफ्नो लगानी तथा जम्मा शेयर पोर्टफोलियो कति छ, कस्तो अवस्थामा छ, कुनकुन कम्पनीमा कति नाफा वा नोक्सान छ, कुनकुन कम्पनीले कतिकति बोनस, हकप्रद दिए/दिएनन् आदि कुरा एकै ठाँउमा एउटै सिटमा रेकर्ड राखी हेर्न सकिन्छ । यही सिट (डाटाबेस) का आधारमा कुन शेयर किन्ने, राख्ने र बेच्ने भन्ने कुराको निर्णय गर्न पनि सजिलो हुन्छ । रिअपडेट गरिएको डाटा अनलाइनमार्फत अटोमेटिक सेभ हुने भएकाले एक्कासि कम्प्युटर बन्द हुँदा डाटा हराउने डर पनि हुँदैन । पहिलो एकपटक यो सिट खोलेर सिटको माथि दायाँ कर्नरमा रहेको अप्शनमा क्लिक गरी अभाइएबल अफलाइन बटमलाई अन गरेपछि इन्टरनेट नभए पनि त्यो फाइल खोलेर सबै डेटा हेर्न, उपयोग गर्न र अपडेट गर्न सकिन्छ । यसरी अफलाइन अपडेट गरिएको डाटा भने डिभाइस अनलाइन हुनेबित्तिकै स्वतः गूगल ड्राइभमा अपडेट भइहाल्छ ।

अतः यो फुर्सदको समयमा यस्तो डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नो नियन्त्रणमा हुन्छ र चाहिएका बेला कसैको सहयोगको जरुरी पर्दैन । जेजति सूचना, नोट, टिपोट छन् सबै त्यही फाइल सिट थप गरेर राख्न सकिने भएकाले दिमागलाई बोझ पनि भएन । हराउला भन्ने डर पनि भएन । डिम्याट खाता, बैंक खाता, व्रोकर आईडीका नम्बरहरू तथा मेरो शेयर, ई–बैंकिङ, मोबाइल बैंकिङको लगइन, ट्रान्जेक्शन कोड आदि बिर्सिएर बारम्बार रिसेट गर्ने झन्झट पनि हुँदैन । इन्टरनेट नभएको ठाँउमा पनि चाहिएका बेला डाटा हेर्न, अपडेट गर्न सकिन्छ । मोबाइल, ट्याबलेट वा ल्यापटप बिर्सिए पनि कम्प्युटर र इन्टरनेट भएको ठाउँमा जिमेल लगइन गरेर तुरुन्त आप्mनो डाटाबेस हेर्न सकिन्छ । समय र पैसाको बचत हुन्छ । विभिन्न फर्मुला प्रयोग गरी डाटाबेसलाई अटोमेशनसमेत गरेर विभिन्न रिपोर्ट निकाल्न पनि सकिन्छ । ग्याजेट्स हराए, बिग्रिए वा परिवर्तन भए पनि जिमेलमार्फत लगइन गरी नयाँ डिभाइसमा तुरुन्त आप्mनो डाटाबेस पाउन सकिन्छ । त्यसैले यो डाटा कहिले पनि हराउँदैन अरूलाई शेयर नगरेसम्म गूगलले डाटाको गोपनीयता कायम राख्ने भएकाले डाटा धेरै सुरक्षित र विश्वसनीय पनि हुन्छ ।

साभार:- आर्थिक अभियान


लेखक नागरिक लगानी कोषमा कार्यरत छन् ।

Saturday, 22 August 2020

लघुबित्त आ.ब ७७/७८ मा कुन अब्बल

 स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

लघुवित्त कम्पनीहरुको यो नाफा अघिल्लो आवको तुलनामा २२.७० प्रतिशत कम हो।

अघिल्लो आवमा ५३ लघुवित्त कम्पनीहरुले ५ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। सरकारले गरेको ४ महिने लकडाउनका कारण कर्जा असुली प्रभावित हुँदा लघुवित्त कम्पनीहरुको नाफामा संकुचन आएको हो।

गत आवमा लघुवित्तहरुले ८६ अर्ब ४० करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसबाट १६ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ। यस अवधिमा निक्षेप १९.६१, कर्जा लगानी ८.८९ र खुद ब्याज आम्दानी १४.८७ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा लघुवित्तहरुले ७२ अर्ब २३ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसबाट १३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए।

लघुवित्तहरुको अघिल्लो आवमा कूल चुक्ता पूँजी १५ अर्ब ४१ करोड १८ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २६.३४ प्रतिशतले वृद्धि भई १९ अर्ब ४७ करोड १२ लाख रुपैयाँ पुगेको छ। यस्तै १४ अर्ब ४ करोड १० लाख रुपैयाँ रहेको जगेडा कोष १३.३५ प्रतिशतले वृद्धि भई १५ अर्ब ९१ करोड ५१ लाख रुपैयाँको पुगेको छ।

गत आवमा लघुवित्त कम्पनीको औषत प्रतिशेयर आम्दानी १९.८९ रुपैयाँ रहेको छ। खुद नाफा घटेसँगै अघिल्लो आवको तुलनामा ११.९६ रुपैयाँले प्रतिशेयर आम्दानीम संकुचन देखिएको छ। उता औषत शेयरमूल्य भने अघिल्लो आवमा ८१२ रहेकोमा गत आवमा १३ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ । यस्तै मूल्य आम्दानी अनुपात भने घटेको छ। अघिल्लो आवमा औसत पीई रेसियो ५८.२७ रहेकोमा ५.८५ ले घटेर ५२.४२ गुणामा छ।

खुद नाफा घटेसँगै लघुवित्तको लगानीमा प्रतिफल पनि घटेको छ। अघिल्लो आवमा औषत प्रति १ कित्ता शेयरले १७.७२ रुपैयाँ आम्दानी गरेकोमा गत आवमा ११.८७ रुपैयाँमा झरेको हो।

उता खराब कर्जा अनुपात २.३२ प्रतिशत छ। अघिल्लो आवमा १.०९ प्रतिशत थियो। समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुको प्रतिशेयर नेटवर्थ पनि ७.७० रुपैयाँले घटेर १६१.१४ रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा गत आवमा छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै १ अर्ब ५० करोड चुक्ता पूँजी रहेको छ भने सबैभन्दा कम घोडीघोडा लघुवित्तको २ करोड ७६ लाख रहेको छ।

खुद नाफा

गत आवमा खुद नाफाको आधारमा पनि छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा गर्दा साना किसान लघुवित्तले ५४ करोड ८२ लाख, र स्वावलम्बन लघुवित्तले ३५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

