Monday, 28 January 2019

पायल्स, फिस्टुला र फिसर

पायल्स, फिस्टुला र फिसर तीनवटै रोगका लागि सिज बाथ गर्न सकिन्छ ।  

मलद्वारमा हुने तीन किसिमका रोग हुन् पायल्स, फिस्टुला र फिसर । आन्द्रामा खाना पच्ने नर्मल प्रक्रिया हुन्छ, खाना पच्दै अगाडि जाने प्रक्रियालार्ई पेरिसटाल्सिस भनिन्छ । आन्द्राबाट खाना पच्दै जाँदा दिसा साह्रो हुँदै जाने क्रममा आन्द्राको चाल पनि ढिलो हुँदै जान्छ । आन्द्राले आफ्नो चालमा काम गर्न सक्दैन । 
आन्द्राको चाल ढिलो हुँदा दिसा पनि बिस्तारै तल पास हुन्छ । धेरै समय गलाएर दिसा पास हुँदै जाँदा मलद्वारको छेउसम्म दिसा पुग्दा दिसामा भएको पानी आन्द्राले सोसिसकेको हुन्छ । 

पानी सोसिसकेपछि कडा गोटाजस्तो बन्छ । त्यस्तो कडा दिसाले आन्द्रालाई असर गर्छ । भने बाहिर मलद्वारमा चोट लगाउने, इन्फेक्सन हुने, पायल्स तन्काउने तथा तलतिर धकेल्ने जस्ता असर हुन्छन् ।
कब्जियत भएपछि खाएको खाना आन्द्राबाट अगाडि बढ्न छोड्छ । ढिलो वा २÷३ दिनमा दिसा हुने, कडा दिसा भयो भने त्यस्तो दिसाले मलद्वारमा रोग बनाउँछ, दिसाका कारणले पायल्स, फिसर वा फिस्टुला हुने जोखिम बढी हुन्छ । कडा दिसा हुनबाट बचियो भने यी तीनवटै समस्याबाट बच्न सकिन्छ । 

पायल्स

पायल्सलाई अंग्रेजीमा हेमोराइ भनिन्छ । मलद्वारको भित्रपट्टी रगतका  नलीहरु हुन्छन् । मलद्वारभित्रका ती नलीहरु फुलेर मासुसहित तल झर्न थाले भने त्यसलाई पायल्स भनिन्छ । रगतकोे नसा र मलद्वारभित्रको छालासँगै तल झर्नु पायल्स हो । 

पायल्स हुंदा मलद्वारभित्रका रगतका नसा तथा छालाको मासु बढेर तन्किँदै तलतिर झर्छ । कडा दिसाका कारणले नसा तथा छालालाई थिच्छ (पे्रस गर्छ) । त्यसरी थिचिएर नसा तथा छाला तन्किँदै बाहिर निस्किन्छ भने त्यो पायल्स हो । 

पायल्समा दुईवटा लक्षण देखिन सक्छ । एउटा दिसा गर्दा बिरामीलाई मासुको डल्लो नै वाहिर निस्किएको जस्तो अनुभूत हुन्छ  । अर्को दिसा गर्दा रगत जान्छ । दुखाइ भने कम हुन्छ । कडा दिसाले जब नसालाई प्रेस गर्दै बाहिर निस्कन्छ तब नसाको टुप्पोबाट फुट्छ र रगत बाहिर निस्कन्छ । दिसा गर्दा उज्यालो र ताजा रंगको रगतको धारा बाहिर निस्कनु पायल्सको लक्षण हो । रगतको धारा जानुलाई स्प्लास अन द प्यान भनिन्छ ।

पायल्स हुँदा पहिलो चरणमा मलद्वारबाट रगत मात्रै बाहिर निस्किन्छ । दोस्रो चरणमा  दिसा गर्दा मासु बाहिर निस्किन्छ तर आफँै फेरि भित्र जान्छ । तेस्रो चरणमा मासु बाहिर आउँछ तर हातले भित्र हाल्दा जान्छ । पायल्सको चौथो चरण अलि जटिल चरण हो । बाहिर निस्किएको मासु भित्र जाँदैन । मलद्वार बाहिर फूलको गुच्छा जस्तो पायल्सको गुच्छा हुन्छ । चारै चरणमा रगत बग्छ । 

