Wednesday, 26 February 2014

लसुन खेतीको परिचय र जातको छनौट




 लसुन चिसो मौसममा तराईदेखि हिमालसम्म लगाइने एक मसला तथा नगदे बाली हो । यसको पातडाँठ र गानो विभिन्न परिकार बनाउनप्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यमा समेत राम्रो काम गर्दछ ।
लसुनको पोटी वा केस्रा अपचअजीर्णग्यास्ट्रिक तथा उच्च रक्तचाप आदिमा औषधीको रुपमा प्रयोग गरिन्छ । 
 - लसुन बालीको लागि मलिलोबलौटे दोमट माटोका साथै पानीको राम्रो निकास भएको तथा पाहारीलो एकनासले घाम लाग्ने जग्गा उपयुक्त हुन्छ । 
लसुन हालसम्म चाइनिज र स्थानीय जात गरी दुई प्रमुख जातहरुमा उपलब्ध छन् । चाइनिज लसुनको गानो ठूलो हुनुका साथै तुलनात्मक रुपमा उत्पादन पनि बढी हुन्छ तर यो जातको लसुन औषधिको दृष्टिकोणले कम महत्वपूर्ण मानिन्छ । 
स्थानीय जातको लसुनको केस्रा सानो हुने हुँदा बढी स्वादिलो रपौष्टिकतत्वहरु पनि पर्याप्त मात्रामा पाइन्छ । यसलाई औषधिको दृष्टिकोणले समेत बढी प्रयोग गर्ने गरिन्छ । 

लसुन लगाउने समय र बीउको दर 
चाइनिज जातको लसुन पहाडी भेगमा असोज महिना र उच्च पहाडी तथा हिमाली भागमा असोजकार्तिक र फागुन महिनामा लगाउने गरिन्छ । 
स्थानीय जातको लसुन तराईमा कार्तिक महिनामध्य पहाडी भागमा असोजकार्तिक महिनाउच्च पहाडी भागमा असोजकार्तिक महिना र हिमाली भेगमा कार्तिक र फागुन महिनामा लगाउन सकिन्छ । 
लसुनको बीउदर लगाउने दुरीको आधारमा निर्धारण हुने गर्दछ । तर सामान्यतया स्थानीय जातको लसुन १२ देखि १५ के.जी. प्रतिरोपनी आवश्यक पर्दछ । यसैगरी चाइनिज जातको लसुन २५ देखि ३० के.जी. प्रतिरोपनीका दरले बीउको आवश्यकता पर्दछ । 
बीउदरको सन्र्दभमा सामन्यतया लसुनको केस्राको हिसाब गर्दा प्रतिरोपनीको लागि करिब १५००० केस्राको आवश्यकता पर्दछ । 

लसुन खेतीको गोडमेल र मलखाद व्यवस्थापन 

लसुनका लागि जग्गा तयारी गर्दा उपयुक्त प्रविधिबाट माटोको उपचार गर्नु पर्दछ । यसका लागि तोरीको पिना वा चिउरीको पिना १० के.जी.वेभिष्टिन पाउडर २०० ग्राम र डर्सवान मालाथेन पाउडर १ के.जी.२० के.जी. गोबरमलमा मिसाइ प्रतिरोपनीका दरले जोतेर माटोमा मिसाउनु पर्दछ । 
जमिनको अन्तिम तयारी गर्दा गोबरमल १५०० के.जि.डि.ए.पि. १२ के.जी.पोटास १० के.जी. र जिङ्क १ के.जी. प्रतिरोपनीका दरले माटोमा मिसाउनु पर्दछ । यसका साथै बोट उम्रे पछि टपडे«सिङ्गका रूपमा युरिया मल पनि प्रयोग गर्नुपर्दछ । 
जग्गा तयारी गरिसके पछि पोटी रोप्नु भन्दा पहिले लसुनको पोटीलाई २ ग्राम साफ वा वेभिष्टिन पाउडर प्रतिलिटर पानीमा तयार पारिएको झोलमा ३० मिनेटसम्म डुवाइ उपचार गर्नु पर्दछ र डुबाएको पोटीलाई ओझेलमा वा शीतलमा सुकाएर मात्र रोप्नु पर्दछ । 
लसुन बाली लगाउन जग्गा २५ देखि ३० से.मि. गहिरो हुने गरी ३/४ पटक खनजोत गर्नु पर्दछ । 
लसुनको केस्रा लगाउँदा लाइनदेखि लाइनको दुरी २० से.मि. र पोटीदेखी पोटीको दुरी १५ से.मि.को फरकमा रोप्नु पर्दछ । तर ठूला खालका पोटी उत्पादन गर्नुपर्ने भएमा भने लाइनदेखि लाइन र पोटीदेखि पोटीको दुरी २० से.मि. को फरकमा रोप्नु पर्दछ । 
युरिया ५ के.जी. प्रतिरोपनी जग्गामा केस्रा अर्थात् पोटी लगाएको ४० देखि ५० दिन भित्र टपड्रे्रिसङ्ग गर्नु पर्दछ । 
युरिया ५ के.जी. प्रतिरोपनीका दरले पोटी रोपेको ७० देखि ८० दिन भित्र टपड्रे्सिङ्ग गर्नु पर्दछ । यसैगरी पुनः ५ के.जी. युरिया प्रतिरोपनीमा गानो बन्ने समयमा पनि टपड्रे्सिङ्ग वा साइड्रे्सिङ्ग गर्नु पर्दछ । 
लसुन रोपेको ३० दिनमा एकपटक६० दिनमा अर्कोपटक र ९० दिनमा  पुनः गरी ३ पटक म्याग्नेसियम सल्फेट १ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्नु पर्दछ । ड्ड गाईभैँसीको पिसाब जम्मा गरी १ भाग पिसाबमा १० भाग पानी मिसाइ १५/१५ दिनको फरकमा ६÷७ पटक छर्दा लसुनलाई आवश्यक पर्ने सल्फरको मात्रा सजिलैसँगपरिपूर्ति हुन्छ । 