महिला सहयात्रा लघुवित्तको खुद नाफा भने १ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिशेयर आम्दानी

प्रतिशेयर आम्दानीका आधारमा साना किसान लघुवित्तको सबैभन्दा धेरै ५४.८० रुपैयाँ छ भने महिला सहयात्रा लघुवित्तको ८.६३ रुपैयाँले ऋणात्मक रहेको छ। फरवार्ड, स्वावलम्बन, र छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ४० रुपैयाँभन्दा धेरै छ।

लगानीमा प्रतिफल (आरओई)

लघुवित्त कम्पनीहरुको लगानीमध्ये स्पर्स लघुवित्त लगानीमा प्रतिफलका आधारमा अगाडि छ। यस लघुवित्तको एक कित्ता शेयरले २२.०८ रुपैयाँ कमाएको छ भने स्वाभिमान र छिमेक लघुवित्तको २० रुपैयाँभन्दा धेरै छ।

महिला सहयात्राको ८.६४ रुपैयाँले ऋणात्मक रहेको छ।

शेयरमूल्य

यस अवधिमा नेशनल माइक्रोफाइनान्सको सबैभन्दा धेरै प्रतिकित्ता शेयरमूल्य १ हजार ५२४ रुपैयाँ रहेको छ भने फरर्वाड कम्युनिटी, जनउत्थान सामुदायिक, साना किसान, स्वावलम्बन, ग्लोबल आइएमई, लक्ष्मी लघुवित्त, र छिमेक लघुवित्तको शेयरमूल्य १ हजार माथि रहेको छ।

ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा कम ४६४ रुपैयाँ रहेको छ। आँधिखोला लघुवित्त, र आरएसडिसी लघुवित्तको शेयरमूल्य ५०० रुपैयाँभन्दा कम छ।

जगेडा कोष

गत आवमा साना किसान विकास लघुवित्तको सबैभन्दा धेरै १ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ बराबरको जगेडा कोष रहेको रहेको छ। घोडीघोडा लघुवित्तको सबैभन्दा कम ५ लाख ४ हजार रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिशेयर नेटवर्थ

गत आवको वित्तीय विवरण अनुसार साना किसान लघुवित्तको सबैभन्दा धेरै २९७.३७ रुपैयाँ प्रतिशेयर नेटवर्थ छ। आरएमडिसी, फरवार्ड, स्वाबलम्बन, महुली, निर्धन उत्थान, र छिमेक लघुवित्तको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँभन्दा माथि रहेको छ।

घोडीघोडा लघुवित्तको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम ९८ रुपैयाँ मात्र रहेको छ। कम्पनीको जगेडा कोष ऋणात्मक रहेकाले प्रतिशेयर नेटवर्थ घटेको हो।

मूल्य आम्दानी अनुपात

मूल्य आम्दानी अनुपातका आधारमा नेपाल सेवा लघुवित्तको शेयरमूल्य महङ्गो देखिन्छ।संस्थाको दोस्रो बजारको शेयरमूल्य र प्रतिफलका आधारमा महङ्गो देखिएको हो।गत आवमा कम्पनीके मूल्य आम्दानी अनुपात २१६.६७ गुणा महङ्गो रहेको छ भने गुँरास, नाडेप, वोमी र घोडीघोडा लघुवित्तको मूल्य आम्दानी अनुपात १०० गुणाभन्दा धेरै छ।

निक्षेप संकलन र कर्जा परिचालन

निक्षेप संकलनको आधारमा पनि छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै १८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने घोडीघोडा लघुवित्तको सबैभन्दा कम ३ करोड ७६ लाख रहेको छ। थोक कर्जा प्रवाह गर्ने चारवटा आरएसडिसी लघुवित्त, आरएमडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र साना किसान लघुवित्तको निक्षेप संकलन शुन्य छ।

कर्जा परिचालनका आधारमा साना किसान र निर्धन उत्थान लघुवित्तले क्रमश: २१ अर्ब ३७ करोड र २० अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। घोडीघोडा लघुवित्तको सबैभन्दा कम ३२ करोड ७४ लाख रुपैयाँ लगानी छ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीका आधारमा छिमेक लघुवित्त वित्तीय संस्थाअग्रस्थानमा रहेको छ।  संस्थाले गत आवमा१ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसैगरी निर्धन उत्थान, स्वावलम्बन, साना किसान लघुवित्त र ग्रामीण विकास लघुवित्तले १ अर्ब माथि खुद ब्याज आम्दानी गरेका छन्।

घोडीघोडा लघुवित्तले सबैभन्दा कम १ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

खराब कर्जा अनुपात

गत आवमा ग्रामीण विकास लघुवित्तको खराब कर्जा अनुपात ५.०८ प्रतिशत रहेको छ। यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि हो। राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि हुनु हुँदैन।

सर्पोट, फरवार्ड, नाडेप आँधिखोला, र महिला सहयात्राको खराब कर्जा अनुपात ४ प्रतिशत धेरै रहेको छ ।

(नोटः नेप्सेमा सूचीकृत ५१ लघुवित्तमध्ये किसान माइक्रोफाइनान्सले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन। यस्तै सिभिल लघुवित्तको १२.२५ प्रतिशत, मिथिला र नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत, महिला सहयात्रा र वोमी माइक्रोफाइनान्सको १० प्रतिशत, सबैको लघुवित्तको १३ प्रतिशत बोनसका लागि बुकक्लोज भइसकेकाले बोनस पूँजीकरण गरि चुक्ता पूँजी गणना गरिएको छ ।यसले कम्पनीले प्रकाशनमा ल्याएको वित्तीय विवरण भन्दा माथि उल्लेखित तथ्याङ्कमा सामान्य फेरबदल आएको छ ।)

Monday, 2 March 2020

कुन वाणिज्य बैंक र विकास बैंकको शेयर कति ओभरभ्याल्युड? कति अन्डरभ्याल्यु?