फिस्टुला

मलद्वारका वरिपरि साना–साना हाँगाजस्ता सुरुङ (प्वाल) बन्छन् । फिस्टुला भनेको सुरुङ जस्तो रोग हो । मलद्वारभित्रबाट बाहिरसम्म सुरुङजस्ता प्वाल हुन्छन् ।  भित्रपट्टि मलद्वारबाट निस्किएको सुरुङ (प्वाल) बाहिरपट्टि मलद्वार वरिपरिको छालामा खुल्छ । ती सुरुङबाट पनि दिसा बाहिरिन्छ भने फिस्टुला भएको भनिन्छ । 

फिस्टुला हुँदा दिसाजन्य घाउ, पिप, फोहोर मलद्वार वरिपरिको सुरुङ मार्गबाट बगिरहन्छ । 
मलद्वारभित्रको छालामा इन्फेक्सन भएपछि त्यो इन्फेक्सन बढ्दै जाँदा सुरुङ बनाउँदै जान्छ र मलद्वारको वरिपरि बाहिर खुल्छ । प्वाल बाहिर खुलेपछि उपचार नगरेसम्म सुरुङ आफैँ बन्द हुँदैन । 

फिस्टुलामा पनि रोगको सुरुवात कडा दिसाबाटै हुन्छ । मलद्वार वरिपरिका चिप्लो पदार्थ निकाल्ने ग्रन्थी (ग्ल्याण्ड) हुन्छन्, जसले दिसालाई चिप्लो बनाउँछ । फिसर हुँदा मलद्वार वरिपरिका ग्रन्थी पाक्न थाल्छन् । कडा दिसाका कारणले इन्फेक्सन हुन्छ । ग्रन्थीको मुख बिग्रिएर पाक्छन् । ग्रन्थी पाकेपछि भित्रभित्रै इन्फेक्सनले बाटो खोज्न थाल्छन् । 

पाकेको पीपले बाटो कि मलद्वार भित्र खोज्छन् या बाहिर छालातिर खोज्दै जान थाल्छन् । छालातिर बाटो खोज्दा पीप जम्छ  र छाला बाहिर निस्किएर फुट्न खोज्छ, फुट्छ, जसलाई पेरिएनल एप्सेस पनि भनिन्छ । मलद्वारको बाहिर वरिपरि पिलो जस्तो घाउ हुन्छ । रोगको सुरुवात मलद्वार भित्रपट्टि सुरुङ बन्दै जमेको पिप बाहिर निस्कने क्रममा बाहिर पिलो जस्तो घाउ देखा पर्छ । 

पीप फुटिसकेपछि जुन बाटो हुँदै सुरुङ बनाएर पीप बाहिर आएको छ, त्यो सुरुङ बनिरहेको हुन्छ, जसलाई फिस्टुला भनिन्छ । मलद्वार वरिपरिको मासुमा बोसो बढी हुने भएकाले पनि पीप छिटो फैलिन्छ ।

फिस्टुलाको उपचार बेलैमा नगरेको खण्डमा थप हाँगासमेत भएर सुरुङ हुन सक्छन् । फिस्टुलाको सर्जिकल उपचार गरिन्छ । सुरुङलाई बाँधेर काटेर फालेर उपचार गरिन्छ । धागोबाँधेर सेटोन विधिबाट पनि गरिन्छ ।  सुरुङबाट चिरिन्छ । वरिपरिको छालाको भागको प्वाललाई काटेर निकालिन्छ । प्वाललाई काटेर खुल्ला बनाएर छोड्दा पनि निको हुँदै आउँछ । अप्रेसन गरेर उपचार गरिन्छ । फिस्टुला बारम्बार पर्किएर आउन सक्छ 

फिसर 

फिसर पनि मलद्वारकै रोग हो । फिसर हुँदा मलद्वारको बाहिरपट्टिको मुखमा छाला फाटेर घाउ हुन्छ । मलद्वारको बाहिरपट्टीको मुखको छाला फाटेर घाउ निको नभई रहिरहन्छ भने त्यसलाई फिसर भनिन्छ । 
फिसर हुनुको पनि प्रमुख कारण कडा दिसा नै हो । झाडा पखाला तथा मलद्वारका अन्य रोगका कारणले पनि फिसर हुन्छ । फिसरमा मलद्वारको बाहिरपट्टिको छाला फाट्छ । फाटेर घाउ हुन्छ । भर्खर फाट्दा बिरामीलाई अत्यधिक दुख्ने, कडा दिसा हुने भएकाले दुख्ने, दिसामा रगत देखापर्नेजस्ता समस्या हुन्छन् । फिसरको मुख्य लक्षण दुखाइ नै हो । सुरुमा दिसा जाँदा मात्रै दुख्ने भए पनि मलद्वारमा इन्फेक्सन हुँदै जाँदा पनि दुख्छ । 

