Friday, 17 July 2015

बहुमत


‘चित्तलाई एकाग्र गर्न एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति-पूजाको पक्षधर हुँ।’ एक धर्म ले अन्य दुई धर्मलाई आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो।

‘म मूर्तिपूजाका कडा विरोधी हुँ, तर म मुर्दाहरुको पूजाका पक्षधर हुँ, त्यसैले म श्रेष्ठ हुँ।’ अर्को धर्मले भन्यो।

‘म त मूर्तिपूजाका कट्टर विरोधी हुँ, तर म एक स्थान-विशेषमा बसेर एक चित्र विशेषको पूजा, त्यससँग प्रार्थना र आराधनाको पक्षधर हुँ, त्यसैले म तिमी दुवैभन्दा श्रेष्ठ हुँ।’ तेस्रो धर्मले भन्यो।

श्रेष्ठता सिद्ध गर्ने होड़मा तीनै जना एक धर्मनिरपेक्ष व्यक्ति कहाँ निर्णयका लागि पुगे। उसको अगाडि आ-आफ्ना तर्क राखे।

त्यो व्यक्ति यो सोचेर मुस्कुराए कि प्रतीकको पूजा तो तीनै जनामा प्रचलित रहेछ, तर उसले निकै समझदारीका साथ उत्तर दिए- जुन धर्मका पालन गर्नेहरु जहाँ बढी हुन्छन्, त्यहाँ त्यही धर्म श्रेष्ठ हो। अर्थात् तिमीहरुको श्रेष्ठता तिमीहरुको सिद्धान्तमा होइन, बरु बहुमतमा छ।

(आलोककुमार को हिन्दी कथा बाट अनुवाद गरेको)


 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out