विश्व शेयर बजारका बादशाहा वारेन बफेटका मार्गदर्शक/मेन्टोर बेन्जमिन ग्राहमको शुत्र अनुसार ८ वाणिज्य बैंक र १० विकास बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो।

लगातार शेयर बजार उच्च गतिमा बढेपछि लगानीकर्ताले आँखा चिम्लिएर लगानी गर्न थालेका छन्। लहलहमै लगानीकर्ताले जस्तासुकै कम्पनीमा पैसा खन्याउन थालेपछि वित्तीय अवस्था कमजोर भएका कम्पनीको मूल्य समेत अन्धाधुन्ध बढेको छ। वास्तविक बढ्नु पर्ने कम्पनीको मूल्य भने अझै माथि उक्लिन सकेको छैन। लगानीकर्ताले कम्पनीको सही विश्लेषण गर्न नसक्दा राम्रो अवस्थाको कम्पनीको शेयर मूल्य अवमूल्यन भएको छ भने नराम्रा कम्पनीको शेयरमूल्य उच्च मूल्यमा उक्लिएका हुन्।

हाल नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, एनसीसी बैंक, नेपाल बङ्गलादेश बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो। यी ८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अन्डरभ्याल्यूड नेपाल बैंक रहेको छ। ग्राहमको शुत्र अनुसार नेपाल बैंकको शेयरमूल्य ३८२ रुपैयाँ ७८ पैसा हुनु पर्ने थियो। तर, हाल बैंकको शेयरमूल्य २९२ रुपैयाँ रहेको छ। यस हिसाबमा बैंकको शेयरमूल्य ३१.०९ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, एनसीसी बैंकको ११.३१, नेपाल बङ्गलादेशको ११.०४, सेन्चुरीको १०.५५, सिटिजन्सको ५.६२, बिओकेको ४.८९, कुमारीको २.४१ र प्रभुको ०.१३ प्रतिशत अन्डरभ्याल्यूड छ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य सबैभन्दा ओभरभ्याल्यूड रहेको छ। ग्राहमको शुत्र अनुसार ३५१ रुपैयाँ २० पैसा हुनुपर्ने यस बैंकको शेयरमूल्य हाल ७३५ रुपैयाँ रहेको छ। यो ५२.२२ प्रतिशत ओभरभ्याल्यूड हो।

यति बेला बजारमा मास 'मास ह्युमन बिहेबियर'ले काम गरेको छ। सबै लगानीकर्ताले बढ्छ यही बढ्छ भन्ने एकोहोरो बुझाई सबैको आधारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर उकालो लागेको छ भने यो कम्पनीको शेयर मूल्य बढ्दैन भन्नेको जमात बढ्दै गएका कारण राम्रा कम्पनीको शेयर अवमूल्यन भएका हुन्।

पछिल्लो समय खराब कर्जाले थलिएका, मुद्दा मामलामा फसेका, विवादास्पद सञ्चालकको भूमिका र कम्पनीले गरेको आम्दानीले ती कम्पनीको शेयर मूल्य अवमूल्यन भएका छन्। तर कम्पनीमा पछिल्लो समय भएको सुधार र प्रगतिलाई पहिलेकै आधारमा लगानीकर्ताले मूल्याङ्कन गर्दा केही कम्पनीको शेयर अवमूल्यन भएको हो। अवमूल्यन भएका कम्पनीले भने पछिल्लो समय वित्तीय अवस्थामा धेरै सुधार गरेको देखिन्छ।   

त्यसैगरी, हाल नेप्सेमा सूचीकृत २१ विकास बैंकहरुमध्ये १० विकास बैंकहरु अन्डरभ्याल्यूड र ११ विकास बैंकहरु ओभरभ्याल्यूड छन्। १० विकास बैंकमध्ये सबैभन्दा अन्डरभ्याल्यूड कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। सो विकास बैंकको शेयरमूल्य ५६.७२ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, सहयोगी विकास बैंकको ४३.२९, लम्बिनी विकास बैंक २५.४४, देवः विकास बैंक २०.४५, साँग्रीला डेभलपमेन्ट बैंक १८.६९, महालक्ष्मी विकास बैंक १७.१६, गण्डकी विकास बैंक १६.७३, कैलाश विकास बैंक ८.७७, कामना सेवा विकास बैंक ६.२२ र ज्योति विकास बैंकको ६.२१ प्रतिशत अन्डरभ्याल्यूड छ।

कारोबार रोक्का रहेको सहारा विकास बैंकलाई गणना नगर्ने हो भने विकास बैंकहरुमध्ये सबैभन्दा ओभरभ्याल्यूड बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकको ग्राहम्स फेर भ्यालु २५१.२६ रहेको छ भने बजार मूल्य ३६० रुपैयाँ रहेको छ।

पछिल्लो समय नयाँ तथा लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेको लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि नेप्सेको कारोबार रकम उल्लेख्य बढेको छ। सोमबार नेप्से परिसूचक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागि समयभन्दा अगाडि नै बन्द भएको थियो।

  • के हो ग्राहम्स नम्बर?

कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी र किताबी मूल्यका आधारमा बजारमा उसको शेयरमूल्य कति हुनुपर्छ भनि गणना गरिने नम्बरलाई ग्राहम्स नम्बर भनिन्छ। यसले कुनै पनि कम्पनीको शेयर खरिद गर्न कति रुपैयाँसम्म तिर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्न लगानीकर्ताहरुलाई सहयोग गर्दछ। ग्राहम्स नम्बर भन्दा कम मूल्य भएका कम्पनीको शेयरहरुलाई अन्डरभ्याल्यूड भनिन्छ भने बढी मूल्य भएकालाई ओभरभ्याल्यूड भनिन्छ।

ग्राहम्स नम्बर गणना गर्ने शुत्रः

Tuesday, 4 February 2020

शेयर लगानीका आधारभूत पक्षहरु

शेयर लगानीका आधारभूत पक्षहरु

पूँजीबजारको आधारभूत पक्ष नबुझेकाहरु जुवाघरको संज्ञा दिन्छन  जुवामा जीत बाहेक प्रतिफल हुँदैन र हारेको खण्डमा राखिएको बाजी एकैपटक गुम्छ तर, शेयरबजारमा गरेको लगानी जुवामा जस्तो एकैपटक गुम्दैन  शेयर लगानीमा जोखिम पक्ष भएपनि उचित व्यवस्थापन गर्न सक्नेले घट्दो मूल्यमा पनि नाफा आर्जन गर्न सक्छन  वारेन बफेट भन्छन ‘म शेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र शेयर किन्दा भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु’  बफेटको भनाईलाई आत्मसात गरेर लगानी गर्नेले नाफा नकमाए पनि घाटा चाहिं खाँदैनन 

प्रवेश विन्दु  

नवप्रवेशीले प्राथमिक बजारबाट सिक्न सकिन्छ  प्राथमिक शेयर जारी हुन लागेको जानकारी पत्रपत्रिकाबाट पाउन सकिछ  कुनै पनि कम्पनी शेयरबजारमा आउनु अघि धितोपत्र सम्बन्धि कानुनको पालना गरि तोकिएका शर्त पुरा गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिन्छ  शेयर किन्नु अघि धितोपत्र सम्बन्धि प्रचलित कानुनको परिपालना भइ स्वीकृत प्राप्त हो कि हैन बुझ्नुपर्छ सेबोनले स्वीकृति दिएपछी प्राथमिक शेयर जारी हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर कारोबार हुन्छ  प्राथमिक  हकप्रद शेयर शेयर कहिले आउँछ सेबोनको वेवसाइटमा राखिएको हुन्छ 