फिसरको घरेलु उपचार पनि गर्न सकिन्छ । मनतातो पानीमा मलद्वार डुब्ने गरी बिहान बेलुका १५ मिनेट बस्नु पर्छ, जसलाई सिज बाथ भनिन्छ । 

मन तातो पानीमा मलद्वार डुब्ने गरि बस्ता छाला नरम हुने, इन्फेक्सन हुन नदिने, रक्त सञ्चार गर्ने, साफ सफाइ हुने, दुखाइ कम गर्न सहयोग गर्छ । मलद्वारमा लगाउने मलम लगाए पनि उपचार गर्न सकिन्छ । लामो समयसम्म निको नभएको अवस्थामा क्रेनिक फिसर हुन्छ । लामो समयसम्म घाउ सन्चो नभएर फिसर निको भएन भने अप्रेसन गरेर पनि उपचार गरिन्छ  ।   पायल्स, फिस्टुला र फिसर तीनवटै रोगका लागि सिज बाथ गर्न सकिन्छ ।  

जोगिने कसरी ?

तीनवटै रोगको एउटै कारण छ, गलत खानपान । गलत खानपिनले खराब किसिमको दिसा बनाउँछ । गलत दिसाले रोग निम्त्याउँछ । 

गलत खाना भन्नाले फाइबर नभएका खाना, चाउचाउ, बिस्कुट, पाउरोटी, मैदा धेरै भएकाजस्ता खानेकुरा हुन् । यो धेरै खान हुँदैन । फाइबरयुक्त खानेकुरा कम खानाले पायल्स, फिस्टुला र फिसरको हुने सम्भावना धेरै हुन्छ ।

साग–सब्जी, गाँजर, मुला, लौका, चिचिन्डा, फर्सी, स्कुस, सीमिजस्ता तरकारीमा फाइबर पाइन्छ । यस्ता फाइबरयुक्त तरकारी तथा सागसब्जी कम खाने मानिसमा पायल्स, फिस्टुला र फिसरको जोखिम बढी हुन्छ । 

सामान्यतयाः जुन तरकारी तथा खानामा धागो र छिपिँदा जालो जस्तो बन्छ, त्यस्ता तरकारी तथा खानालाई फाइबरयुक्त तरकारी तथा खाना भनिन्छ । फाइबरयुक्त सागसब्जी आन्द्रका लागि फाइदाजनक हुन्छ । फाइबरयुक्त  खानाले दिसा कब्जियत हुन दिँदैन । कडा दिसा हुन दिँदैन । राम्रो दिसा हुन्छ । 

मुख्यतः फाइबरयुक्त तरकारी तथा खानाले शरीरको पाचन प्रक्रियालाई सहज बनाउनुका साथै शरीरमा पोषक तत्व ग्रहण गर्न सहयोग गर्छ । अर्को आन्द्राले फाइबरयुक्त खानालाई सजिलो गरि अगाडि धकेल्छ । शरीरले पोषक तत्व पनि राम्रोसँग ग्रहण गर्छ ।  खाना सजिलो गरी पच्छ । सही आकारको दिसा सही समयमा हुन्छ र कब्जियत हुन पाउँदैन । 

९० प्रतिशतभन्दा धेरै बिरामी पहिलो र दोस्रो चरणमै चिकित्सककहाँ पुगेको देखिन्छ । पहिलो र दोस्रो चरणमा आएका सामान्य औषधि तथा खानपानमा सुधारका लागि सल्लाह दिइन्छ । करिब ९५ प्रतिशत पायल्सको उपचारविना अप्रेसन औषधिबाटै ठिक हुन्छ ।  

पहिलो नम्बरमा फाइबरयुक्त खाना खाने, दोस्रो नम्बरमा पायल्सका औषधि लगाउनुपर्छ । तीन नम्बरमा दिसा नरम बनाउने औषधि दिइन्छ । चार नम्बरमा पायल्स बाहिर निस्किन थालेको छ भने छार सुत्र विधिबाट उपचार गरिन्छ । ब्यान्डिङ विधि पनि अपनाइन्छ ब्यान्डिङ विधि भन्नाले पायल्समा धागो बानिदिएपछि पायल्स आफैँ सुकेर झर्छ । 

