Saturday, 10 November 2018

ब्रह्मचर्यको बात !

मानिस एक विचित्र जीव हो । आफूलाई सर्वश्रेष्ठ प्राणी भन्छ । तर, लज्जास्पद कर्म गरिरहेको हुन्छ । नीति र नैतिकताका ठेली रचना गर्छ । तर, नैतिक पतनका सीमा उल्लङ्घन गरिरहेको हुन्छ । पोर्नोग्राफी विशाल उद्योग बनिसक्यो, तर ब्रहृमचर्यको चर्चा पनि गरिरहन्छ मानिस ।

मानिसको मनमा राम बसेको हुन्छ या काम, यसै भन्न सकिन्न । यो आलेखको उद्देश्य एकसाथ ‘यौन सुख र ब्रहृमचर्यका पारखी’ हरुका सुखदुःख चर्चा गर्नु हो ।

जैमिनीको ब्रहृमचर्य

एकपटकको कुरा हो, महर्षि वेदव्यास शिष्यहरुलाई ब्रहृमचर्यको पालनाप्रति सजग गराउँदै थिए । उच्च आसनबाट शिष्यहरुलाई नियाल्दै उनले भने, ‘ब्रहृमचारीहरु स्त्रीदेखि सधैं सावधान र सतर्क रहनुपर्छ । किनभने, कामको आवेग शक्तिशाली हुन्छ । कोही पनि प्रभावित हुन सक्छ र वासनाको खाडलमा फस्न सक्छ ।

८ प्रकारका वासना विकार- ब्रहृमचारीले विपरीत लिङ्गीबारे सोच्नुहुँदैन । यौन सुख सम्बन्धमा चर्चा गर्नुहुँदैन । विपरीत लिङ्गीसँग घुलमिल गर्नुहुँदैन । कामुक नजरले हेर्नुहुँदैन । अन्तरंग कुराकानी गर्नुहुँदैन । यौन सम्बन्धबारे सोचविचार गर्नुहुँदैन । समागमको योजना बनाउनुहुँदैन । र, समागम गर्नुहुँदैन ।

गुरुका वचन सुनेर एक युवा ब्रहृमचारीले उठे र भने, ‘गुरुजी ! तपाईंको भनाइ उपयुक्त लागेन । किनभने, मलाई कुनै पनि स्त्रीले आफूतिर आकषिर्त गर्न सक्दिनँ । म पूर्ण ब्रहृमचारी हुँ ।’

वेदव्यासले सावधान गराउँदै भने, ‘जैमिनी ! तिमीलाई छिटै यसको अनुभव हुने छ । म तीर्थयात्रामा जाँदैछु । तीन महिनापछि फर्कन्छु । सावधान रहनू । अहंकारमा आएर आˆनो अति प्रशंसा गर्नु उचित होइन ।

सबैले देखे, व्यासजी झोलीतुम्बा बोकेर यात्रामा निस्किए । र, उनले नेटो कटेपछि आˆनो योगबलद्वारा सौन्दर्यले धपक्क बलेकी षोडषीको रुप धारण गरे ।

साँझ पर्न थालेपछि युवती जंगलको एक वृक्षमुनि पुगेर उभिई । त्यतिखेरै घनघोर पानी पर्न थाल्यो । युवती पानीले भिजी, उसका वस्त्रहरु शरीरमै टाँसिए । ऊ पहिलाभन्दा दोब्बर सुन्दर देखिन थाली ।
संयोगले जैमिनी त्यही बाटो कुटीतिर फर्कंदै थिए । जंगलमा ती युवतीलाई एक्लै देखेर उनको मनमा करुणा पलायो । युवतीलाई भने, ‘देवीजी, यदि तिमीलाई असहज लाग्दैन भने नजिकै मेरो कुटी छ, म तिमीलाई कुटीमा आश्रय दिन्छु ।’

युवतीले संकोच मान्दै भनी, ‘तपाईको कुटीमा अन्य स्त्री छन् ?’