शेयर जारी गर्ने कम्पनी

नेपालको सन्दर्भमा बैंक र बिमाले अनिवार्यरुपमा यसका नियमकले तोकेबमोजिम शेयर बेच्नैपर्ने व्यवस्था छ  जलविद्युतदूरसञ्चारउत्पादनप्रशोधन तथा होटेलहरुले स्वेच्छिकरुपमा शेयर जारी गरेका छन्  यस्ता कम्पनीले धितोपत्र सम्बन्धि प्रचलित कानून पालना गरेर आएका खण्डमा शेयर जारी गर्ने स्वीकृति पाउँछन्  धितोपत्र निष्काशन सम्बन्धि नियमावलीले वास्तविक क्षेत्रका कम्पनीलाई पनि शेयर जारी गराउन प्रोत्साहन गर्न खोजेको छ  प्रचलित व्यवस्था अनुसार प्रति एक शेयरको चुक्ता मूल्य १ सय रुपैयाँ हुन्छ  १ सय रुपैयाँमा बेच्ने प्रक्रियालाई परल मूल्य भनिन्छ  तोकिएका शर्त पुरा गरेका कम्पनीले परल मूल्यमा केहि थप गरेर बेच्न पनि पाउँछन, यसलाई प्रिमियम मूल्य भनिन्छ  म्युचुअल फण्डको प्रति इकाई चुक्ता मूल्य १० रुपैयाँ हुन्छ  

शेयरको दोस्रो बजार

प्राथमिक शेयर जारी भइ बाँडफाँड भएपछी कारोबारको लागि नेप्सेमा सूचीकरण हुन्छ  दोस्रो बजारमा शेयर कारोबार गराउनको लागि नेप्सेले आफनो सदस्यको रुपमा दलाल तोकेको   दलालको सूची नेप्से वा सेबोनको वेबमा हेर्न सकिन्छ  दलालको कार्यालयमा गएर सम्पूर्ण व्यहोरा खुल्ने ‘ग्राहक पहिचान फारम’ भरेपछि प्राप्त हुने कसैसँग नमिल्ने छुट्टै ग्राहक संकेत मार्फत कारोबार गर्नुपर्छ पारिवारिक शेयर कारोबार नगरी सिधै नेप्सेले नामसारीको लागि कम्पनीलाई पत्राचार गरिदिन्छ  आफू-आफू बीच कुनै करार गरि वा नगरी अन्य सम्पती जस्तो शेयर किनबेच गर्न सकिन्न  किनेका शेयर विद्युतीय स्वरुपमा भण्डारण गर्नको लागि अभौतिकीकारण (डिम्याट) खाता खोल्नुपर्छ  यसलाई हिताग्राही खाता (बिओ) पनि भनिन्छ  यो बैंक खाता जस्तै हो र यसमा शेयर भण्डारण हुन्छ  यस्तो खाता खोल्नको लागि निक्षेप सदस्य (डिपी) को रुपमा कार्य गर्न सेबोनले बिभिन्न मर्चेन्ट बैंकवाणिज्य बैंकवित्त कम्पनी र दलाललाई अनुमति दिएको छ  विओ खातामा हुने शुरुको आठ अंक डिपी नं. र पछिल्लो आठ अंक ग्राहक नं. हो  यो नम्बर प्राथमिक र हकप्रद शेयर आवेदन फारममा समेत निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्छ  दोस्रो बजारमा कारोबार गर्न जाँदा अग्रिम रकम भुक्तान गर्नुपर्छ भन्ने अनिवार्य छैन तर, भर्खर आएकालाई भने शुरुशुरुमा अग्रिम रकम बुझाउनुपर्ने पनि हुनसक्छ  तर, कारोबार गर्दै गएपछि अग्रिम दिनुपर्ने हुँदैन 

बजारसम्बन्धि सूचना

शेयरबजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको शेयर किन्नेकहिले किन्नेकहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिएर त्यसको प्रशोधन गर्नुपर्छ  यस्ता जानकारीका लागि नेप्सेसेबोननेपाल राष्ट्र बैंकविमा समिति जस्ता नियमकले बेलाबेलामा जारी गर्ने सूचनापरिपत्र निर्देशिका अध्ययन गर्नुपर्छ  त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरण र अन्य सूचनाको बारेमा जानकार हुनुपर्छ  लगानीकर्ताले आफूले लगानी गर्न चाहेको कम्पनीको वार्षिक प्रतिवेदन समेत अध्ययन गर्नुपर्छ  शेयरबजारसँग सम्बन्ध राख्ने कम्पनी ऐननेपाल राष्ट्र बैंक ऐनबैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनविमा ऐन/नियमावलीधितोपत्र सम्बन्धि ऐन/नियमावलीको सामान्य जानकारी लिनुपर्छ 

कस्ता कम्पनी रोज्ने

कस्ता कम्पनी रोज्ने यो अलि जटिल विषय हो  तैपनि सूचना र जानकारी लिएको खण्डमा मुश्किल पर्दैन  अर्काले के किन्यो वा बेच्यो भनेर चियोचर्चो गर्नु भन्दा आफूले के र कस्तो किने भन्ने मूल प्रश्न हो  शेयरबजार कति बेला झर्छ र बढ्छ भन्ने कुनै निश्चित सुत्र छैन जुनसुकै बेला तलमाथि हुनसक्छ नेपालको सन्दर्भमा सामान्यतया श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको ३ महिना तल झर्ने समय हो  बैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम शुरु हुन्छ तर, यस्तै हुन्छ भन्ने छैन  बढ्ने बेला घट्ने र घट्ने बेला बढ्ने पनि देखिएको छ  कम्पनी रोज्दा कम्पनीले विगतमा दिएको प्रतिफल र चालु अवधिको वित्तीय विवरण कस्तो छ त्यसको विश्लेषण गर्नुपर्छ  शेयरमा लगानी गरेर एकैपटक कमाउने सपना देख्नु भन्दा बैंकले दिने व्याजदरसँग पनि तुलना गर्नुपर्छ  बैंकमा राख्दा कति आँउथ्यो र शेयरमा लगानी गरेर कति आउँछ त्यसको लेखाजोखा गर्नुपर्छ  मूल्य आम्दानी अनुपातखूद सम्पतिकूल सम्पतिप्रतिशेयर आम्दानीसंचित नोक्सानीसंचालन खर्च जस्ता आधारभूत कुराको जानकारी लिनुपर्छ  यी उल्लेखित सूचक सामान्यतया सबै कम्पनीको हकमा लागू हुन्छ   यसवाहेक बैंकबिमाजलविद्युतका आ-आफ्नै सूचक पनि हुन्छन  बैंकको हकमा खराब कर्जापूँजीकोषनिक्षेप-कर्जा अनुपातलागत मूल्यआधार दरस्प्रेड दर जस्ता सूचक पनि महत्वपूर्ण हुन्छन्  लगानी गर्दा ‘बथान प्रवृति’ देखाउनु हुन्न  सन् २०१०/११ मा बंगलादेशको शेयरबजारमा घटेको घटनामा बथान प्रवृति हावी देखिएको थियो जसको परिणामस्वरूप लाखौं बंगाली लगानीकर्ताले करोडौं गुमाएका थिए 

