Saturday, 29 December 2018

यौन र वैदिक समय

रोशन दाहाल
सम्भोग दाम्पत्य जीवनको सुखको आधार हो । कामसुखबाट मोहित भएकै कारण स्त्री–पुरmषबीच विवाह हुन्छ । ‘काम’ संस्कृत शब्द हो । प्रेमका देवता कामदेवको नामबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ । कामको अर्थ हो, आनन्दको इच्छा या आकाङ्क्षा । कामशास्त्र नामक एउटा ग्रन्थ छ । भनिन्छ, प्रजापतिले एक लाख अध्यायको यो ग्रन्थ लेखेका थिए । पछि मनुष्यको कल्याणका निम्ति यसलाई सङ्क्षेपमा प्रस्तुत गरियो । महादेवको इच्छाअनुसार नन्दीले एक हजार अध्यायको यसको सारांश तयार गरे । यसलाई अझै उपयोगी बनाउनका लागि ऋषि श्वेतकेतुले पाँच सय अध्यायमा ल्याए । समयक्रममा विभिन्न आचार्यहरुले यसलाई सङ्क्षिप्त बनाउँदै गए र यसका स्वतन्त्र ग्रन्थहरु पनि तयार भए ।

पछि वात्सायनले सबै स्वतन्त्र ग्रन्थहरुलाई जोडेर कामसूत्र लेखे । जसको नाम कामशास्त्र रहन रह्यो ।
कामशास्त्रका अनुसार सबै युवतीले कुनै विश्वासी वृद्ध दासी, विश्वस्त साथी, दिदी आदिबाट एकान्तमा कामकलासम्बन्धी ६४ कलाको ज्ञान प्राप्त गर्नुपर्छ । यी कला सम्भोगसम्बन्धी मात्र नभई जीवनलाई राम्रो बनाउनसँग सम्बन्धित छन् । यदि यी कलाको ज्ञान प्राप्त गर्ने हो भने उसको पारिवारिक जीवन राम्रो हुन्छ । उसले आफ्ना पतिको हृदयमा राज गर्न सक्छे । यदि पुरmषले पनि यी कला धारण गर्यो भने ऊ आफ्नी पत्नीको आकर्षणको केन्द्र बन्न सक्छ । हाम्रो समाजमा विवाह गर्नुपर्ने चलन छ । यसपछिको दुईबीचको यौनसम्बन्धलाई समाजले मान्यता दिन्छ । विभिन्न पौराणिक घटनाहरु पढ्दा भने अनौठा खालका यौन प्रसङ्गहरु भेटिन्छन् । आफ्नै नातेदारका बीचमा समेत सम्भोग हुने गरेको देखिन्छ । यस्ता सम्बन्धहरुलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्नेहरु पनि धेरै छन् । अहिलेको अवस्थामा यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्ने मानिसहरु भने निकै कम छन् । जसले प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्छन्, उनीहरुले पनि फरकफरक अर्थ लगाउने गरेका पाइन्छ । यदि यी घटनाहरुबाट तिनमा लुकेको प्रतीकलाई हटाइदिने हो भने निकै अचम्म लाग्दा प्रसङ्ग भेटिन्छन् । तीमध्ये केही निम्न छन् –

माधवीको चार जनासँग सम्भोग   
राजा ययातिकी छोरी थिइन् माधवी । महाभारतको उद्योगपर्वमा यो प्रसङ्ग उल्लेख छ । यो प्रसङ्ग सुरm हुन्छ, विश्वामित्रका शिष्य गालवबाट । आफ्नो अध्ययन पूरा गरिसकेपछि गालवले गुरm विश्वामित्रलाई गुरmदक्षिणा दिएर आफू गृहस्थाश्रममा फर्कन चाहे । विश्वामित्रले उनलाई गृहस्थाश्रममा प्रवेश गर्ने अनुमति दिए, तर गालवले गुरmदक्षिणा दिने कुरा गरिरहेपछि विश्वामित्रले आवेशमा आएर भने, “तिमीले मजस्तो गुरmलाई सन्तुष्ट गर्नका लागि आठ सय वटा कालो कान भएका र सेतो वर्णका घोडा गुरूदक्षिणाका रुपमा देऊ ।”

यस्तो घोडा अत्यन्तै दुर्लभ हुन्थ्यो । तैपनि गालवले हार मानेनन्, त्यसका लागि केही समय मागे ।
आफ्नो मित्र गरुडको सहयोगमा उनी यस्ता घोडा खोज्न चारैतिर घुमे, तर भेटेनन् । केही नलागेपछि उनीहरुले राजा ययातिसँग सहयोग मागे । राजा ययातिसँग पनि त्यस्ता घोडा थिएनन् । उनले राजसूय यज्ञ गरेर सबै घोडा र कोष रित्याइसकेका थिए । ययातिले आफ्नी छोरी माधवी दिए र माधवीको प्रयोग गरेर आठ सय घोडा प्राप्त भइसकेपछि छोरी फिर्ता गरिदिन भने । माधवीलाई सुरूमा अयोध्याका राजाकहाँ लगियो । माधवीको सुन्दरतामा मुग्ध भएका राजा माधवीसँग भोग गर्नका लागि आफूसँग भएका दुई सय वटा सेता घोडा दिन तयार भए । उनी र माधवीबाट एउटा बच्चा जन्मियो । एवम् रीतले काशीका राजा दिवोदास र भोजराज उशीनरकहाँ पनि माधवीलाई पालैपालो पु¥याइयो । दुवै राजा र माधवीको संयोगबाट एकएक छोरा जन्मिए । दुवै राजाहरुले दुईदुई सय वटा घोडा दिए । छ सय वटा घोडा जम्मा भए । अझै दुई सय वटा पुगेन । पृथ्वीमा कतै पनि त्यस्ता घोडा नपाएपछि र विश्वामित्रले दिएको समयावधि सकिन लागेपछि गालवले विश्वामित्रको शरण लिए र बाँकी दुई सय वटा घोडाको सट्टा माधवीलाई नै स्वीकार गर्न अनुरोध गरे । विश्वामित्रले उनको आग्रह स्वीकार गरे । विश्वामित्र र माधवीबाट पनि बच्चा जन्मियो ।
त्यसपछि माधवीलाई ययातिकहाँ नै फिर्ता गरियो । यस बेलासम्म पनि माधवीको सुन्दरतामा कुनै कमी आएको थिएन । अब उनको स्वयंवर गर्ने चर्चा चल्न थाल्यो । माधवीले अब कसैलाई पति नबनाउने निर्णय गरिन् र तपस्या गर्ने बाटो रोजिन् ।
यमीको आफ्नै दाइबाट सन्तान जन्माउने इच्छा
यमकी बहिनी यमीले आफ्ना जुम्ल्याहा दाइसँग प्रेम गर्ने र सन्तान जन्माउने इच्छा राखिन् । उनको प्रस्ताव अस्वीकार गरियो । अस्वीकारको कारणमा देवताहरुका पहरेदार वरुणले देख्छन् भनियो । यमीले यो भनाइ मानिनन् । वरुणले देखे भने बरु आशीर्वाद दिनेछन् भनिन् । यो ऋग्वेदको प्रसङ्ग हो । यसभन्दा अगाडिको प्रसङ्ग उल्लेख भएको भेटिँदैन ।
वपुष्टमा र इन्द्र
वपुष्टमा काशीका राजा सुवर्णवर्माकी छोरी थिइन् । उनको विवाह राजा परीक्षितका छोरा जनमेजयसँग भयो । एकपटक जनमेजयले अश्वमेध यज्ञ गरे । यज्ञमा मारिएको घोडासँग वपुष्ठमा शास्त्रीय विधिअनुसार सुतिन् । वपुष्टमालाई प्राप्त गर्नका लागि इन्द्र लालायित थिए । उनले मृत घोडामा प्रवेश गरेर रानीसँग संसर्ग गरे । यो कुरा थाहा पाएर जनमेजयले रानीलाई त्यागिदिने विचारले भने, ‘आजदेखि क्षत्रीय अश्वमेध यज्ञमा इन्द्रको यजन गरिने छैन ।’ जनमेजयको कुरा सुनेर गन्धर्वराज विश्वावसुले राजासँग व्यर्थैमा रानीको चिन्ता गर्नु आवश्यक नभएको र त्यो रात यज्ञशालामा रानीको रुप इन्द्रद्वारा पठाइएकी अप्सरा रम्भाले धारण गरेकी थिइन् भनेर सम्झाए । जनमेजयले रानीलाई स्वीकार गरे । महाभारत आदिपर्वको प्रसङ्ग हो यो ।