-------------------------------------------
भौगोलिक क्षेत्र                     बीउ रोप्ने समय                         बाली टिप्ने समय
उच्च पहाड                           
५०००७००० फिट              फागुन — चैत्र                           भदौ— असोज 

मध्य पहाड 
३००० — ५००० फिट           भदौ — कार्तिक                         बैशाख— जेष्ठ 

तल्लो पहाड
३०००५००० फिट              कार्तिक — मङ्सिर                  बैशाख— कातिर्क 

तराई 
१००० फिट                         कार्तिक — मंसीर                     बैशाख— कातिक

--------------------------------------------------

लसुन खेतीको गोडमेल र सिँचाइ 
 - लसुन बालीमा झारपातको निकै समस्या हुन्छ । बेर्ना बाक्लो हुनेगरी सार्नु पर्ने हुँदा धेरैपटक झारपात हटाइ गोडमेल गर्दा बिरुवालाई बाधा पुग्ने गर्दछ । तसर्थ लसुन बालीमा गोडमेल सावधानी पूर्वक गर्नु पर्दछ । 
लसुन खेती गर्दा खेती अवधिभर ३÷४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक गोडमेल गर्न सकिन्छ । 
 - लसुन बाली अवधिभर माटो खुकुलो राख्नु पर्दछ । यदि माटो खुकुलो नरहेमा माटोको माथिल्लो सतह जमेर कडा हुन जान्छजसले गर्दा एउटा बोटमा एउटा गानोको बदला गानो फुटेर धेरै र साना गानाहरु बन्न पुग्दछन् । यसले लसुनको उत्पादनमा गुणस्तर तथा परिमाणमा नकारात्मक प्रभाव पर्दछ । 
लसुन बालीमा पहिलो सिँचाइ बेर्ना सार्ना साथ दिनु पर्दछ भने त्यस पछिका सिँचाइहरु आवश्यकतानुसार मौसमको अवस्थामाटोको किसिम र बालीको उमेर हेरी गर्नु पर्दछ ।