जैमिनीले युवतीलाई विश्वस्त तुल्याउँदै भने, ‘म एक्लै बस्छु तर निश्चिन्त रहनू, म पूर्ण ब्रहृमचारी हुँ, मलाई स्त्री सौन्दर्य या संगतले प्रभावित गर्न सक्दैन ।

युवतीले भनी, ‘एक कुमारी कन्या ब्रहृमचारीको कुटीमा रात बिताउनु उचित होइन ।’

जैमिनीले युवतीलाई निश्चिन्त बनाउँदै भने, ‘तिमी भयभीत नहोऊ । म शपथ लिन्छु, तिमीलाई कुनै समस्या पर्ने छैन ।’

यति कुरा भएपछि युवती ब्रहृमचारीको कुटीमा जान राजी भइ ।

कुटीमा पुगेर जैमिनी बाहिर पिंढीमा सुते, युवती कुटीभित्र सुती । मध्यरात भएको हुँदो हो, जैमिनीको मनमा कुरा खेल्न थाल्यो । भित्र सुतेकी युवतीको रुप, उसको वदनको कञ्चनता जैमिनीको मनमा खेलिरहेको थियो । कसै गरे पनि उनले मनबाट युवतीलाई हटाउन सकेका थिएनन् । मनमा वासना जाग्यो । तर, ब्रहृमचारी जैमिनीले आˆनो ध्यान मोडे र पञ्चाक्षरी मन्त्र जप गर्न थाले ।

समय अनुकूल थिएन सायद । एकैछिनमा हावा हुरी चल्न थाल्यो । पानी परेका बेला हावा हुरी आएपछि ठण्डी बढ्यो । उनले कुटीको द्वारमा टक्टक आवाज दिए र भने, ‘देवी, बाहिर ठण्डी हावा चलिरहेको छ । बसिसक्नु भएन । कृपया मलाई भित्र आउने अनुमति देऊ ।’

युवतीले द्वार खोलिदिई । जैमिनी कुटीभित्र पसे । दीयोको मधुरो उज्यालोमा युवती औधी सुन्दर देखिएकी थिई । यतिखेर फेरि जैमिनीको मनमा वासना जाग्यो । फेरि उनले ध्यान अन्यत्र मोडे ।
युवती र जैमिनी दुवै आ-आफ्नो बिछ्यौनामा सुते । तर, जैमिनीलाई निद्रा परेन । अब त उनी युवतीले स्वास फेरेको सुन्न सक्थे । उसको शरीरको सुगन्ध महसुस गर्न सक्थे । उनको मनमा फेरि वासनाले शीर उठायो । युवा ब्रहृमचारीका लागि रात र युवतीको साथ थाम्नै नसकिने भइरहेको थियो ।

यसपटक भने उनले ध्यान अन्यत्र मोड्न सकेनन् । उनले विवेक गुमाए र जुरुक्क उठेर युवतीलाई आलिंगन गर्न पुगे । ठीक त्यहीबेला वेदव्यासले आˆनो वास्तविक रुप धारण गरे र भने, ‘पि्रय जैमिनी, कहाँ गयो तिम्रो पूर्ण ब्रहृमचर्य ? मैले सावधान रहनू भनेर प्रवचन दिइरहेका बेला तिमीले के भनेका थियौ ? सम्झ त ।’

जैमिनी लाजले भुतुक्क भए । उनले गुरुका सामु शीर ठाडो गर्न सकेनन् । धेरैबेरपछि उनले भने, ‘गुरुजी, मलाई क्षमा दिनुहोस् ।’

यसप्रकार विख्यात मर्हषि व्यासका ब्रहृमचारी शिष्यहरुका लागि पनि काम वासना थाम्नै नसकिने विषय थियो । ठूला तपस्वी ऋषिहरुले स्त्री सौन्दर्यको प्रभावले ब्रहृमचर्य भङ्ग गरेका उदाहरण छन् ।