पायल्सको ठूलो जोखिम मलद्वारबाट बग्ने रगत हो । पायल्स हुँदा अत्यधिक मात्रामा रगत बाहिर निस्किन सक्ने भएकाले शरीरमा रगतको मात्रा कम भएर ज्यान जान पनि सक्छ । 
फिस्टुलाको मुख्य जटिलता पीप हो । फिस्टुलामा मलद्वारको वरिपरि पीप जम्ने भएकाले त्यो पिप फैलिँदै गएर पनि ज्यान जान सक्छ । मलद्वार वरिपरि पीप जम्यो भने शरीरमा पीप फैलिएर संक्रमणका कारणले

ज्यान जान सक्छ । 

ज्यानै जान सक्ने जोखिमताको हिसाबले फिसरको तुलनामा पायल्स र फिस्टुला जोखिम हुन सक्छन् । 
फिसर टिनएजबाट बढी देखिएको पाइन्छ । किनकि त्यो उमेर समूहकाले बढी जंक फुड खाने भएकाले फिसरको जोखिम टिनएजरमा बढी मात्रामा देखिन्छ । २० देखि ४० वर्षको उमेर समूहमा बढी मात्रामा पायल्स देखिन्छ । सबै उमेर समूहमा फिस्टुुला भएको पाइन्छ । 

Friday, 25 January 2019

के हो गोल्डेन रगत समूह?

'आरएच नल’ हो ।

आरएच नल के हो र यो किन महत्वपूर्ण मानिन्छ जसका कारण यसकाे तुलना सुनसँग गर्ने गरिन्छ ? आखिर यो रगत समूह हुनु उनीहरुलाई किन खतरा हुन्छ त ? यी प्रश्नको उत्तर थाहा पाउनुभन्दा पहिले रगत समूहकाे वर्गीकरण कसरी हुन्छ थाहा पाउन जरुरी हुन्छ ।

कसरी हुन्छरक्त समूहकाे वर्गीकरण ?

रगत जुन रक्तकोशिकाबाट बनेको हुन्छ, त्यसको माथि प्रोटिनको एक पत्र हुन्छ, जसलाई एन्टिजन भनिन्छ । रगत समूह ‘A’ मा एन्टिजन ‘A’ हुन्छ । रगत समूह ‘B’ मा ‘B’, रगत समूह ‘AB’ मा दुइटै एन्टिजन र रगत समूह ‘O’ मा कुनैपनि एन्टिजन हुदैन ।

रातो रक्तकोशिकामा अर्कै एन्टिजन हुन्छ । यसलाई ‘RHD’ भनिन्छ । यो एन्टिजन ‘61RH’ एन्टिजन समूहको हिस्सा हो । जब रगतमा ‘RHD’ हुन्छ, त्यसलाई पोजेटिभ ग्रुप भनिन्छ । यस्तै ‘RHD’ नहुँदा नेगेटिभ ग्रुप भनिन्छ ।

यसरी सामान्य रगत समूहको पहिचान गरेर त्यसको वर्गीकरण यसरी गरिएको छ, A-, B+, B-, AB+, AB-, O+ र O-  ।

कसैलाई रगत चाहियो भने उसको रगत कुन समूहको हो भन्ने थाहा हुनुपर्छ । यदि नेगेटिभ रगत  समूह भएका मान्छेलाई पोजेटिभ रगत समूहको रगत दिइयो भने त्यो उसको लागि घातक हुनसक्छ । किनकि उसको शरीरको एन्टिबडीले यो समूहको रगतलाई स्वीकार्न सक्दैन ।

यसकारण O- रगत समुहलाई युनिभर्सल डोनर भनिन्छ । किनकी यसमा न एन्टिजन A, B हुन्छ र न त RHD  हुन्छ । यस्तो रगत बिनाअवरोध अन्य रगतसमूहमा घुलमिल हुन्छ ।

खतरनाकगोल्डेन ब्लड

रगतमा जति पनि कम्बिनेशन छन्, त्यसमा RH Null सबैभन्दा फरक मानिन्छ । यदि कसैको रगतमा RH एन्टिजन नै छैन भने उसकाे रगत समूह RH Null अर्थात 'गोल्डेन ग्रुप' हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजाइकमा छापिएको एक लेखमा पेनी बेलीले लेखेका छन्, पहिलोपटक यो रगत समूहको पहिचान सन् १९६१ मा गरिएको थियो । अष्ट्रेलियाकी एक महिलामा यो रगत समूह भेटिएको थियो । त्यसपछि अहिलेसम्म पूरै विश्वमा जम्मा ४३ मानिसमा यो रगत समूह भेटिएको छ ।

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका हेमाटोलोजी विशेषज्ञ नतालिया विलारोयाका अनुसार यो  रगत समूह वंशाणुगत रुपमा हुने गर्छ । 