शेयरबाट पाइने लाभ

शेयर लगानी गर्दा २ प्रकारले लाभमा सहभागी बन्न सकिन्छ  पहिलोबढ्दो मूल्यबाट पूँजीगत लाभ र दोस्रोकम्पनीले वार्षिकरुपमा वितरण गर्ने प्रतिफल पाउन सकिन्छ  बफेटको ‘पाँचवर्षसम्म बजार खोल्दैनन’ भन्ने सन्दर्भ सम्भवत दोस्रो लाभप्रति लक्षित हुनुपर्छ  शेयरबजार प्रायश: अस्थिर नै हुने गर्छ  निरन्तर घटिरहने र बढिरहने भन्ने हुन्न  यसको चरित्रलाई झन्डै रोटेपिंगसँग तुलना गर्न सकिन्छ  तलमाथि हुनु नै रोटेपिंगको मजा हो  शेयरबजार पनि यहि तलमाथिको चक्रमा चलिरहन्छ रोटेपिंगमा माथि पुगेर मजा लिए जस्तो शेयरको भाउ माथि चढेको बेला बेच्न सक्नुपर्छ  कतिबेला बेच्ने र किन्ने समयको तालमेल मिलाउन सकिएन भने पूँजीगत लाभबाट बन्चित हुनुपर्छ  पूँजीगत लाभ लिन पनि नसक्ने र प्रतिफल पनि न्यून भएका कम्पनीमा लगानी गर्दा मूलधन समेत गुम्न सक्छ  त्यसैले प्रतिफल दिनसक्ने क्षमतालाई पनि लगानीको एउटा आधार बनाउनुपर्छ  लागत र लाभको उचित तालमेल मिलाउन सक्नेको लागि शेयरबजारमा गरिने लगानी दीर्घकालीन निवृतिभरण पनि हुनसक्छ 

Monday, 27 January 2020

प्रोग्रामिङ सिकाउने एप

सागर खड्का

यो प्रविधिको युग हो। अहिले मोबाइल र कम्प्युटर सबैको हातहातमा छ। यी सामग्री आजको आवश्यकता पनि हुन्। यस्ता सामग्रीमार्फत हामीले भिडियो कल गर्न तथा गेम खेल्न पनि सक्छौं। यी सामग्रीबाट यस्ता सुविधा हामीले केवल एप्स तथा सफ्टवेयरका कारणबाट मात्र पाउन सम्भव छ। यस्ता सफ्टवेयरहरू प्रोग्रामिङ ल्याङवेजका मद्दतले बनाइन्छ।

भाइबहिनी हो, हिजोआज तिमीहरूले पक्कै पनि मोबाइल वा कम्प्युटर चलाउने गरेका छौ। त्यसैले यस्ता प्रविधिहरूबारे थाहा पाउन जरुरी छ। आज तिमीहरूलाई प्रोग्रामिङ के हो ? यसलाई कसरी तयार गरिन्छ ? र प्रोगामिङ ल्याङवेज तयार गर्ने केही एप्सहरूको बारेमा जानकारी दिन खोजिएको छ।

प्रोग्रामिङ भाषा

प्रोग्रामिङ भाषा भनेको कम्प्युटरले कुन काम कसरी गर्छ ? भनी तयार गरिएको कोड हो। यस्ता कोड तयार गर्ने धेरै प्रोग्रामिङ ल्याङवेजहरू छन्। जस्तै : c+,c++,c#,java,python हजारौं लाइनभन्दा धेरै कोड लेखेपछि मात्र तयार हुन्छ, सप्टवेयर।

वास्तवमा प्रोग्रामिङ ल्याङवेज सिक्न गाह्रो छ। यसलाई भविष्यको भाषा पनि भनिन्छ। तर, यो सिक्नु जरूरी पनि छ। किनभने यो सिक्न सकियो भने मोबाइलमा वा कम्प्युटरमा एउटा एप्स वा गेम बनाउन जानिन्छ र यसले सजिलै पैसा कमाउन पनि सकिन्छ। यो सिक्नका लागि केही एप्सहरूले सहयोग गर्न सक्छन्। यहाँ त्यस्ता तीन वटा एप्सको बारेमा बताइएको छ।

मिमो 

मिमो प्रोग्रामिङ ल्याङवेज सिकाउने एक महŒवपूर्ण एप हो। यसमा सरल तरिकाले iso,Androdid एप डेभलपमेन्ट, c# मा विन्डोजको लागि गेम बनाउन सिकाइन्छ। यति मात्र नभई यसमा वेभसाइड डेभलपमेन्ट, साइबर सेक्युरेटी, डाटा साइन्स, मेसिन लर्नङ र इन्टरनरनेसनल एन्ड नेटवर्कजस्ता कोर्स पनि उपलब्ध छन्। यो एप चलाउन पनि सजिलो छ। यो खासगरी सिकारु बालाबालिकालाई सजिलैसँग सिकुन् भनेर उनीहरूलाई लक्षित गरी बनाइएको एप हो। यो एप फ्रिमा डाउनलोड गर्न मिल्छ।

२. सोलो लर्न 

यो एप केही मात्रामा प्रोग्रामिङ आउनेहरूका लागि लक्षित गरी बनाइएको हो। साथै यसबाट नयाँ आगन्तुकहरूलाई पनि सिक्ने अबसर भने मिल्छ नै। यसमा मिमोमा दिए जस्तो नेटवर्किङको कोर्स नभए पनि प्रोग्रामिङको बारेमा सबै कुरा यसमा सिक्न पाइन्छ। यो एप पनि फ्रिमा डाउनलोड गर्न मिल्छ भने कम्प्युटरमा पनि उपलब्ध छ।