लसुन खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापन 
लसुन रोप्नुभन्दा पहिले सयपत्री फूलको बिरुवा रोपेर यसलाई हरीयो मलको रूपमा प्रयोग गर्दा रोग कीराहरू लाग्ने सम्भावना ज्यादै न्यून हुन्छ र यसैगरी माटोको उपचारस्वस्थ बीउको प्रयोगआवश्यक मलखाद
नियमित गोडमेल तथा सिँचाइको व्यवस्थापनले रोग कीरा ज्यादै कम लाग्दछ । 
लसुन बालीसँग कालो तोरी वा अन्य तोरी जातहरूका बिरुवाहरू लगाउँदा पनि रोग कीराहरुको रोकथाम गर्न सकिन्छ । 
लसुनमा लाग्ने मुख्य कीराहरुमा सुलसुलेलाही र थ्रिप्स हुन् । यीकीराहरुले बोटबिरुवाको हरियो पात चुसेर र चपाएर ठूलो क्षती पु¥याउँने गर्दछ । यी कीराहरुको नियन्त्रण गर्न गाईभैँसीको पिसाव भाँडोमा जम्मा गरी ७ 
दिनसम्म कुहाउने र यसमा पिसाब बराबरको पानी मिसाएर ४ देखि ५ पटकसम्म ४ देखि ५ दिनको फरकमा छर्नु पर्दछ । 
कीराको प्रकोप धेरै भएमा रासायनिक विषादीहरू क्याराथिन वा सल्फरको धुलो १ ग्राम प्रतिलिटर पानीमा मिसाइ ४ देखि ५ दिनको फरकमा २ पटक छर्नाले सुलसुले कीराका साथै अन्य कीराहरुको पनि नियन्त्रण हुन्छ  - लाही र थ्रिप्स कीराको नियन्त्रण गर्न सुफोज वा रोगर २ एम.एल. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
-  लसुन बालीमा मुख्य गरी ढुसीजन्य रोगहरुको प्रकोप पनि बढी देखिन्छ । पातमा कालो/खैरो डढुवा रोग
बैजनी रङ्ग देखापर्ने सिन्धुरे जस्ता लक्षण देख्नासाथ साफ वा क्रिलोक्सिल गोल्ड २ ग्राम प्रतिलिटर पानीमा मिसाएर ७/७ दिनको फरकमा छर्नु पर्दछ । 
-  तापक्रमको विषमताले गर्दा भाइरल रोग देखा पर्न सक्ने भएकोले बेर्ना २ देखि ३ पात आए पछि १५/१५ दिनको फरकमा १० एम. एल. गाईभैँसीको दूध १ लिटर पानीमा मिसाएर छर्दा पनि यसको नियन्त्रण गर्न सकिन्छ ।  

लसुन टिपाइ (भित्र्याउने) र बजार व्यवस्थापन :
लसुन बाली राम्रो भएको खण्डमा प्रतिरोपनी उत्पादन ५०० देखि ६०० के.जि.सम्म हुने गर्दछ । 
सामान्यतया लसुन लगाएको ६ देखि ७ महिना पछि बाली थन्क्याउने बेला हुन्छ । लसुन परिपक्व भए पछि पात र डाँठ पहेलिएर खैरो भएको अवस्थाले लसुनको पोटी खन्ने बेला भयो भन्ने सङ्केत बुझ्नु पर्दछ । 
लसुन खन्दा पोटी नछुट्टिने गरी हातले बोट तान्ने र सफागरी पात बाँधेर झुप्पा पारी १ हप्तासम्म छायाँमा 
सुकाउनु पर्दछ । यसरी सुकाउने प्रक्रियालाई क्युरिङ् भनिन्छ । 
लसुनलाई १ हप्ता जति क्युरिङ् गरिसके पछि लसुनको पात र डाँठ काटेर हटाउनु पर्दछ र यसलाई हल्का 
हावा लाग्ने शीतलघाम नलाग्ने कोठामा फिँजाएर भण्डारन गर्नु पर्दछ ।
उत्पादित लसुन सफा गरीसानो÷ठुलो र रङ्गको आधारमा वर्गीकरण गर्नु पर्दछ । यसरी वर्गीकरण गरेको लसुनलाई जालिदार झोला वा बोरामा प्याकिङ् गरी बजारमा ढुवानी गर्नु पर्दछजसले गर्दा ग्राहकहरूलाई आकर्षित गर्दछ । 
प्रायः लसुन वर्षैभरी बिक्रीवितरण गर्ने गरिन्छ तर भाद्रदेखि असोजमहिनासम्म उत्पादन गरी बजारमा पु-याउन सकेको खण्डमा लसुनको राम्रो मूल्य पाइन्छ । 
लसुनलाई बजारमा बिक्रिवितरण गर्नु भन्दा पहिले सम्भावित बजार र यसका अवसरहरुको विश्लेषण गर्नु राम्रो मानिन्छ 