सत्यवती र पराशर
महाभारतमा उल्लेख भएको एउटा प्रसङ्गमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाले खुल्ला स्थानमा यौनक्रीडा गरेका थिए । कथाअनुसार एकपटक पराशर मुनि सत्यवतीको डुङ्गामा बसेर यमुना तरिरहेका थिए । उनी सत्यवतीको रुपमा आसक्त भए र सहवास गर्न चाहेको भावना व्यक्त गरे । सत्यवतीले आफू कुमारी भएको र पराशरजस्ता ब्रह्मज्ञानीले आफूसँग सहवास गर्न उचित नभएको बताइन् । पराशरले सहवासपछि पनि सत्यवती कुमारी नै रहने भनेपछि उनीहरुको बीचमा सहवास भयो । पराशरले आफ्नो योगबलले चारैतिर कुहिरीमण्डल बनाइदिए कसैले नदेखून् भनेर । पछि सत्यवतीबाट वेदव्यास जन्मिए ।

इन्द्र र अहिल्या
इन्द्र र अहिल्याका बारेमा ब्राह्मण, रामायण, महाभारत, पुराण आदि ग्रन्थहरुमा उल्लेख पाइन्छ । जसअनुसार स्वर्गका राजा इन्द्र गौतम ऋषिकी पत्नी अहिल्यामाथि आसक्त भए र उनीसँग सम्भोग गरे । उनीहरु दुईलाई एकान्तमा गौतम ऋषिले देखे र श्राप दिँदै इन्द्रलाई हजार नेत्र भएको र अहिल्यालाई पत्थरमा बदलिदिए । यौनका यस्ता अरु थुप्रै प्रसङ्गहरु छन् –  
१. दक्ष प्रजापतिको समयबाट मैथुनको सृष्टि प्रारम्भ भयो । यस्तो सृष्टिमा नारदले बाधा उत्पन्न गरेपछि दक्षले उनलाई स्राप दिएर भष्म गरिदिए । देवताहरुको अनुरोधपछि ब्रह्मले दक्ष प्रजापतिबाट एउटी कन्या कन्यादान गरेर लगे र उनैद्वारा नारदलाई पुनर्जन्म दिए ।
२. अर्जुन र उलुपीको बीचमा पनि उलुपीको इच्छाअनुसार यौन सम्बन्ध गाँसिएको थियो । यसमा अर्जुनले अस्वीकार गर्न खोज्दा उलुपीले विभिन्न तर्क गरेर यो कार्य धर्मविपरीत नहुने भनेर सम्झाएकी थिइन् ।  
४. शिवपुराणको एउटा प्रसङ्गअनुसार पार्वतीको विवाह हुँदै थियो । ब्रह्मा पुरोहित बनेका थिए । त्यही क्रममा उनले पार्वतीका खुट्टा देखे र कामले आसक्त बने । उनी कर्मकाण्ड गराउँदागराउँदै स्खलित भए ।
५. भविष्यपुराणको एउटा कथाअनुसार अत्रि ऋषिकी अनुसूया नाम गरेकी सुन्दर पत्नी थिइन् । ब्रह्मा, विष्णु र महेश्वर उनी भएको ठाउँमा गए । ब्रह्माले अनुसूयासँग सम्भोगका लागि अनुमति मागे । तीनै देवताले उनीमाथि अश्लील व्यवहार गरे ।
६. देवी भागवतका अनुसार चन्द्रमाले गुरूपत्नीलाई आफूसँग राखे । गुरूले बारम्बार पत्नीलाई फिर्ता माग्दा पनि उनले दिएनन् । लामो समयसम्म सँगै रहेपछि चन्द्रमा र ताराबाट एउटा छोरा जन्मियो ।
७. देवताहरुका गुरm बृहस्पतिले आफ्नै दाइकी पत्नीसँग जबर्जस्ती गरे । ममता (बृहस्पतिकी भाउजू) ले बृहस्पतिको मनमानीको विरोध गर्न चाहँदा देवताहरुले ममतालाई राम्रो–नराम्रो भनेर गाली गरे ।
८. ब्रह्मवैवर्त पुराणका अनुसार कुब्जा पूर्वजन्ममा रावणकी बहिनी सुपर्णखा थिइन् । उनले त्यस बेला रामसँग भोगको इच्छा गरेकी थिइन् । उनको त्यो इच्छा श्रीकृष्णावतारमा आएर पूरा भयो ।
९. ऋग्वेदका अनुसार उर्वशी नामक अप्सरालाई देखेर वरुणको वीर्य स्खलित भयो । वीर्य घडामा गएर खस्यो र त्यसबाट वशिष्ठ ऋषि जन्मिए ।
वैदिक समाजमा बुबा र छोरी तथा हजुरबुबा र नातिनीमा समेत मैथुनको सम्बन्ध भएको देखिन्छ –
१. ऋषि वशिष्ठले आफ्नी छोरी शतरुपमासँग यौन सम्बन्ध राख्थे । मनुले आफ्नी छोरी इलासँग विवाह गरे । जहानुले आफ्नी छोरी जहान्वीसँग विवाह गरे । सूर्यले आफ्नी छोरी उषासँग विवाह गरे । यी हरिवंश पुराणका प्रसङ्ग हुन् ।
२. धहप्रचेतनी र उनका छोरा सोम दुवैले सोमकी छोरी मारिषासँग सम्भोग गरेका थिए ।
३. दोहित्रले आफ्नी २७ जना छोरीहरुलाई आफ्नै बुबा सोमलाई सन्तान उत्पत्तिका लागि सुम्पिए ।
शास्त्रहरुमा उल्लेखित घटना पढ्दा लाग्छ, त्यस बेला यौनसम्बन्ध खुला रुपमा हुने गथ्र्यो । सम्भोगको सम्बन्ध गाँस्नुलाई धर्म वा पापका रुपमा हेरिँदैन थियो ।
शास्त्रमा पशुका साथमा सम्भोग गरेका घटनाहरु पनि उल्लेख छन् –
१. यजुर्वेदका मन्त्रहरुमा अश्वमेध यज्ञपरक अर्थहरुमा यजमानकी पत्नीद्वारा घोडाको लिङ्ग पक्रेर आफ्नो योनिमा हालेको, पुरोहितद्वारा राजाका पत्नीहरुसँग अश्लील उपहास गरिएको जस्ता वर्णनहरु भेटिन्छन् ।
२. ऋषि किन्दमले हरिणका साथमा मैथुन गरेका थिए ।
३. सूर्यले घोडीको साथमा मैथुन गरेका थिए ।
४. अश्वमेध यज्ञमा स्त्रीद्वारा घोडाको साथमा मैथुन गर्ने गरिन्थ्यो ।