सुनौलो रगत समूह वरदानअभिशाप दुईटै  

यो युनिभर्सल रगत समूह हो जो कुनैपनि RH र बिना RH काे रगत भएका मानिसहरुलाई चढाउन सकिन्छ । तर यो आफैमा दुर्लभ रगत समूह भएकोले यो रगत दान एकदमै कमरुपमा गरिन्छ । नेशनल रिफ्रेन्स लेबाेरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डका अनुसार एकदमै दुर्लभ भएका कारण नै यसलाई 'गोल्डेन ब्लड' भनिएको हो ।

बेलीका अनुसार यस समूहको रगत एकदमै महंगो हुनेगर्छ । कसैको नाम र ठेगानाबिना नै यो रगतलाई ब्लड बैंकमा राखिन्छ तर वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको लागि भने यो रगत दान गर्नेहरुको नाम ठेगानासहित राखेको पाइएको छ ।

गोल्डेन ब्लड ग्रुप हुनु मानिसलाई चुनौती पनि भइदिन सक्छ । युएस रेयर डिजिज फर इन्फर्मेशन सेन्टरका अनुसार यो रगत समूह भएको मानिसमा एनिमिया अर्थात रक्तअल्पता हुने डर हुने गर्छ । र उनीहरुलाई रगत चढाउनुपर्ने भयो भने यस समूहको रगत भेटाउन पनि समस्या हुनेगर्छ ।

यदि अन्य देशमा यो रगत समूहका दाता भेटिहाले पनि यसलाई ल्याउन खर्चिलो साथसाथै झन्झटिलो हुने गर्छ ।

यस रगत समूहका मानिसहरु ब्राजिल, काेलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन् । यो रगत समूहका मानिसहरुलाई आफ्नो रगत दान गरिराख्न प्रोत्साहन गरिएको छ । आवश्यक परेको बेला आफैलाई र यस समूहका अन्यलाई पनि काम लाग्न सक्छ । किनकी भनेको बेला यो रगत भेटाउन असम्भव जस्तै हुनेगर्छ ।

Monday, 14 January 2019

कब्जियत हटाउने बिधी

डा. सर्वेश्वर सौरभ

पाइल्स, फिस्टुला र फिसर हुनु, बल्झिनु र निको नहुनुको मुख्य कारण कब्जियत हो ।

काठमाडौँ — पाइल्स, फिस्टुला र फिसर रोगसंँग प्राय: मानिस परिचित छन् । परिवार, साथी, छरछिमेकमा कोही न कोही यी रोगबाट आक्रान्त देखिएकै हुन्छन् । सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यी रोगबाट पीडित बढ्दैछन् ।

यी तीनवटै मलद्वार सम्बन्धी रोग हुन् । धेरै मानिस यी सबैलाई पाइल्स भनेर झुक्किने गर्छन् । आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्श, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ ।

विभिन्न कारणले पाइल्स, फिल्टुला र फिसर हुन्छन्, तर कब्जियत अर्थात दिसा कडा यी रोग हुनु, बल्झिनु र निको नहुनुको मुख्य कारण हो । आम मानिसमा यी रोग सम्बन्धी व्यापक भ्रम र डर देखिन्छ । मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन् ।


मलद्वारभित्र र वरिपरि रक्तशिरा हुन्छन् । यी रक्तशिरा सुन्निने, मासु पलाएझैं ठूलो 
हुने समस्यालाई अर्श अर्थात पाइल्स भनिन्छ । यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ । मलद्वारभित्र हुने अर्शमा दिसा कडा हुँदा घाउ भई मलद्वारबाट रगत जान्छ । ठूलो हँुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरु–सुरुमा आफै भित्र जाने, पछि–पछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसिराख्ने पनि हुन्छ । बाहिरी अर्श/पाइल्स भने मलद्वार वरिपरिका शिराहरू सुन्निएर हुने गर्छ ।

भगन्दर अर्थात फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटोजस्तो हो, जसको भित्री मुख मलद्वारभित्र वा पक्वाशयमा हुन्छ । बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ । पटक–पटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउँछ । संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुन्छ । तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहन्छ ।

परिकर्तिका अर्थात फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो । यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्कोजस्तो रगत देखिने हुन्छ । धेरै लामो समयसम्म यस्तो भइरहंँदा मासु पनि पलाउने हुन्छ, जसलाई सेन्टिनल ट्याग भनिन्छ ।