परम्परा परापूर्वदेखि

पूर्वीय दर्शन परम्परा ब्रहृमचर्य अभ्याससम्बन्धी सुन्दर प्रशङ्गहरुले भरिएको छ । कुनै समय विश्वामित्र ब्रहृमचर्य अभ्यास गर्दै स्वर्गका राजा इन्ऽको आसन हल्लाउँथे । ऋषि परम्परामा ब्रहृमचार्य अभ्यास व्यापक थियो । कतिपय ऋषि यसैको बलमा त्रिकालदर्शी मानिन्थे । सबैभन्दा ठूलो तपस्या नै ब्रहृमचर्य अभ्यास मानिन्थ्यो । पूर्ण ब्रहृमचर्य अभ्यासले सिद्ध गर्न नसकिने केही हुँदैनथ्यो ।

कुनै समय सोमदत्त ब्रहृमचर्यको अभ्यास खण्डित नहोस् भनेर सुम्निमालाई नजिक नआउन भन्थ्यो । समस्या सुम्निमाको यौवन र सौन्दर्यमा थियो या सोमदत्तको वासना विकारयुक्त मनमा थियो ? मन स्वभावैले विपरीतलिङ्गीप्रति आकषिर्त हुन्छ भने स्वभाव विरुद्ध जानु कहाँको धर्म हो ?

महात्मा गान्धीले ब्रहृमचर्य अभ्यासको कठिन प्रयोग गरेका थिए । भलै ३७ वर्षको हुँदा यो अभ्यास आरम्भ गरेका गान्धी ७९ वर्ष हुँदासम्म सफल भएनन् । ८० पुग्नै लाग्दा उनी आˆनो ब्रहृमचर्य सफल भयो कि भएन जाँच्न नग्न युवतीसँग सुत्ने गरेका थिए ।

गान्धी के मान्थे भने यौन सम्पर्क केवल सन्तान उत्पादनका लागि हुनुपर्छ, वासना पूर्तिका लागि होइन । जब सन्तानोत्पत्ति इच्छा छैन भने सम्भोग गर्नु अपराध हो । गान्धीका विचारको निकै आलोचना भयो । पाठकले उनलाई भने, ‘तपाई भन्नुहुन्छ समागमको उद्देश्य सुख प्राप्ति होइन, सन्तानोत्पादन हो । यो उद्देश्य कसको हो ? ईश्वरको ? यदि यस्तो हो भने उसले कामवासनाको सृष्टि किन गर्‍यो ?’

सन्तानोत्पादनका लागि मात्र यौन समागम गर्ने हो भने हरेक पतिपत्नीले जीवनमा दुई या तीन सन्तान पैदा गर्ने हुँदा त्यति नै पटक सम्भोग गरे भयो । के यस्तो संयम सम्भव कुरा हो ?

जे भए पनि, कुनै समय थियो पूर्वीय जगतमा ब्रहृमचर्य अभ्यासको महिमा अपार थियो । ब्रहृमचर्यका कठोरतम परिभाषा तय गरिएका थिए । कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुनत्यागो ब्रहृमचर्यं प्रचक्षते । अर्थात् मन, वचन र कर्मले सबै अवस्थामा सधैं वासना विकाररहित हुनु ब्रहृमचर्य हो ।

आठ प्रकारका वासना विकार मानिए-

ब्रहृमचारीले विपरीत लिङ्गीबारे सोच्नुहुँदैन । यौन सुख सम्बन्धमा चर्चा गर्नुहुँदैन । विपरीत लिङ्गीसँग घुलमिल गर्नुहुँदैन । कामुक नजरले हेर्नुहुँदैन । अन्तरंग कुराकानी गर्नुहुँदैन । यौन सम्बन्धबारे सोचविचार गर्नुहुँदैन । समागमको योजना बनाउनुहुँदैन । र, समागम गर्नुहुँदैन ।