३. ट्विटोरियल प्वाइन्ट

यो एप प्रोग्रामिङ सिक्नेहरूका लागि एकदमै राम्रो हुन्छ। यो एपमा प्रोग्रामिङ मात्र नभई नेटवर्किङ डाटाबेस, एआइ, एम्एस पनि सिक्न पाइन्छ। यसमा कुनै पनि प्रोग्रामिङ ल्याङवेजको सुरुदेखि अन्त्यसम्म सबै कुरा सरल तरिकाले सिकाएको हुन्छ। माथिका दुई एपमा अक्षर मात्र हुन्छ भने यसमा भिडियो पनि पाइन्छ। तर, कहिलेकाहीँ कुनै कोर्सका लागि पैसा तिर्नुपर्ने हुन्छ। त्यसैले यसले प्रोग्रामिङ जस्तो जटिल विषय सिक्नेलाई सजिलो बनाइदिन्छ। यो एप फ्रिमा डाउनलोड गर्न मिल्छ। साथै कम्प्युटरमा पनि उपलब्ध छ।

(खड्का सूचना प्रविधिका विद्यार्थी हुन्।)

Friday, 17 January 2020

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुन लघुवित्तको कस्तो देखियो अवस्था ? तथ्याङ्क सहित

Feb 15, 2019

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ४० मध्ये ३९ वटा लघुवित्तहरुमा छिमेक लघुवित्त सबैभन्दा अब्बल देखिएको छ। विभिन्न ७ सूचकको अध्ययनमा ६ वटा सूचकमा छिमेकले अग्रता लिएको छ। ५ सूचकहरुमा कमजोर अवस्थामा रहँदै नेपाल सेवा लघुवित्त सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ।

छिमेक लघुवित्तले खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी, जगेडा कोष, निक्षेप संकलन र कर्जा लगानीका आधारमा अग्रता कायम गरेको हो। 

लघुवित्त समूहमा सबै भन्दा कमजोर विवरण प्रस्तुत गरेको नेपाल सेवा लघुवित्त ३८ लाख रुपैयाँले नोक्सानीमा छ भने ब्याज आम्दानी, सञ्चालन आम्दानी, निक्षेप संकलन र कर्जा परिचालनमा कमजोर देखिएको छ।

समीक्षा अवधिमा खुद नाफाको आधारमा ८ वटा लघुवित्तले १० करोड रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएका छन् भने ९ वटा लघुवित्तको एक करोड रुपैयाँ पनि पुर्याउन सकेका छैनन् ।

यसैगरी मेरो माईक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ, नेशनल माइक्रोफाइनान्स ५ करोड ७२ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सले ५ करोड ६३ करोड रुपैयाँ, लक्ष्मी लघुवित्त ४ करोड ८५ लाख रुपैयाँ र नेरुडे लघुवित्तले तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

पुस मसान्तमा आरएसडिसि लघुवित्त, स्वदेशी लघुवित्त, वेमी माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, विजया लघुवित्त, स्वरोजगार लघुवित्त, उन्नति माइक्रोफाइनान्स र महुली सामुदायिक लघुवित्तको खुद नाफा दुई करोड भन्दा माथि छ ।

अन्य ७ वटा लघुवित्तले एक करोड रुपैया भन्दा धेरै खुद नाफा कमाएका छन् । जसमा ग्लोवल आइएमई लघुवित्त, मिर्मिरे लघुवित्त, महिला सहयात्रा, नागवेली लघुवित्त, चौतारी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स र सामुदायिक लघुवित्तले एक करोड माथि खुद नाफा आर्जन गरेका छन् ।

३९ वटा लघुवित्त मध्ये सबैभन्दा धेरै चुक्ता पूजी रहेको र्निधन उत्थान लघुवित्तको अन्य आम्दानीका सूचकहरु पनि सन्तोषजनक रहेका छन् । र्निधन उत्थानको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ छ भने जगेडा कोषमा एक कारोड १४ करोड ९२ लाख रुपैयाँ सञ्चित गरेको छ।

उता चुक्ता पूँजीको आधारमा जनउत्थाल लघुवित्त सबै भन्दा कमजोर रहेको छ। जहाँ लघुवित्तको चुक्ता पूँजी तीन करोड ७३ लाख रुपैयाँमा मात्र सिमित छ भने अन्य सूचकहरुमा पनि सामान्य सूधार भएको छ । त्यसैगरी जगेडा कोषको आधारमा आरम्भ माइक्रोफाइनान्स सबै भन्दा कमजोर देखिएको छ ।

आरम्भ माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विबरण सार्वजनिक गरेको छैन ।

Saturday, 4 January 2020

बेदान्त सन्देश: पराइ भन्ने कोहि छैन

पराई भन्ने कोही छैन, आफू र अरूमा फरक छैन। यो एकाकार बोध हुँदा मानिसको मन स्थिर र शान्त हुन थाल्छ। विश्वका मानिसलाई वेदान्त दर्शन बुझाउन सके उनीहरूमध्ये अधिकांशको मनोरोग स्वतः नाश हुने थियो।’

परम्परागत र आधुनिक ज्ञान
गत साता अक्सफोर्ड विश्वविद्यालयका नेपाली प्राध्यापक दिवाकर आचार्य देवघाटस्थित संस्कृत गुरुकुलमा प्रवचन दिंदै थिए। त्यहाँ उपस्थित विद्यार्थी, प्राध्यापक र आगन्तुकलाई आफ्नो प्राज्ञिक सफलता बारे सुनाउँदै उनले केही व्यावहारिक सुझाव पनि दिए। संस्कृत अनुरागी हुनु मात्र पर्याप्त हुँदैन, शास्त्रज्ञ हुनु मात्र पनि पर्याप्त हुँदैन, ज्ञानलाई इतरावबोध्य अर्थात् सबैले बुझ्ने भाषा र शैलीमा पस्कन सक्नुपर्छ। देश, काल र परिस्थितिलाई ध्यानमा राखेर हरेक दर्शन र शिक्षालाई आलोचनात्मक ढंगले हेर्न सिक्नु आवश्यक छ। देवघाटमा आधा दर्जन गुरुकुलले संस्कृत भाषा र वेदान्तका ज्ञाता उत्पादन गर्नु सराहनीय छ तर यो ज्ञानको अधिकतम उपयोग कसरी सम्भव छ भनेर सोच्नु अधिक महत्त्वपूर्ण हुनेछ। प्राध्यापक आचार्यले रोजेको विषयमा सफलता पाउन परम्परागत ज्ञान र आधुनिक ज्ञान दुवैलाई एकसाथ अनुशीलन गर्न संस्कृत अनुरागीहरूलाई सुझाए।