आयुर्वेद चिकित्सामा यी रोगहरूको प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ । पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जडीबुटीयुक्त औषधि एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन् । त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदि पनि प्रयोग गरिन्छ । आवश्यक परे शस्त्रकर्म अन्तर्गत क्षारसूत्र विधि प्रयोग अर्श, भंगन्दर र परिकर्तिकाको सेन्टिनल ट्यागमा गरिन्छ । रोगीलाई पुरै बेहोश गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुन: हुने अवस्था अत्यन्त न्यून हुने भएकाले यो विधि एकदम प्रचलित छ ।

यी रोगमा कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । विशेषगरी चाडपवमा माछा, मासु, अन्डा, जाँड–रक्सी, चुरोट, मरमसला, गुरुभोजन अत्यधिक सेवन गर्दा कब्जियत हुनसक्छ । कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लोपिरो नखानु राम्रो हुन्छ ।

मम, चाउमिनजस्ता मैदाका परिकार, बिस्कुट, दही, केरा, पिँडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, तैलीय पदार्थ, चिसो पेयपदार्थ, चियाकफी आदि सेवन नगर्ने वा गर्नैपरे एकदम कम गर्ने गर्नुपर्छ । त्यस्तै प्रशस्त पानी, झोल पदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाँजर आदि), आँटाको रोटी, रहर, मुगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ । कदाचित कब्जियत भइहाले त्रिफलाचूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिष्ट आदि औषधि प्रयोग अल्प समयसम्म गर्न सकिन्छ । केही समस्या भए चिकित्सकलाई देखाई अरू औषधि–उपचार गराउनुपर्छ ।

Wednesday, 9 January 2019

शेर किन्नु भन्दा अगाडी बुझ्न पर्ने कुराहरु

पछिल्लो समयमा लगातार सेयर बजार घट्दो अवस्था नै रहेको पाइन्छ।

यस्तो घटेको बेला हतपत कसैले पनि लगानी गर्न रुचाइ रहेका हुदैंनन् । तर हामीले येस्तै बेला नै राम्रो कम्पनीहरु को स्क्रीप्ट मा ध्यान पुराउनु पर्ने हुन्छ।

घट्दो बजारमा प्राय सबै को इम्प्याक्ट नराम्रो भइरहेको हुन्छ । घट्दो बेलामा नै आफुले सस्तो र राम्रो कम्पनी मा लगानी गरेर बजारमा आफुलाइ स्थापित गर्न सक्नुपर्छ । सुरुवाती अवस्थामा लगानी गर्नलाई आइपियो मात्र नभई अहिले को समयमा दोस्रो बजारबाट पनि आइपियो कै भाउ आसपास मा राम्रा कम्पनीहरु छनोट गर्न सकिन्छ ।

तर, कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व केही त्यारी वा केहि कम्पनी बारे जान्कारीहरु भने पक्कै पनि हासिल गर्न जरुरी हुन्छ । सर्वप्रथम त दोस्रो बजारमा धेरै पैसा हुनेहरु मात्रै टिक्न सक्छ्न, ठुला लगानीकर्ताको चपेटामा परियो भने त बर्बाद भइन्छ, लगानी गरे पछि आफ्नो लगानी उठ्छ कि नाइ वा आफुले लगानी गरेको कम्पनी पछि डुबिने त होइनन् भनेर यस्ता भ्रम हटाउन जरुरी हुन्छ ।

थोरै बचत रकमलाई तपाइले दोस्रो बजारबाट कम्ती मा पनि दस कित्ता बात सुरुवात गर्न सक्नु हुनेछ । तर त्यो भन्दा पहिले हामीले कस्तो कम्पनी रोज्ने भन्ने बारे हामी यकिन हुन चाहिँ जरुरी छ ।

जस्तै लगानी गर्न भन्दा पहिला केही दिन ब्रोकर अफिस गएर ४र५ दिन मार्केटलाई हेर्ने, आफुले २र३ वटा कम्पनी चुज गर्ने अनि तिनीहरुलाई आफ्नो वाच लिस्टमा राख्ने अब ती कम्पनी बारे जान्कारी हासिल गर्ने । जस्तै कि कम्पनीले न्युनतम केहि बर्ष देखि आफ्नो सेयर होल्डरहरुलाई राम्रो लाभांश दिदै आइरहेको, कम्पनीको म्यानेजमेन्ट टिम राम्रो भएको, कम्पनीको सेयर ट्रेड राम्रो संख्यामा भइरहेको, कम्पनीबाट कुनै पनि किसिमको नकारात्मक सूचना नआएको र कम्पनीको त्रैमासिक रिपोर्ट अघिल्लो बर्ष को तुलना मा राम्रो हुँदै आएको कम्पनीहरुलाई हामीले रोज्न वा तेस्मा लगानी गर्न सक्छौ।