विवाहपूर्व यौन सम्बन्ध:
पौराणिक युगका कथाहरुमा विवाहपूर्व यौनसम्बन्ध गाँसिएका प्रसङ्गहरु पनि आउँछन्– मेनका, चित्राङ्गदा, चित्रलेखा, कुन्ती, सत्यवती आदि ।
वैदिककालमा कन्या शब्दको अर्थ पनि अहिलेको जस्तो थिएन । यसको अर्थ हुन्थ्यो, त्यो केटी जो कुनै पनि पुरmषको साथमा सम्भोग गर्नका लागि स्वतन्त्र छे । कुन्ती र मत्स्यगन्धा यसका उदाहरण हुन् ।
कुन्तीबाट पाण्डुसँग विवाह हुनुभन्दा पहिल्यै बच्चा जन्मिएको थियो ।

परपुरूषसँग पत्नी
राम्रो सन्तान जन्माउनका लागि आर्यहरुले देव नामक एउटा वर्गका कुनै पनि पुरmषका साथमा आफ्ना महिलालाई सम्भोग गर्ने अनुमति दिन्थे । जसलाई अवदान भनिन्थ्यो ।
शास्त्रमा नियोगका आधारमा एउटी महिलालाई एघार जनासम्म पति राख्ने र तीबाट दस जना सन्तान जन्माउने छुट दिइएको छ ।

खुल्ला यौन
आर्यहरु खुलेआम सबैको सामुन्ने मैथुन गर्थे । ऋषिहरु केही धार्मिक रीतिहरु गर्थे, जसलाई वामदेव–विरत भनिन्थ्यो । यी रीतिहरु यज्ञभूमिमै गरिन्थ्यो । यस्ता सामूहिक यौनक्रीडामा सम्भ्रान्त वर्गका मानिसहरु उपस्थित हुन्थे । हरेक पुरूषले हरेक स्त्रीसँग सम्भोग गरेर सन्तुष्ट गराएपछि यो उत्सव समाप्त हुन्थ्यो ।
यदि कुनै स्त्रीले पुरोहितकै सामुन्ने सम्भोग गर्ने इच्छा प्रकट गरे पनि उसका साथमा उसले इच्छाएको पुरmषद्वारा सबैको सामुन्ने मैथुन गरिन्थ्यो । यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणाहरु राख्नेहरुले आफ्नो मत फरक रुपमा व्यक्त गरेका छन् । जस्तै– यम र यमीको प्रसङ्गमा दाजु–बहिनीको संवादको माध्यमबाट शिक्षा दिइएको हो । यम भनेको दिन र यमी भनेको दिन रात हो ।
यस प्रसङ्गमा उनीहरुले यम र यमीबीचको यो भनाइलाई पनि प्रस्तुत गर्ने गरेका छन् – यमीले दाइसँग विवाहको प्रस्ताव राख्दा यमले भन्छ, ‘बहिनीसँग कुत्सित व्यवहार गर्नु पाप हुन्छ । पहिलापहिला कुनै पनि दाजु–बहिनीले विवाह गरेका छैनन् । त्यसैले तिमी अर्कै पुरूषकी पत्नी बन ।’
उनीहरुले शास्त्रमा उल्लेखित यी तर्क पनि राख्ने गरेको पाइन्छ –
१. ऋग्वेदको एउटा प्रसङ्गमा भनिएको छ– जसले आफ्नै बहिनीसँग विवाह गरेर सन्तान जन्माउँछ, उसका सन्तान त मर्छन् नै, उसको पनि नाश हुनेछ ।
२. अथर्ववेदका अनुसार यदि सपनामा समेत दाइ या बुबालाई भुलेर प्राप्त भयो भने पनि यस्तो गुप्त पापीलाई औषधिको प्रयोगबाट नपुंसक गरेर मारियोस् ।
अनुमान गर्न सकिन्छ, यसरी आफन्तको बीचमा हुने सम्बन्धबाट जन्मिने सन्तान अविकसित रहने तथ्यसँग उनीहरु बिस्तारै जानकार हुँदै गए होलान् । सुरmमा आमा–बुबा र उनीहरुका बच्चाबीचको सम्भोगमा नियन्त्रण भएर पछि नजिकैका नातेदारहरुसँग सम्भोग गर्न सकिने नियम लागू भयो होला । त्यस बेला सबै महिला–पुरmष एक–अर्काका पति–पत्नी हुन सक्थे । काका या ठूलो बुबाका भाइ–बहिनीसँग सुविधाअनुसार सम्भोग गर्न सकिन्थ्यो ।