यो वैदिक युग होइन, पौराणिक युग पनि होइन, यो उत्तरआधुनिक युग हो र यसका विल्कुलै भिन्न विशेषता छन्। यो युगका एक प्रवर्तक मानिने फ्रेडरिक नित्सेले भनेका थिए, ‘सबै कुरा व्याख्या हुन् र कुनै पनि व्याख्या अन्तिम होइन।’ एउटा जाति, वर्ग र समुदायका लागि ‘ध्रुवसत्य’ मानिएको दर्शन अर्को जाति, वर्ग र समुदायका लागि कोरा कल्पना भइदिन सक्छ। कसैको लागि मुक्तिदाता मानिएका ईश्वर र मसीहा अरूका लागि असुर या मदारी सावित हुन सक्छन्। जीवनको सौन्दर्य नै यसको विविधता हो। सत्त्व, रज र तमोगुणको वैषम्य नै सृष्टि हो। उज्यालो र अँध्यारो आपसमा अन्योन्याश्रित छन्। अँध्यारोलाई अस्वीकार गर्नेले उज्यालो पनि देख्न सक्दैन, पाटी कालो छैन भने सेता अक्षर देख्न सकिन्न। तर जीवनको यो सूक्ष्म गणितलाई बिर्सेर हामी आफूले पढेको वा देखेको जीवन दृष्टिप्रति अधिक आसक्त हुन्छौं। जति–जति हाम्रो दृष्टि एकाङ्गी हुन्छ उति–उति हाम्रो ग्रहणशीलता साँघुरिन्छ। सृष्टिको सौन्दर्य यसलाई साङ्गोपाङ्गो रूपमा हेर्दा खुल्छ, मन साँघुरिंदा त्यो सौन्दर्यबाट हामी वञ्चित हुन थाल्छौं। विधा प्रतिको प्रेमले दृष्टि फराकिलो हुन्छ र आसक्तिले साँघुरिन्छ। यो आलेखमा भेददृष्टिबाट कसरी माथि उठ्न सकिन्छ भन्ने चर्चा गरिनेछ।

गणेशको प्रदक्षिणा
शिवजीले गणेश र कुमारलाई भने, ‘तिमीहरू मध्ये जसले पहिला सुमेरु पर्वत घुमेर आउँछ उसैलाई वरदान दिन्छु।’ कुमार मयुरमाथि चढेर दौडिहाले। गणेशलाई समस्या पर्‍यो। मुसोमाथि चढेर सुमेरु घुम्न सम्भव हुन्नथ्यो। गणेशले शिवपार्वती बसेको पहाडको थुम्को वरिपरि प्रदक्षिणा गरे। मातापिता तपाइँहरू नै मेरा सुमेरु पर्वत हुनुहुन्छ भनी शरण परेका गणेशलाई शिवजीले वरदान दिए। सुमेरु पर्वत घुमेर फर्केका कुमार हिस्स परे। यो मिथकले हाम्रो सांस्कृतिक चेतनामा गहिरो प्रभाव पारेको छ। मेहनत नगर्ने तर शक्तिको वरिपरि प्रदक्षिणा गरेर लाभान्वित हुन चाहने सोच हामीमध्ये अधिकांशमा अहिले पनि यथावत् छ।

गणेश र कुमारको मिथकमा शिवजीले भिन्न क्षमता भएका छोराहरूलाई एउटै शैलीको परीक्षा गर्नु यथोचित होइन। कुमारले परीक्षा न्यायोचित नभएकोमा उजुरी पनि गरेनन्। शक्तिको भक्ति गर्ने प्रचलनको प्रभाव आजसम्म रहिरह्यो। आफ्नै क्षमतामा विश्वास नगर्ने र प्रभुको, शासकको वा गुरुको कृपा पात्र हुन लालयित रहने प्रवृत्तिले जति हानि व्यक्ति, समाज र देशलाई गरेको छ त्यति सायदै केही अन्य कुराले गरेको होला। जो सत्ता र शक्तिमा हुन्छ उसको वरिपरि चक्कर लगाउनु नै सफलताको बाटो हो भन्ने सोच्दा व्यक्तिले आफूभित्रका अनन्त सम्भावनाहरू नष्ट गरिरहेको हुन्छ। सबै कुराप्रति आलोचनात्मक रहनु र आफ्नो मौलिकतामा विश्वास गर्नु प्राज्ञिक सफलता र आत्मोन्नयनको लागि पनि महत्त्वपूर्ण हुन्छ।

भेद भ्रम हो, अभेद ब्रह्म
हिन्दू, बौद्ध, जैन र अन्य धर्म परम्परासँग जोडिएका दर्शन तथा साहित्य अध्ययन गर्ने विद्यार्थी वा शिष्यले आलोचनात्मक दृष्टिकोण विकसित गर्नुमा विधा र व्यक्तिको बृहत्तर हित लुकेको हुन्छ। हरेक व्यक्ति आफूले अभ्यास गर्ने धर्म, दर्शन या साधना रोज्न स्वतन्त्र हुन्छ, उसले अरूको मत या पन्थलाई उत्तिकै सम्मान गर्न सिक्नु शोभनीय हुन्छ। मेरो गुरु वा मैले रोजेको सम्प्रदाय बाहेक अन्य कुनै गुरु या सम्प्रदाय अपनाएर मुक्ति पाउन सकिंदैन भनी एकोहोरो हुनु धर्मान्धताको संकेत हो। यो धर्मान्धता पनि परम्पराबाटै आएको हो। महाकवि कालिदासले अभिज्ञानशाकुन्तलम् महाकाव्यमा भनेका छन् –

यदालोके सूक्ष्मं व्रजति सहसा तद्विपुलतां यदर्धे विच्छिन्नं भवति कृतसन्धानमिव तत्।
प्रकृत्या यद्वक्रं तदपि समरेखं नयनयोर्न मे दूरे किंचित् क्षणमपि न पार्श्वे रथजवात्।

राजा दुष्यन्त शिकार खेल्न जंगलमा गइरहेका छन्। उनी सवार रथको वेग तीव्र छ। गतिशील यात्रामा दुष्यन्तले देखेका दृश्यहरू माथिको पद्यमा कविले यसरी प्रकट गरेका छन् – पर डाँडामा सूक्ष्म देखिएको वस्तु एकै छिनमा विशाल देखिन थाल्छ, बाटोमा धाँजा फाटेको देखिए पनि नजिक पुग्दा जोडिएको देखिन्छ, प्रकृतिमा जुन कुरा बाङ्गोटिङ्गो छ त्यो पनि समरेखामा देखिन्छ, रथको गतिशीलतामा न केही मबाट टाढा छ न नजिक।