यी माथी उल्लेख गरेका गुण भएको कम्पनी दोस्रो बजारमा सजिलै आफुले सक्ने बजारभाउ मा समेत किन्न पाइन्छ। एउटै कम्पनीमा धेरै लगानी गर्नु भन्दा पनि थोरै थोरै लगानि मा धेरै कम्पनीहरु हामीले किन्न सक्छौ । जस्ले हाम्रो रिक्स पिरियडलाई कम गरि राखेको हुन्छ । यसरी लगातार बजार घटीरहेको अवस्थामा हामीले राम्रो कम्पनीमा लगानी गर्न सक्छौ ।

बजार लगातार घट्दा र बढ्दा जोखिम हुने सम्भावना बढी नै देखिन्छ तर बजारमा इन्ट्री गर्ने भनेको नै घटेको बेलामा हो । आफुमा कति को जोखिम मोल्न सक्ने क्षमता छ त्यो बारे पनि आफू भरपुर त्यारी अवस्था मा हुनु पर्छ तर बजारमा आफुलाइ स्थापित गराउनु छ भने तपाईं मा पहिला धैर्यता हुन निकै आवश्यक छ ।

त्यसपछि आफुले रोजेको कम्पनी बारे सबै जानकारी हासिल भए पश्चात् राम्रो कम्पनिमा लगानी गर्न सकिन्छ । अब अर्को उपाय भनेको बजार सम्बन्धि थुप्रै तालिम केन्द्रहरु पनि खुलेका छन जस्को माध्यमबाट उचित सेयर शिक्षा लिइ बजारमा प्रवेश गर्न सकिन्छ ।

बजारमा इन्ट्री गर्दा सधै आफ्नो टार्गेट के हो भन्ने बारे पक्कै पनि आफू बिस्वस्त हुन जरुरी देखिन्छ। बजारमा छोटो समयमा कमाउछु भन्ने धारणा भने पक्कै हटाउनु पर्ने हुन्छ । सर्ट टर्म पिरियडले बजारमा रिक्स बढाउने सम्भावना हुन्छ भने दीर्घकालिन लगानीले तपाइको रिक्स क्षमतालाई पनि निक्कै कम गरेको हुन्छ । तसर्थ दीर्घकालीन लगानीलाई अहिले र पछि दुबैं समयको लागि उत्तम लगानी मानिन्छ ।