बिस्तारै यो नियममा बन्देज लगाइयो । यो नियम पूरै लागू हुन लामो समय लाग्यो । आफ्नो नातेदारमा जति सजिलै सम्बन्ध राख्न सकिन्थ्यो, टाढाका मानिससँग गाह्रो हुन्थ्यो । त्यसैले पनि नयाँ नियम लागू हुन समय लागेको होला । यसैमा अर्को खालका तर्क गर्नेहरु पनि छन् । जसअनुसार पहिलापहिला विवाह गर्ने चलनै थिएन । महिलाले आफूले चाहेको पुरmषसँग सहवास गरेर बच्चा जन्माउन सक्थे । उक्त पुरmषसँग बस्ने आफ्नो इच्छा नभएपछि त्यहाँबाट अर्कै पुरूषकहाँ जान सक्थे । बिस्तारै मानिसहरु समूहमा बस्न थाले । एउटा समूहले अर्को समूहका स्त्री र बच्चाहरुलाई लुट्न थाले । यसले गर्दा स्त्रीलाई आफ्नो अधिकारमा राख्नुपर्ने आवश्यकताले जन्म लियो । पछि देश बन्न थालेपछि राजा या शक्तिशाली मानिसहरुले आफूलाई मन परेकी स्त्रीलाई लगेर प्रयोग गर्ने चलन पनि व्यापक भयो ।
यसरी महिलालाई सुरक्षा दिने क्रममा बिस्तारै विवाहजस्तो अनौठो चलन चल्यो ।

सम्भोगमा महिला–पुरूषमा को बढी सन्तुष्ट ?
एकपटक भीष्म पितामहसँग युधिष्ठिरले प्रश्न सोधे, ‘महिला र पुरmषमध्ये सम्भोगको समय कसले बढी आनन्द प्राप्त गर्छ ?’
यस प्रश्नको उत्तरमा भीष्मले भङ्गस्वाना र सकराको कथा सुनाए–
धेरै समय पहिला भङ्गस्वाना नाम गरेका एक राजा थिए । उनका सन्तान थिएनन् । छोरा पाउने इच्छाले उनले ‘अग्निष्टुता’ नाम गरेको यज्ञ गरे । त्यस यज्ञमा भगवान्लाई मात्रै हवन गरिने भएकाले आफूले नपाएकोमा देवराज इन्द्र क्रोधित बने ।
भङ्गस्वानाले कुनै गल्ती गर्लान् र सजाय दिऊँला भनेर इन्द्र मौका खोज्न थाले । राजाले कुनै गल्ती छाडिरहेका थिएनन्, इन्द्रको क्रोध बढ्दै गइरहेको थियो ।
एक दिन भङ्गस्वाना शिकारमा गएको मौका पारेर बदला लिने सोचले इन्द्रले उनलाई सम्मोहित गरे ।
राजाले सम्मोहनमा परेर होश गुमाए र जङ्गलमा भट्किन थाले । उनले आफ्ना सैनिकसमेत देखेनन् । भोक र प्यासले पीडित भइरहेका बेला उनले अचानक एउटा सानो नदी देखे । त्यहाँ गएर घोडालाई पानी पिलाए र आफूले पनि पिए ।
पानी पिएपछि उनको शरीर स्त्रीको हुन थाल्यो । लाजका कारण उनी विलाप गर्न थाले ।
विलाप गर्दै उनी स्त्री बनेरै दरबार फर्के ।
राजालाई स्त्री रुपमा देख्दा सबै अचम्ममा परे । राजाले दरबारमा सभा बोलाए र आफू राज्य सम्हाल्न योग्य नरहेको भन्दै जङ्गलमा गएर बाँकी जीवन बिताउने निर्णय गरे ।
स्त्रीका रुपमा जङ्गलमा बस्न थालेका राजाले त्यहीँ सन्तान जन्माए । आफ्ना छोरालाई आफ्नो राज्यमा लगेर उनले पुराना र नयाँ सबै छोराहरुलाई मिलेर राज्य गर्न भने र आफू पुनः जङ्गल फर्किए ।
राजाका सबै छोराहरुले मिलेर राज्य चलाउन थाले ।
राजालगायत उनका सन्तान सुखपूर्वक रहन थालेको देखेर इन्द्रको रिस झनै बढ्यो । उनमा अझै बदला लिने भाव बढ्यो । आफूले राजालाई स्त्री बनाएर दुःखको सट्टा सुख पु¥याएको सम्झेर उनले एक ब्राह्मणको रुप धारण गरे र भङ्गस्वनाको राज्यमा पुगे । त्यहाँ पुगेर उनले सबै राजकुमारहरुलाई उचाल्न सुरm गरे ।
इन्द्रको कुरा सुनेर सबै भाइ आपसमा लड्न थाले र एक–अर्कालाई मारिदिए । आफ्ना छोराहरु आपसमा लडेर मरेको सुनेर भङ्गस्वना शोकाकुल बने । ब्राह्मणको रुप बनाएर इन्द्र राजाकहाँ पुगेर रmनुको कारण सोधे । राजाले सबै घटना इन्द्रलाई बताए । इन्द्रले आफ्नो असली रुप देखाएर राजाको गल्तीका बारेमा बताइदिए ।
उनले भने, ‘तिमीले अग्निको पूजा र मेरो अनादर गरेकाले मैले नै तिमीसँग यस्तो खेल खेलेको थिएँ ।’
भङ्गस्वनाले थाहै नपाई गरेको गल्तीप्रति इन्द्रसँग क्षमा मागे । राजाको दयनीय अवस्था देखेर इन्द्रले राजालाई माफ गरिदिए । राजाद्वारा पुरmष हुँदा जन्मिएका र महिला हुँदा जन्मिएका मध्ये कुनै एक पक्षलाई जीवित गरिदिने भन्दै इन्द्रले उनीसँग वरदान माग्न भने । राजाले यदि छान्नैपर्ने हो भने स्त्री हुँदा जन्माएका बच्चालाई जीवित गरिदिन भने । इन्द्रले यसको कारण सोध्दा राजाले जवाफ दिए, ‘एक स्त्रीको प्रेम पुरmषको प्रेमभन्दा धेरै हुन्छ । त्यसैले म आफ्नै कोखबाट जन्मिएका बच्चा माग्छु ।’

राजाको कुरा सुनेर इन्द्रले उनका सबै छोराहरुलाई जीवित गरिदिए र राजालाई पनि फेरि पुरूष बनाइदिने कुरा बताए । राजाले अब आफू पुरूष हुन मानेनन् । आफू स्त्री हुँदा नै खुसी भएको र स्त्री नै रहन चाहने बताए । पुरूष बनेर आफ्नो राज्य सम्हाल्न छोडेर स्त्रीकै रुपमा किन रहन चाहन्छौ भन्ने इन्द्रको प्रश्नमा राजाले भने, ‘सम्भोगको समय पुरूषको तुलनामा स्त्रीले कैयौँ गुणा धेरै आनन्द र तृप्ति पाउँछे । त्यसैले म स्त्री नै रहन चाहन्छु ।’ इन्द्र ‘तथास्तु’ भन्दै त्यहाँबाट गए ।