Saturday, 1 February 2014

समाज झल्किएको उपन्यास

नेपाली समाजको वर्ग संघर्ष, तल्लो वर्गका मानिसका दु:ख, पिछडिएको समाज, समाजलाई विभिन्न हिसाबमा आफ्नो काबुमा राख्न सफल एकथरी मान्छे, कम्युनिस्टका आधार, द्वन्द्व, नयाँ धार, विसर्जन आदि नेपाली राजनीतिमा बारम्बार प्रयोग हुने विषय हुन् । तल्लो तहका कम्युनिस्ट कार्यकर्ताका रुमानी सपना र नेतृत्व वर्गमा हुने जीवनको फरक लोभ–लालसाका कारण पनि बारम्बार कम्युनिस्ट दल आन्तरिक पार्टीमा कमजोर देखिन्छन् । यस्तै विषयवरिपरि घुमेको छ, झलक सुवेदीको पहिलो उपन्यास आधा जून । कास्कीको गाउँ मकैखोलालाई पृष्ठभूमिमा राखेर लेखिएको आधा जूनमा पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका वेला क्याम्पसे विद्यार्थीले कसरी आफूमा कम्युनिस्ट पार्टीका गुण देखे, कसरी समाजलाई परिवर्तन गर्न लागि परे र कसरी त्यही अभियानमा लागेको एउटा वर्ग राजनीतिबाट अलग भयो भन्ने लेखिएको छ । राजनीतिमा लागेर कहिले सक्रिय तथा कहिले पर्दापछाडि रहेर राजनीति र समाज परिवर्तनमा सहयोग गरिरहेको एउटा क्याम्पसे युवा सञ्जयको डायरीजस्तो लाग्छ उपन्यास । सुवेदीको उपन्यासमा एउटा सफल तथा बिकाउ उपन्यासमा हुनुपर्ने गुण पर्याप्त छन् । उनको कथ्यशैली राम्रो छ, उपन्यासमा मुख्य पात्रमा आन्तरिक द्वन्द्व, विषयप्रतिको गाम्भीर्य, प्रेम, विछोड सबै आएका छन् । कथाको सुरुदेखि नै सुवेदी पाठकमा अब के होला भन्ने जिज्ञासा उठाउन सफल भएका छन् । मूल कथामा जोडिएका उपकथाहरू उपन्यासको मेरुदण्डलाई छाडेर टाढा भागेका छैनन् । उपन्यासमा प्रेम छ, रोमान्स छ, रहस्य छ र छ एउटा पूर्ण कथा । सुवेदीले उपन्यासलाई अझ शक्तिशाली बनाउन केही ठाउँमा दर्शनलाई छिराएका छन् । उनी उपन्यासमा सामान्य चरित्रका चित्रणमा धेरै चुकेका छैनन् । आधा जून नेपाली राजनीतिक इतिहासप्रति पनि इमानदार छ । उपन्यासमा सुवेदीले पोखरावरपरको भाषालाई चयन गरेका छन् । यसले उपन्यासलाई इमानदार लेखन बनाएको छ, विशेषगरी चरित्र चित्रणमा । उपन्यासको सुरुदेखि नै प्रेम, रोमान्स तथा गम्भीर विषयलाई मिलाएर लेखिएकाले उपन्यास पढ्दा पाठकलाई झ्याउरो लाग्दैन । कम्युनिस्ट वा कम्युनिज्मको आँखामा नेपाली समाजमा के भइरहेको छ भन्ने बुझ्न पढ्नै पर्ने उपन्यास हो, आधा जून । आधा जूनमा प्रयोग भएका पात्र पनि हाम्रै वरिपरिका पात्रजस्ता लाग्छन् । राजनीतिमा लागेका विद्यार्थी तथा उनीहरूमा आउने विभिन्न परिवर्तनको चित्रण उपन्यासमा सबल रूपमा आएको छ । सञ्जय पात्र उपन्यासमा कहिले फ्ल्यासब्याकमा पुगेर नोस्टाल्जिक बन्छ त कहिले सपनालाई एकै ठाउँमा छाडेर सिद्धान्तको होइन, वास्तविक जीवनको अभ्यासमा लाग्छ । आधा जूनमा उल्लेख गर्नैपर्ने केही कमजोरी पनि छन् । केही ठाउँमा प्राविधिक हो या लेखककै कमजोरी हो, अनुच्छेद तथा प्रसंग फेरिएका विषयमा ध्यान पुग्न सकेको छैन । यसले पाठकलाई द्विविधामा पार्छ । त्यस्ता उपकथा जोडिएका प्रसंगमा पाठकलाई ब्रेक दिन कि समन्वयका लागि कुनै वाक्यको आवश्यकता पथ्र्यो कि कुनै चिह्नले त्यसलाई छुट्याइदिनुपथ्र्यो । उपन्यासको अर्को उल्लेख गर्नैपर्ने कमजोरी उपन्यासको पृष्ठभूमि तथा स्थानहरूलाई स्थापित गर्न नसक्नु हो । उपन्यासमा प्रयोग भएका स्थानले एकअर्कालाई म्यापिङ गर्न सकेको भए उपन्यास अझ सशक्त हुने थियो । गैरआख्यान तथा राजनीतिक विश्लेषणमा राम्रो स्थान बनाइसकेका सुवेदीको आख्यानमा पनि राम्रो स्थान बन्ने आधा जूनले प्रस्ट्याएको छ । तर, त्यसका लागि सुवेदीले ‘कम्युनिज्म’को चर्को ह्याङ्ओभर छाडेर आख्यानमा साहित्यिक फ्लेभर दिन केही मिहिनेत गर्नुपर्छ ।
 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out