कालक्रममा यो सारा परम्परा खण्डित भयो । सिद्धान्त किताबमा रहृयो, लोक व्यवहार त्यसलाई कुल्चेर कोशौं टाढा पुगिसक्यो । यद्यपि ब्रहृमचर्यको आकर्षण कायमै छ ।

बुढी र ब्रहृमचर्य

म एक साधक मित्रको घरमा थिएँ, बिहानी भोजनको निम्तो मान्न । मेरा मित्र ६० नाघेका योग साधक हुन् । जो ठमेलमा सेन्टर चलाउँछन् । र, युरोपका विभिन्न देशमा योग सिविर सञ्चालन गर्न गइरहन्छन् । उनीसँग भौतिक जीवन र साधनासम्बन्धी अनुभवको ठेला छ । हरेक विषयमा उनीसँग संवाद गर्न मज्जा आउँछ । उनी कोरा शास्त्र ज्ञान उद्धरण गरेर बोल्दैन्ान् । वास्तविक भोगाइको स्तरमा त्यो के हो बताउँछन् ।

भलाकुसारी हुँदै थियो, उनकी पत्नीले खाना तयार भएको जनाउ दिइन् ।

बरण्डामा आएर एक युवतीले हामीलाई खाना पस्किइन् । यी शालीन युवतीको मुहारमा प्रसन्नता र मनमा प्रेम भरिएको थियो । शरदयाममा बिहानी घाम ताप्दै यसरी खानपीन गर्नुको मज्जै बेग्लै ! यी हँसिली, रसिली र गुनिली युवती अरु कोही नभएर मेरा साधक मित्रकी पत्नी हुन् । मित्र ४५ हुँदा आधा उमेरकी युवतीसँग दोस्रो बिहे गरेका ।

कुनै प्रसङ्गमा हामी मित्रको बेडरुममा छिर्‍यौं । सिरानीमा एउटा पुस्तक रहेछ । शीर्षक थियो- ‘ब्रहृमचर्य विज्ञान ।’ वृद्धावस्था भइसक्यो, तर काखमा तरुनी पत्नी, सिरानमा ब्रहृमचर्य विज्ञान । उनका दुःख सायद अपार छन् – एकसाथ उनलाई पत्नी पनि चाहिएको छ र ब्रहृमचर्य पनि ।

सम्भवतः यो स्वाभाविक पनि हो । मानिसको शरीर भौतिक तत्त्वले बनेको छ, अतः यसले भोग खोज्छ । तर, चेतना जागरुकताले बनेको छ, यसले योग खोज्छ ।

दमित ईच्छालाई ब्रहृमचर्य भन्नेले पाखण्डको खास्टो ओढेका हुन्छन् । विपरीत लिङ्गीसँग आपसी प्रेम र न्यानोपन स्वाभाविक हो, त्योप्रति रुष्ट हुनुमा बुद्धिमत्ता देखिँदैन । सामाजिक या अन्य कारणले प्राकृतिक न्यायको बलिदान गर्नु कसरी अध्यात्म हुन सक्छ ?

बुढी र ब्रहृमचर्य विपरीत धारणाजस्तै देखिन्छन् । हाम्रो चुनौती यी विपरीतसदृश धारणाबीच ‘ग्रे स्पेस’ खोज्नु हो । कुनै पनि कुरा पूर्णतः खराब पनि हुँदैन, पूर्णतः असल पनि हुँदैन । व्यक्ति, वस्तु या घटनालाई कालो या सेतो मात्र देख्नु अल्पदृष्टि हो । समग्रतामा हेर्दा प्रचूर मात्रामा ‘ग्रे स्पेस’ फेला पर्छ ।