सम्भोगका लागि वर्जित समय
ब्रह्मवैवर्तपुराणका अनुसार यी दिनहरुमा पति–पत्नीको बीचमा शारीरिक सम्बन्ध हुनु हुँदैन –
१ औँशीको दिनमा । यस दिनमा सम्भोग गरेको खण्डमा उनीहरुको विवाहित जीवनमा नकारात्मक प्रभाव पर्छ । २. पूर्णिमाको रातमा । ३. संक्रान्तिको दिनमा । ४. चतुर्थी और अष्टमी तिथिमा । ५. आइतबार । ६. श्राद्ध या पितृ पक्षको क्रममा । ७. पति या पत्नीमध्ये कुनै एकले व्रत बसेको दिनमा । ८. नवरात्रिमा


साभार:- नागरिक दैनीक

Saturday, 22 December 2018

विन्डोजमा जान्न पर्ने सर्टकट किबोर्डहरु

विन्डोज अपरेटिंग सिस्टममा  किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |

विन्डोज बटनसँगको सटकर्टहरु

Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ |

Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
Windows Key + . : इमोजी मेनु खोल्न
Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
Windows Key + S: सर्च गर्न
Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
Windows Key + PrtSrc : स्क्रिनसट लिन
Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

 

Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु

Ctrl + C: टेक्स्टलाई कपी गर्न
Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
Alt + Left arrow : पछाडी आउन
Alt + Right arrow : अगाडि जान
Alt + Enter : जानकारी देखाउन
Alt + Spacebar: अप्सन मेनु खोल्न
Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न

 

 

एकमात्र बटन थिचेर हुने सटकर्टहरु

F1 : सहयोग मेनु खोल्न
F2: फाइलको नाम परिवर्तन गर्न
F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
F5: रिफ्रेश गर्न

F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Delete / Del: केहि कुरा डिलिट गर्न
Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न

इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु

F5: ट्याब रिलोड गर्न
Ctrl + F: मन लागेको शब्द सर्च गर्न
Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न     
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न

Thursday, 20 December 2018

कृषि नितिमा पाँच बुँदा

रतराज गौतम

किसानका मुद्दा किसानका मात्रै हैनन्। देशको कृषि नीतिले समग्र समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालगायत जनताको सुस्वास्थ्य समेतलाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले राज्यका हरेक नागरिक यसबाट प्रभावित हुने गर्छन्। तर विगतदेखि वर्तमानसम्म नेपालका कुनै पनि राजनीतिक दलहरूसँग नेपालको कृषि नीति सम्बन्धमा स्पष्ट र सही दृष्टिकोण रहेको पाइएको छैन।

हाल आएर संघीय, प्रदेश वा स्थानीय सरकारले समेत उपयुक्त कृषि नीति पहिचान गर्न सकेको देखिँदैन। भर्खरै केही प्रदेश सरकारहरूले सञ्चालन गरेका अनुदानसम्बन्धी फरक फरक प्रकृतिका कार्यक्रमहरूले पनि यस कुराको पुष्टि गर्छन्। पत्रपत्रिकामा प्रकाशित हुने लेखमा पनि नेपालका लागि उपयुक्त कृषि नीति यस्तै हुनुपर्छ भनेर किटान गरेको पाइँदैन। यस्तो अवस्थामा गरिएको अन्धाधुन्ध लगानीले हाम्रो कृषि क्षेत्रलाई सुधार गर्न सक्दैन भन्ने कुरामा हामी सबै स्पष्ट हुनु जरुरी छ। 

आज पनि देशको ६५ प्रतिशत जनता कृषि पेसामा आश्रित छ भनिन्छ तर यो तथ्यांकलाई कुन आधारमा परिभाषित गरिएको हो भन्ने कुराको कुनै ठोस आधार भने छैन। त्यसो भए रेमिट्यान्स र अन्य पेसामा आश्रित जनसंख्या कति प्रतिशत छ त भनेर कसैले प्रतिप्रश्न गरेको पाइँदैन। यसै पनि हाम्रा तथ्यांकहरू पटक्कै भरपर्दा छैनन्। देशमा कति प्रतिशत वास्तविक किसान छन् र कति किसान आवश्यक छन् भन्नेबारे कहिले बहस गर्ने ? सामान्यतः कृषि पेसा अँगालेको समुदाय अन्य समुदायसँग आर्थिक उपार्जनका दृष्टिले प्रतिस्पर्धी छैन। अधिकांश कृषक गरिब छन्। कृषि पेसालाई यहाँ दुःखी पेसा बनाइएको छ र आजको आम नेपाली कृषक विकल्प पाउनासाथ यो दुःखी कृषि पेसा त्याग्न चाहन्छ। 

यही अवस्था रहेमा हाम्रोे कृषिक्षेत्र आगामी दश वर्षभित्रैमा तहसनहस हुनसक्छ। सरकारले तत्कालै आफ्नो नीति सच्याएन भने केही स्पेसल कमोडिटीबाहेक नेपालको अधिकांश योग्य कृषक यो पेसाबाट चाँडै पलायन हुने सम्भावना देखिएको छ। खासगरी बढ्दो उत्पादन लागत र अन्य पेसाको तुलनामा अत्यन्त कम प्रतिफलका कारण किसानहरू विस्थापित हुने सम्भावना बढी देखिन्छ। अतः हाम्रा तमाम गलत कृषि नीति तथा कार्यक्रमहरूलाई जतिसक्दो चाँडो सच्याउनैपर्छ। वास्तवमा नेपालको कृषि र पशुपालन क्षेत्रलाई जोगाउने हो भने तल उल्लिखित पाँचवटा आधारभूत कुराहरूमा जोड दिनैपर्ने देखिन्छ। यसो गर्न सकेमा मात्रै रोजगारी सिर्जना, आयआर्जन, खाद्य तथा पोषण सुरक्षा, व्यापार घाटा न्यूनीकरण, महँगी नियन्त्रण र पर्यटन प्रवद्र्धन जस्ता विषयहरूलाई एकसाथ सम्बोधन गर्न सकिन्छ: 