जीवन पनि गतिशील हुनु जाती हो, अध्ययन पनि बृहत्तर हुनु जाती हो। एकै ठाउँमा बस्ने, एउटै विद्यामा सीमित रहने गर्दा दृष्टिकोण फराकिलो हुने मौका पाउँदैन। गतिशीलता र नवीनता जीवनलाई ऊर्जा दिने र विस्तार गर्ने तत्त्व हुन्। जीवनमा गतिशीलता छ भने भेद दृष्टि हराउँदै जान्छ, अभेद प्रकट हुँदै आउँछ। भेद भ्रम हो, अभेद ब्रह्म हो।

देवघाटमा यतिखेर आधा दर्जन गुरुकुल सञ्चालित छन् जहाँ सयौं विद्यार्थीले संस्कृत व्याकरण र वेदान्त आदि ग्रन्थ अध्ययन गरिरहेका छन्। महेश सन्यास गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलले देवघाटबाट हरेक वर्ष व्याकरण र वेदान्तमा विज्ञता हासिल गरेका करीब सय जना विद्यार्थी तयार हुने जानकारी गराए। स्नातकोत्तरसम्मको अध्ययन समाप्त भएपछि ती विद्यार्थीहरूको ज्ञान र विद्वता उपयोगको क्षेत्र फेला पार्न नसकिएको उनले बताए। संस्कृतका साथसाथै अङ्ग्रेजी भाषा पनि अध्यापन गराइएको भए सम्भवतः ती विद्यार्थीहरूले सजिलै आफूले सिकेको ज्ञान अभिव्यक्त गर्ने क्षेत्र पहिल्याउन सक्थे। वर्तमान समयमा संसारभरी तनाव, डिप्रेसन, बर्नआउट आदि मनोरोग व्याप्त छन्। यी मनोरोगको मुख्य कारण अधिकांश मानिसमा स्वार्थी भावना र त्यसका कारण बढेको एक्लोपना हो। वेदान्त दर्शनले द्वैत अर्थात् भेद दृष्टि मेटाएर अद्वैत अर्थात् अभेद दृष्टि सिकाउँछ। पराई भन्ने कोही छैन, आफू र अरूमा फरक छैन, यो एकाकार बोध हुँदा मानिसको मन स्थिर र शान्त हुन थाल्छ। विश्वका मानिसलाई वेदान्त दर्शन बुझाउन सके उनीहरूमध्ये अधिकांशको मनोरोग स्वतः नाश हुने थियो।

Yoga44
हेनान प्रान्तका चिनियाँ योग अभ्यास गर्दै (तस्बिरः सिन्ह्वा)

योग र आयुर्वेदको महत्त्व र प्रभाव अचेल विश्वभरी बढेर गएको छ। संस्कृत गुरुकुल र कलेजहरूमा योग र आयुर्वेद जस्ता विषय औपचारिक कोर्षमै राखेर अध्ययन–अध्यापन गराउन आवश्यक भइसक्यो भन्ने नदेख्नु आश्चर्यको विषय हुनेछ। मानिसहरूमा मनोरोग बढ्नुको अर्को कारण प्रतिस्पर्धात्मक जीवनशैली हो। योग नै त्यो विधा हुन सक्छ जसले मानिसहरुलाई पुनः सहकार्यात्मक जीवनशैली अपनाउन उत्प्रेरित गर्न सक्छ। योगले त्यो जीवन दृष्टि दिन्छ जुन दृष्टिद्वारा सबै मानिस र समग्र प्रकृतिलाई जोड्ने सूत्र के हो भन्ने प्रष्ट देख्न सकिन्छ। एउटा योगीले आफूलाई एक्लो र अलग—थलग देख्दैन, उसले वसुधैवकुटुम्बकम् भन्ने यथार्थ हृदयंगम गरेको हुन्छ।

वेदान्तले भेद दृष्टिबाट मुक्ति दिन्छ, योगले भोगको लालचबाट मुक्ति दिन्छ, आयुर्वेदले रोगबाट मुक्ति दिन्छ। अंग्रेजी भाषामा पकड भयो भने आर्जित ज्ञान अभिव्यक्तिको समस्याबाट मुक्ति देला। आधुनिक मनोविज्ञान र औषधि विज्ञानलाई नजरअन्दाज गर्न सकिने स्थिति पनि छैन किनभने वर्तमान युगमा पैदा भएका समस्या यही युगमा विकसित भएका विधाले अधिक सम्बोधन गर्न सक्छन्। हामी सबै एकअर्कामा निर्भर भएको हुँदा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई समायोजन गर्न अत्यावश्यक भइसकेको छ। मालविकाग्निमित्रम् नाट्यकाव्यमा कालिदासले यही आशय व्यक्त गरेका छन् –

पुराणमित्येव न साधु सर्वं न चापि काव्यं नवमित्यवद्यम्।
सन्तः परीक्ष्यान्यतरद्भजन्ते मूढः परप्रत्ययनेयबुद्धिः॥

अर्थात् पुरानो ग्रन्थमा लेखिएको छ भन्दैमा सबै कुरा उचित हुँदैन, नयाँ काव्य भन्दैमा सबै अनिन्द्य पनि हुँदैनन्। स्वयंले परीक्षा गरी गलत कथन बेवास्ता गर्नु र सही कुरा ग्रहण गर्नु बुद्धिमानी हो, अरूले मानेको वा भनेको भन्दैमा आँखा चिम्लेर स्वीकार गर्नु मूढता हो। हामीले अध्ययन, मनन र अभ्यास गर्ने विधा या विद्याको परीक्षा गरिरहनु आवश्यक हुन्छ किनभने समय गतिशील हुन्छ र समयक्रममा पुरानो ज्ञान र परम्परा तिथिवाह्य भइसक्छ।

प्राध्यापक आचार्यले महेश संस्कृत गुरुकुलमा वृहदारण्यक उपनिषद्को गार्ग्य(अजातशत्रु संवादको अर्थ सुझाए। सो संवादमा कुनै पनि वस्तुको पूर्ण ज्ञान कसरी प्राप्त गर्ने भन्ने विधि उल्लेख छ। एउटा अभिव्यक्तिको वैधता वक्ताको दृष्टिकोणमा निर्भर हुन्छ। पुरुष नै ब्रह्म हो, ब्रह्म नै पुरुष हो तर सम्पूर्णतामा देख्न सक्नेलाई मात्र। सत्यको अन्वेषणकर्ता पूर्ण सत्य फेला नपरेसम्म कुनै विशेष अभिव्यक्ति वा अन्दाजमा रोकिनु हुँदैन। जीवनलाई गतिशील राखौं, अभेद देख्न र अनुभूति गर्न सिकौं। 

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out