कृष्णको निष्काम प्रेम

गोपिनीहरु श्रीकृष्णसँग रासलीला सकेर मग्न हुँदै घर र्फकँदै थिए । वृन्दावनमा घनघोर पानी र्पयो र यमुना नदीमा बाढी आयो । गोपिनीहरु नदी तर्न सकेनन्, कृष्ण भए ठाउँ फर्के । रातमै घर नपुगे उनीहरुका पतिदेवले शंका गर्न सक्थे । अतः गोपिनीहरुले कुनै उपाय गरेर नदी तारिदिन कृष्णलाई आग्रह गरे । कृष्णले सुझाएः ‘किनारमा पुगेर यमुनालाई वन्दना गर र श्रीकृष्णको आजको ब्रहृमचर्यको फल स्वरुप नदी तारिदेऊ भन ।’

गोपिनीहरु अकमक्क परे । अघिसम्म आफूहरुसँग रासलीला गरेका प्रेमी कृष्णको कहाँ ब्रहृमचर्य, कहाँ त्यसको फल । उनीहरु मुखामुख गरिरहेको देखेर कृष्णले तिनीहरुको मनको कुरा बुझे । उनले भने, ‘दुविधा नहोऊ, मैले जे सुझाएँ त्यही गर, यमुनाले तिमीहरुलाई बाटो दिनेछिन् ।’

नदीछेउ पुगेर गोपिनीहरुले त्यसै भने, ‘यमुना माता, श्रीकृष्णको आजको ब्रहृमचर्यको फल स्वरुप हामीलाई बाटो देऊ ।’

यमुना नदीले बाटो दिइन्, गोपिनीहरु सहजै पार भए ।

कृष्णले रासलीला गरे । तर, निष्काम भावले । उनले ब्रहृमचर्यको फल पाए, कर्मको बन्धनमा परेनन् ।

निष्काम भावले कर्म गर्नु समस्त साधनाको सार हो । कर्मको फलमा आशक्त नभई कर्म गर्दा त्यसले बन्धन सृजना गर्दैन । बरु, त्यही मुक्तिको साधन भइदिन्छ । तन्त्र साधनाले निष्काम भावले कर्म गर्न सिकाउँछ ।

यी सबै कथाको सार एउटै हो, ब्रह्मचर्यको चर्चा हुनुको खास अर्थ हो, यो गाह्रो विषय हो । खासमा मानिस आत्माले चाहन्छ, ब्रम्हचर्य साँधौं, शरीरले चाहन्छ सबै किसिमका सुख भोगौं । यही दोधारमा मानिसको जीवन बितिरहेको छ ।