१) कृषकलाई न्यूनतम पूर्वाधार र सुरक्षासहितको जमिन उपलब्ध गराउने :   सरकारले कृषि पेसा गर्न चाहने सबैलाई भरसक घर नजिकै वा सम्भव नभए घरबाट बिहान गएर बेलुकी फर्कन सकिने स्थानमा सानो, ठूलो क्षेत्रफलको सरकारी, सामुदायिक, निजी वा उपयोगमा नआएको उपयुक्त जमिनमा कृषि वा फार्म क्षेत्र तोकी न्यूनतम भाडादरमा जमिन उपलब्ध गराई त्यहाँ निःशुल्क न्यूनतम पूर्वाधार (बाटो, पानी, बिजुली र सुरक्षा) को व्यवस्था गरिदिनुपर्छ। ता कि किसानको उत्पादन लागत कम होस्, व्यवसाय नाफामूलक होस् र फार्म धनी आफ्नो फार्मको सम्पत्ति छोडेर राति घरमा आएर बेलुका ढुक्कले निदाउन सकोस्। 

२) मौलिक, अर्गानिक वस्तु उत्पादन गर्ने : अहिले आयात र निर्यातको तुलना गर्दा कहालीलाग्दो अवस्था छ। निकट भविष्यमै अझै कहालिलाग्दो हुनेछ। जसले जसरी व्याख्या गरे पनि हालसम्म कृषि पेसा छाड्न नसकेका अर्धव्यावसायिक र निर्वाहमुखी किसानले नै अहिलेसम्म यस क्षेत्रलाई जेनतेन धानेका हुन्। अब हामी अहिलेकै पाराले अरु देशले उत्पादन गरेका साधारण वस्तु उत्पादन गरेर ती देशहरूसँगै मुसादौड दौडेर हुँदैन। कृषिमा उच्च प्रविधि अवलम्बन गरिरहेका पूर्ण व्यावसायिक र प्रतिस्पर्धी क्षमता भएका विकसित देशहरूले जे उत्पादन गर्दैछन् त्यही उत्पादन गरेर हुँदैन बरु आफ्नै मौलिक र अर्गानिक उत्पादनमा लाग्नुपर्छ। अब हामीले चिया, कफी वा याक चीजजस्ता वस्तुमात्रै अर्गानिक हुन्छन् भन्ने भ्रम त्यागेर सबैजसो कृषि र पशुपंक्षीजन्य उत्पादनमा हरसम्भव आफ्नै मौलिक उत्पादन, अर्गानिक खेती जस्ता दिगो र पर्यावरणमैत्री कृषिलाई अवलम्बन गर्नुपर्छ र यसलाई बाह्य पर्यटनसँग जोड्नुपर्छ।  

३) चरिचरनमा आधारित पशुपक्षीपालनमा जोड दिने : कृषि क्षेत्र तोकेर सुविधा उपलब्ध गराउने र मूलतः मौलिक एवम् अर्गानिक उत्पादन गर्ने कुराको निधो भइसकेपछि हरसम्भव चरिचरनमा आधारित पशुपक्षीपालन प्रणाली अवलम्बन गर्न जोड दिनुपर्ने हुन्छ। यसो गर्नाले अर्गानिक वा मौलिक प्रकृतिको पशुपक्षीजन्य उत्पादनको गुणस्तर कायम गर्न सघाउ पुग्नेमात्र नभई घाँसखेती गर्ने, काट्ने, ढुवानी गर्ने, भण्डारण गर्ने, साइलेज बनाउने, घाँसका लागि मलखाद खरिद गर्ने, रासायनिक वा प्रांगारिक मल ढुवानी गर्र्नेे, मल पाँज्ने वा मल राख्ने र पशुपक्षी चराउन जाने श्रमिकको खर्च र दानाको खपत जस्ता महत्वपूर्ण खर्चका शीर्षकहरूमा आंशिकदेखि शतप्रतिशतसम्म कटौती गरी उत्पादन लागतमा भारी कटौती गर्न सकिन्छ। यसो गर्दा गुणस्तरीय र अर्गानिक प्रकृतिको पशुजन्य उत्पादनसमेत अन्य साधारण उत्पादनभन्दा कम लागतमा तयार हुनेछन्। 

४) सम्भावना बोकेका र परिवारबाट सञ्चालित व्यवसायलाई राज्यले प्रोत्साहन गर्ने : कृषि तथा पशुजन्य व्यवसायहरूमा जुन पेसा आर्थिक रूपले नाफामूलक देखिँदैन त्यस्तो ठाउँमा सरकारले कदापि अनुदान वा सहुलियत ऋणलगायतका प्रोत्साहनका कार्यक्रमहरू उपलब्ध गराउनुहुँदैन। आखिर कहिलेसम्म गरिब जनताले तिरेको करबाट कुनै डुब्न लागेको कृषि व्यवसायलाई राज्यले भरथेग गरिरहन सक्छ र ? अतः कृषकहरू पेसाबाटै विस्थापित मात्रै हुने तर प्रतिस्पर्धी हुन नसक्ने क्रम रोक्न साना तथा मझौला फार्महरूलाई प्राथमिकता दिनुको विकल्प छैन।

५) बजार व्यवस्थापन : कृषक परिचयपत्र उपलब्ध गराई बजारमा अर्गानिक तथा साधारण उपजहरूको उत्पादनदेखि बजारसम्म नै नियमन गर्ने व्यवस्था मिलाउने, कुन उत्पादन कुन कृषकको हो भनेर ट्रयाकिङ गर्ने गरी अभिलेख राख्ने, स्वदेशी र विदेशबाट आयात भएका कृषि तथा पशुजन्य उपजहरूको नियमन गर्ने र सुपरमार्केटहरूमा रहेका खाद्यपदार्थहरूको समेत नियमन हुने व्यवस्था मिलाउन सकेमा कृषक तथा उपभोक्ता दुवैका लागि फाइदाजनक हुने देखिन्छ। कृषकहरूले आफ्ना उपजहरूको पनि उपयुक्त मूल्य पाउनुपर्छ। 

(व्यावसायिक कुखरापालन, व्यावसायिक बाख्रापालन, व्यावसायिक बंगुरपालन, दूध तथा दूधजन्य पदार्थ, लोकल कुखुरापालनलगायत सात पुस्तकका लेखक गौतम राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा पशु विकास अधिकृत छ

Wednesday, 19 December 2018

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर अनन्त अधिकारी
म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न । त्यसैले म यस मामिलामा त्यति धेरै सन्तुष्ट हुन सकेकी छैन बरु तनाव बढेर आउँँछ । किन त्यस्तो भएको हो डाक्टर साब ?
एल शर्मा
पति वा पत्नी कसरी मानसिक रोगको सिकार हुन्छन् ?
पतिपत्नीबीच यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा पति वा पन्नी मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएका छन् । पति र पत्नीबीचमा यौनसँग सम्बन्धित विषयमा विचार वा इच्छामा भिन्नता आउँदा तनाव उत्पन्न भई डिप्रेसनलगायतका समस्या लिएर अस्पताल आउने गरेका छन्।