Sunday, 6 January 2019

किताब पढ्नुको फाइदा

प्रविधिको यो जमाना, ट्विटर, फेसबुक र इन्स्टाग्रामले भुसुक्कै समय खाइदिने यो बेलामा पूरै उपन्यास वा कुनै पुस्तक पढ्नु या पत्रिकाका छोटा लेख पढ्नु नै घनघस्याको उकालो भइरहेको छ । तर धेरैजसो शोधले पढ्नुले मनोवैज्ञानिक र संज्ञानात्मक हिसाबले निकै उपयोगी हुने देखाइसकेको छ ।
विद्वानहरूले पढ्नुका विविध फाइदा देखाएका छन् । तीमध्ये केही यस्ता छन्ः
१. तीक्ष्णता बढाउँछः बालकथाकार डा. सेउसले लेखेका छन्, ‘तपाईं जति पढ्नु हुन्छ, त्यति बढी कुरा थाहा पाउनुहुन्छ । जति बढी सिक्नुहुन्छ, त्यति ठाउँ घुम्नु हुन्छ ।’ एउटा असल पुस्तकले ज्ञानको खानी खोलिदिन्छ र त्यो खानी तपाईंले अन्त कतै पाउनु हुन्न । किताब पढेर बालबालिकाले जति शब्द सिक्छन्, टेलिभिजनबाट नसिक्ने केहीको दाबी छ । ५० प्रतिशत बढी शब्द किताबले नै दिन्छ । साना बेलामा जति बढी पढ्यो, त्यो पढाइ पछि निकै काम लाग्ने अध्ययनले देखाएको छ ।
२. मस्तिष्क शक्ति बढाउँछः नियमित पठनले व्यक्तिलाई तीक्ष्ण, सचेत बनाउँछ साथै मस्तिष्कको शक्तिसमेत बढाइरहेको हुन्छ । हिँड्दा जसरी तपाईंको कार्डियोभास्कुलर प्रणालीले नियमित काम पाई शरीर तन्दुरुस्त पार्छ, पढ्ने क्रममा आएका शब्द तपाईंको दिमागमा घुमिरहँदा मस्तिष्कले काम गर्ने अवसर पाउँछ । जति बढी काम पायो, मस्तिष्क उति सक्रिय हुन्छ र जुन अङ्ग सक्रिय भयो, त्यसले दिने परिणाम पनि उति नै राम्रो हुन्छ । एउटा अध्ययनअनुसार, साहित्य पठनले अन्य व्यक्तिबारेको बुझाइ बढाउँछ । त्यस्तै यसले अघिल्तिर व्यक्तिको अनुहारको हाउभाउ पढ्न सक्ने पनि बनाउँछ ।
३. ध्यान केन्द्रित गर्न सघाउ पुर्याउँछः छोटा ब्लग र समाचार पढ्ने धैर्य र पूरै किताब पढ्ने धैर्यबीच फरक छ । किताब पढ्नेहरुमा बढी धीरता हुन्छ । धीरता बढी हुने व्यक्तिको आफ्नो सोचलाई केन्द्रिकृत गर्न सक्छ । किताब पढ्न बाहिरी संसारबाट पूरै विच्छेद भई बस्नुपर्ने हुन्छ । यो विच्छेदले तपाईंभित्रको सचेतता बढाउँछ ।
४. सिर्जनशीलता बढाउँछः किताब पढ्दा तपाईंले त्यसका पात्र, हाउभाउ, पृष्ठभूमि, तिनका महत्वाकांक्षा, इतिहास र कैयौँ साना कुराहरु याद आउँछ । किताबमा गाँसिएका स–साना उपकथा पनि सम्झनु हुन्छ । मोटा किताब पढ्नुका फाइदा के हुन्छ भने आवश्यक परेका बेला ती उपकथा स्वाट्ट अन्य प्रसङ्गमा जोडिएर आउँछन् । ती प्रसङ्गले तपाईंको सिर्जनशीलता बढाउन सहयोग पुर्याउँछन् ।
५. तनाव घटाउँछः किताब पढ्नुको फाइदा यो पनि एउटा हो । युनिभर्सिटी अफ ससेक्सले गरेको एउटा अध्ययनअनुसार पढ्दै नपढ्ने व्यक्तिको तुलनामा दिनमा कम्तिमा पनि ६ मिनेट पढ्ने बानी भएका मानिसहरुको तनाव सहज बनाउने, मांशपेसीको दबाब खुकुलिने गर्छ । पढ्ने मानिसको तनावको तह स्वाट्टै तल झर्ने गर्छ । काम वा पारिवारिक झन्झटको जतिसुकै बढी तनाव होस्, पढ्न बसेपछि त्यो तनावको स्तर घट्छ ।
६. मज्जाको निद्रा लाग्छः अमेरिकाको माया क्लिनिकले गरेको एउटा अध्ययनअनुसार निद्रा कम लाग्ने वा नलाग्ने मानिसलाई किताब थमाइदियो भने स्वाभाविक निद्रा लगाउन सहयोग गर्छ । सुत्नुअघि टेलिभिजन हेर्नुभन्दा किताब पढ्नुले राम्रो निद्रा लगाउने पनि माया क्लिनिकले गरेको अध्ययनले देखाएको छ । अमेरिका र युरोपजस्ता विकसित मुलुकमा भने किताबको साटो इलेक्ट्रोनिक सामग्रीहरु इबुक वा ट्याब्लेटमा पढ्ने बानी विकसित हुन थालेकामा भने चिन्ता गर्न थालिएको छ । तिनले निद्रा चोर्न थालेको चिकित्सकहरुको निष्कर्ष छ ।
७. लेखन शक्ति बढाउँछः जसले बढी पढ्छ, उसको शब्दसामथ्र्य बढी हुन्छ । जसको शब्दसामथ्र्य राम्रो हुन्छ, उसले लेखेको बढी बुझिने हुन्छ । अर्कोतर्फ बढी पढ्ने व्यक्तिमा अन्य राम्रा लेखकको प्रभाव नजानिदो किसिमले घुसेको हुन्छ । त्यो राम्रो प्रभावका कारण त्यस्ता व्यक्तिका लेखनीमा स्पष्ट झल्किन्छ । समयक्रममा लेखनीमा परिष्कार हुँदै एउटा भिन्दै शैली बन्ने हुनाले बढी पढ्ने व्यक्तिका कुरा बढी पढिने पनि हुन्छ ।

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out