Tuesday, 6 November 2018

पौराणीक तिहार बैज्ञानिक तिहार

सूर्यका छोरा र मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गर्दै यमलोकबाट पृथ्वीमा आए । बहिनीको घरमा उनले खुसीसाथ पाँच दिन बिताए । यमुनाले दाइको निकै आदर सत्कार गरिन् । यसबाट यमराज खुसी भए । उनले यमुनासँग आफूले चाहेको कुरा माग्न भने । यमुनाले हरेक वर्ष दाइले यही समयमा आफूलाई भेट्न आऊन् भनेर मागिन् ।
दाइ आफूकहाँ आइरहेमा दाजु–बहिनीको प्रेम सधैँ अटल रहनेछ भन्ने यमुनाको विश्वास थियो ।
यमराजले उनको माग स्वीकार गरे । मन, वचन, कर्म र शुद्धचित्तले यसरी दाजुभाइको सम्मान गर्नेहरुको सधैँ उन्नति हुने भन्दै उनी फर्किए । त्यही घटनालाई आधार बनाएर पाँच दिनसम्म तिहारका रुपमा यो पर्व मनाइँदै आइएको छ ।
तिहार हिन्दु धर्मावलम्बीहरुको ठूला पर्वहरुमभ्ये एक हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु हुन्छ । पाँच दिनसम्म यो पर्व मनाइन्छ ।
काग तिहार :
तिहारको पहिलो दिन कागपूजा गरिन्छ । शास्त्रहरुमा कागलाई यमराजको दूत मानिएको छ । भनिन्छ, काग यमराजको प्रिय भक्त हो । कागले यमलोकमा गएर पृथ्वीबासीका विषयमा चित्रगुप्तलाई सूचित गर्छ । यमराज रहँदासम्म कागको विनाश सम्भव छैन भन्ने मान्यता छ ।
कागसँग सम्बन्धित पौराणिक प्रसङ्गहरु :
कागको रङका बारेमा एउटा किम्बदन्ती छ । जसअनुसार पहिला–पहिला काग सेतो हुने गथ्र्यो । एक ऋषिले एउटा सेतो कागलाई अमृत खोज्न पठाए । अमृतको जानकारी मात्रै लिनू तर त्यसलाई नपिउनू भनेर अह्राए ।
एक वर्षको परिश्रमपछि उक्त सेतो कागले अमृतको जानकारी पायो । उसले अमृत पिउने लोभ रोक्न सकेन र पियो । आफूले गरेका क्रियाकापका बारेमा उसले ऋषिलाई आएर जानकारी दियो ।
ऋषि आवेशमा आए र श्राप दिए, “तैँले मेरो वचन भङ्ग गर्दै यस अपवित्र चुच्चोबाट पवित्र अमृत भ्रष्ट गरिस् । त्यसैले प्राणीमात्रमा अबदेखि तँलाई घृणास्पद पक्षी मानिनेछ । अशुभ पक्षी मानेर मानवजातिले सधैँ तेरो निन्दा गर्नेछ । तर तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृश्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिने छ ।”
यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।
हिन्दुधर्ममा श्राद्धपक्षको समयमा कागहरुको विशेष महङ्खव हुन्छ । पितृलाई खुवाउनुभन्दा पहिला कागलाई खुवाउने गरिन्छ । व्यक्ति मरेपछि सबैभन्दा पहिला कागको रुपमा जन्म लिन्छ भन्ने मान्यता छ । कागलाई खुवाउँदा पितृले पाउँछन् भनिन्छ ।
ज्योतिषशास्त्रअनुसार कसैको कुण्डलीमा पितृदोष छ भने बिहानबिहान पानीमा रोटी भिजाएर कागलाई दियो भने सन्तान सुखमा आइपर्ने बाधा हटेर जान्छ ।
रामायणमा एउटा घटना उल्लेख छ । जसअनुसार श्रीराम सीताको कपालमा फूल सिउरिँदै थिए । यो दृश्यले इन्द्रपुत्र जयन्तलाई ईष्र्या लाग्यो । ईष्र्यावश उनले कागको रुप धारण गरे र सीताको खुट्टामा ठुँगे । रामले सजाय दिनका लागि उनीमाथि बाण चलाए । इन्द्रले माफी मागेपछि बाणले जयन्तको एउटा आँखामात्रै फुट्यो । त्यसै बेलादेखि कागलाई एकाक्षी मानिन्छ ।