यौन साथीबीचमा किन यौन चाहनाका कुरा मिल्दैन ?
‘महिलाको तुलनामा पुरुष छिट्टै उत्तेजित हुन्छन्, बढी आक्रामक हुन्छन् र चाँडै स्खलित पनि हुन्छन् भने महिला उत्तेजनामा आउने प्रक्रिया ढिलो हुन्छ । महिला पूर्णरूपमा यो प्रक्रियामा तयार नहुँदै पुरुषबाट हुने गरेका क्रियाकलापले यौन साथीबीच दरार पैदा हुन गई मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुन्छ । तर महिला भने बढी माया प्रेम चाहन्छन्, उनीहरु बिस्तारै भावनामा आउँछन् । महिला भावनामा आउनुपूर्व नै पुरुषले महिलाका कुरा नबुझेर यौन चाहना मेटाउन खाज्ने गरेको पाइन्छ । यतिखेर यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुन्छ र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुन्छ । यौन चाहनाका कुरा नमिल्दा प्रतिशोधको भावनासमेत आउँछ।’  

‘फोर प्ले’ गर्न जानेका यौन जोडी किन भाग्यमानी हुन्छन् ?
जोडीमा यौन सम्पर्क अगाडि हुने वा गरिने क्रियाकलापको समेत महत्वपूर्ण मूमिका हुन्छ जसलाई  ‘फोर प्ले’ भनिन्छ । ‘फोर प्ले’ भन्नाले चुम्बन गर्नु, जोडीबीच एकअर्काको यौनाङ्ग चलाइदिएर भावनामा आउने लगायतको प्रक्रिया हो र ‘फोर प्ले’को यौन सम्पर्क अघि महत्वपूर्ण भूमिका हुन्छ । ‘फोर प्ले’ गर्न जानेका जोडी एकदमै भाग्यमानी हुन्छन् ।

पति र पत्नीबीचको यौन चाहनालाई कसरी सकारात्मक रूपमा हेर्ने ?
यौनका बारेमा समाज बिस्तारै खुल्दै गइरहेको अवस्थामा पतिपत्नीबीचको यौन सम्बन्धलाई जीवनको अभिन्न अंगका रूपमा लिने सामाजिक हिस्सा दिनानुदिन बढ्दै गइरहेको छ । ‘यौन विज्ञानको सचेतना पनि मिडियाको प्रभावले अगाडि बढिरहेको छ । यौन भनेको पति र पत्नीबीचको लेनदेन भन्दा पनि पारस्परिक बुझाइको आधार यौन क्रियाकलाप हुन्छ । दुवैजनाले यौन सन्तुष्टि पाउँछन् र प्रेम साटासाट गर्ने क्रियाकलापका रूपमा जनचेतना फैलिरहेको छ । यो सकारात्मक पक्ष हो ।’

महिला यौन चाहनाका बारेमा नखुल्नाले उनीहरूमा मानसिक तनाव उत्पन्न हुन्छ ?
‘नकारात्मक पक्षको रूपमा हाम्रो समाजमा ज्ञान त प्राप्त भयो तर अल्पज्ञानका कारण पनि यौन चाहनामा दरार उत्पन्न हुन्छ । युट्युबलगायतका मिडियाबाट यौनजन्य भिडियो हेर्ने, गलत सन्देश लिने हाम्रो समाज र संस्कृतिमा नमिल्ने किसिमका विशेषगरी पश्चिमा देशबाट पाइएका भिडियो हेर्ने अनि पुरुषले त्यही किसिमको यौन चाहना गर्ने तर महिला त्यसबाट टाढा हुने भएकाले पनि मानसिक तनाव उत्पन्न हुन्छ । षुरुष यौन क्रियाकलापको चाहना गर्ने तर महिला भने त्यस्ता क्रियाकलापप्रति प्रभावित नहुने भएकाले मानसिक तनाव हुन्छ ।  यौन चाहनामा महिला खुल्न नसक्नु अर्को मुख्य कारण हो ।’  

महिला कतिबेला यौन चाहना गर्छन् ? र पुरुष किन छिट्टै उत्कर्षमा पुगी स्खलित हुन्छन् ?
महिलामा ‘एराउजल’ अलि ढिला आउँछ । महिला प्रेम चाहन्छन्, भावना साटासाट गर्न खोज्छन्, त्यसपछि बल्ल फोरप्लेको कुरा आउँछ अनि मात्रै महिला शारीरिक रूपमा समर्पित हुन चाहन्छन् । महिलामा भन्दा  पुरुषको हकमा उत्तेजना छिट्टै आउँछ, धैर्यता कम हुन्छ र हडबडाहटका साथ छिट्टै चरमोत्कर्षमा पुग्ने, छिट्टै शारीरिक सम्बन्ध राख्न खोज्ने र छिट्टै उत्कर्षमा पुगी स्खलित हुन्छन् । भावनात्मक रूपमा नजिक हुन नसक्दाको अवस्थामा हुने बेमेलकै कारण वैमनस्यता उत्पन्न हुने भएकाले जोडीले एकआपसको भावनात्मक सम्बन्धका कुरा र यौन चाहनालाई ख्याल गरेर सेक्सुअल कार्य गर्न म सुझाव दिन्छु।

महिला आफ्नो यौन साथी कस्तो होस् भन्ने चाहन्छन् ?
‘प्रायः महिला आफ्नो यौन साथी हिंश्रक भएको मन पराउँदैनन ।  दुवैले यौन शिक्षाको ज्ञान अवश्य लिनुपर्छ । पति कुनै पनि भावना साटासाट नगरी यौन प्रक्रियामा आउँदा पत्नीले मेरो काम भनेको उसको यौन चाहना मेटाउने मात्रै हो र ? भन्ने सोचाइ आउन सक्छ । त्यसैगरी पतिमा पनि पत्नीलाई मप्रति यसको रुचि नै छैन भनी शंका उत्पन्न हुन्छ । यसरी यौन साथीबीच तादात्म्यता नमिल्दा नैराश्यता आउने, हीन भावना पैदा भई ‘एक्स्ट्रा म्यरिटियल अफियर’ हुने सम्म सम्भावना हुन्छ । यौन कुण्ठाकै कारण कतिपय त लागू पदार्थ सेवन गर्ने, कुलतमा लागी उपचारका लागि अस्पतालसम्म आउँछन् । छोरामान्छे शरीरसँग आत्मीयता राख्न खोज्छन् भने महिला भावनासँग आत्मीय सम्बन्ध राख्न खोज्छन्।

सेक्सका कतिवटा चरण हुन्छन ?
सेक्सका ४ वटा चरण हुन्छन् । जस्तैः सुरुको भावनामा आउने, नजिक आइदिए हुन्थ्यो जस्तो लाग्ने चरण ‘एराउजल’ हो । यस चरणमा छोरी मान्छेको ‘एराउजल’ ढिलो आउँछ तर छोरा मानिसको  ‘एराउजल’ छिटो आउँछ र त्यसको तादात्म्यता नमिलेको खण्डमा पनि तनाव उत्पन्न हुन्छ । पहिलो चरण भनेको उत्तेजना अर्थात् एक्साइटमेन्ट हो, सेक्सको यस चरणमा महिलाको तुलनामा पुरुषमा छिटो एक्साइटमेन्ट आउँछ र त्यसको तादात्म्यता नमिल्दा वा त्यसबीचको ग्याप हुँदा पनि मनोवैज्ञानिक रूपमा तनाव उत्पन्न हुन्छ । ‘दोस्रो चरणलाई सेक्सको स्थिर अर्थात ‘प्लेट्यु’ चरण भनिन्छ । यो सेक्सको स्थिर चरण हो । ‘अर्गाजुम’ सेक्स प्रक्रियाको तेस्रो चरण हो अर्थात् चरमोत्कर्षको यस चरण सेक्सको चरम आनन्दको चरण हो । यो सेक्स गर्दा सबैभन्दा आनन्दको चरण हो तर यस चरणमा पति र पत्नीबीच दुवै एकैसाथ भावनामा आउनुपर्ने हुन्छ । दुवै एकैपटक उत्तेजित नहुँदा एकैसाथ दुवैले चरम आनन्दानुभूति गर्न सक्दैनन् । ‘श्रीमानश्रीमतीको बीचमा ‘अर्गाजुम’ एकैचोटी आयो भने त्यो जोडी अत्यन्तै भाग्यमानी हुन्छ, यसो भएमा उनीहरूमा तनाव हुने सम्भावना अत्यन्तै कम हुन्छ ।’

‘रिजोलुसन’ चरण सेक्सको अन्तिम अर्थात चौथो चरण हो । यो चरणमा सेक्सको आनन्द लिई पुरानै अवस्थामा फर्किनु हो । डा. अधिकारीका अनुसार धेरै जसो पुरुषको ‘अर्गाजुम’ छिटो आउँछ तर महिलाको ‘एराउजल’ तथा ‘एक्साइटमेन्ट’ पछि मात्र आउँदै गरेको हुन्छ । त्यस कारण सेक्सको आनन्दको तादात्म्यता नमिल्दा तनाव, शंकाउपशंका, पारिवारिक कलह आदि समस्या उत्पन्न हुन्छन्।

पछिल्लो समयमा यौन चाहना पूरा नहुँदा कसरी मानिस मानसिक रोगको सिकार भएको पाइन्छ ?
पतिपत्नीबीचमा यौन चाहना पूरा नहुनुका कारण के–के हुन् ?
काठमाडौं जस्तो सहरी क्षेत्रमा बसाइको सीमित स्थान (कोठा) हुने, गोप्यता कम हुने, दुवैले काम गर्नुपर्ने बाध्यता तथा थकाइका कारण सेक्सको आनन्द लिन फुर्सद नहुने कारणले पनि अरूसँग प्रेममा भुल्ने, परिवारमा बच्चाबच्ची हुने तथा पतीपत्नीबीच प्रेमका भावना साटासाट गर्न नपाउनाले र यौन इच्छा नै प्रभावित हुने भएकाले पतीपत्नीका बीचमा कलह पैदा हुने तथा मानसिकरूपमा तनाव उत्पन्न हुने गरेको  पाइन्छ ।  यौन समस्याका कारण मानसिक तनाव हुनेमा प्रायः २० देखि ३५ वर्षका जोडी नै प्रभावित भएको पाइन्छ । आधुनिक जीवनशैली तथा आफ्नो जीवनसाथी वैदेशिक रोजगारमा संलग्न हुने बाध्यताका कारण पनि यौन जीवनमा समस्या आई मानसिक रोगीको संख्या बढिरहेको छ।

मानसिक रोग के हो ? यो कसरी लाग्छ र यसका समाधानका उपाय के छन् ?
प्रत्येक ४ घरमा एकजनालाई  मानसिक रोग लागेको भेटिन्छ । कोही जन्मजातै त कोही कालान्तरमा आएर मानसिक रोगको सिकार हुने गरेका छन् । कतिपय जटिल र कतिपय सामान्य अवस्थाका मानसिक रोगी अस्पतालमा आउने गर्छन् । तीमध्ये धेरैजसो जटिल प्रकृतिका मानसिक रोगी अस्पताल आउने गरेका छन् । अधिकांश मानसिक रोग निको हुने प्रकृतिका हुन्छन्।

मानसिक सुस्वास्थ्य भन्नाले मानसिक रूपले स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । मानसिक रूपमा स्वस्थ हुन विभिन्न गुणको आवश्यकता पर्छ जसमध्ये भावनात्मक अवस्थालाई  सामान्य अवस्थामा राख्न सक्ने गुण पनि मानसिक स्वास्थ्यमा हुनुपर्ने गुण हो । १० वटा प्रमुख रोगमध्ये ४ वटा मानसिक रोगअन्तर्गतका पर्छन्, मानसिक रोगलाई ‘मनो रोग’ पनि भनिन्छ । मानसिक रोगलाई बायो, साईको र सोसल मोडको रूपमा पनि विश्लेषण गरिन्छ । लगनखेल मानसिक अस्पतालमा दैनिक ओपिडीमा एक सय ५० सम्म उपचार गर्न आउँछन् । प्रायः जटिल प्रकारका मानसिक रोग लिएर आउँछन् । मानसिक रोग पनि एक प्रकारको मस्तिष्कमा हुने गडबडीले लाग्ने रोग भएकाले उपचार पाएको खण्डमा अधिकांश मानसिक रोगी निको हुन्छन्। ‘मानसिक रोगको न्यूनीकरणका लागि जनचेतनासमेत फैलाउनु पर्छ।’

नेपालको जनसंख्यामा करिब २० प्रतिशत मानिस कुनै न कुनै मानसिक स्वास्थ्यबाट पीडित भएको अनुमान गरिएको तथ्यांक पाइन्छ ।  तनावपूर्ण घटना, पारिवारिक समस्या, सामाजिक समस्या, बाल्यावस्थाका अप्रिय अनुभवलगायतका कारणले मानसिक रोग लाग्ने गरेको पाइन्छ।

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out