ज्योतिषशास्त्रअनुसार हाम्रो वरिपरि रहने हरेक पशुपक्षीले हामीलाई शुभ र अशुभ सङ्केत दिइरहेका हुन्छन् । कागसँग जोडिएका कैयौँ मान्यता हाम्रो समाजमा व्याप्त छन् । कागले कहिले शुभ र कहिले अशुभ सन्देश दिइरहेका हुन्छन् भनिन्छ ।
जस्तैः
क. कागले आफ्नो खुट्टा कन्याइरहेको देखियो भने कार्य सिद्ध हुन्छ ।
ख. काग मध्यान्हको समयमा कुनै व्यक्तिमाथि घुम्न थाल्यो भने त्यस व्यक्तिलाई मान–सम्मान प्राप्त हुन्छ ।
ग. कागले उडिरहेको समयमा खुट्टाले टाउकोमा स्पर्श ग¥यो भने व्यक्तिलाई मृत्युतुल्य कष्ट हुन्छ ।
घ. काग कसैको शिरमा आएर बस्यो भने त्यो व्यक्तिको सुख र सौभाग्य नाश हुन्छ ।
ङ. कसैले खाना खाँदै गर्दा कागले झम्टेर लिएर गयो भने त्यो व्यक्तिले शत्रुबाट हारको सामना गर्नुपर्ने हुन्छ ।
च. बिहान कतै जाँदै गर्दा कागले आएर खुट्टामा स्पर्श ग¥यो भने उन्नति, धनलाभ र शत्रुमाथि विजय प्राप्त हुन्छ ।
छ. कागलाई गाईको ढाडमाथि देखियो भने सबैतिरबाट भय उत्पन्न हुन्छ ।
ज. कागलाई सुकेको रुखमा बसेको देखियो भने रोग लाग्ने सम्भावना हुन्छ ।
झ. काग भाँच्चिएको हाँगामा बसेको देखियो भने जेलयात्राको सङ्केत हो ।
ञ. कागले कसैको टाउकोमा हड्डीको टुक्रा खसाइदियो भने त्यस व्यक्तिको मृत्युको सङ्केत बुझिन्छ ।
ट. धेरै काग जम्मा भएर कराउन थाले भने त्यस नगर या गाउँमा भारी विपत्तिको सङ्केत मानिन्छ ।
ठ. काग पीठपछाडिबाट काँधमा आएर बस्यो भने विदेश यात्रामा लाभको सङ्केत दिएको हुन्छ ।
ड. यदि कुनै घरमा कागको झुण्ड आएर कराउन थाले भने घर मालिकमाथि कुनै सङ्कट आउने सङ्केत हो ।
कागलाई निकै उदण्ड, धूर्त र चलाख पक्षी पनि मानिन्छ । कागमा धेरै विविधता पाइन्छ । यसमाथि आधारित कागशास्त्रको रचनासमेत गरिएको छ ।
कागमाथि अनुसन्धान :
वैज्ञानिकहरु कागलाई उम्दा चतुर पक्षीमा गन्छन् । अमेरिकी युनिभर्सिटी अफ वासिङ्गटनका शोधकर्ताहरुको भनाइमा कागले आफूलाई भय उत्पन्न गर्ने अनुहारलाई पाँच वर्षसम्म याद राख्न सक्छ । कागले आफूले सुरक्षित राखेको भोजनका बारेमा पनि याद राख्छ ।
अक्सफोर्ड विश्वविद्यालयमा एउटा अध्ययन गरिएको थियो । जसमा केही कागलाई एउटा सानो कोठामा जन्माइएको थियो । ती कागले आफ्नो आवश्यकताअनुसार खन्न, नरम बनाउन या मोड्न थुप्रै नयाँ खालका सामान तयार पारेका थिए ।
विशेषज्ञहरुका अनुसार कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । मानिसहरुको नजरमा भने काग अछूत प्राणी हो । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ भनिन्छ ।
अस्टे«लियाको क्विसल्यान्डमा कागको एउटा प्रजाति भेटिएको थियो । जसले बट्टालाई खोलेर पानी पिउन सक्छन् ।
काग आफ्ना बच्चा र आफ्नो समूहका लागि ज्यानै दिन तयार हुन्छ ।

कुकुर तिहार :
यमपञ्चकको दोस्रो दिन दिन कुकुरतिहार मनाइन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराधीहरु पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मनपर्ने खाना खुवाई पूजा गरी माला लगाइदिन्छौँ ।
कुकुरलाई भैरवको सेवक पनि मानिन्छ । कुकुरलाई भोजन दिनाले भैरव खुसी हुन्छन् । भैरव खुसी भएमा आकस्मिक सङ्कट आइपर्दा भक्तको रक्षा गर्छन् । मान्यता छ, कुकुरलाई देखेर हरेक खालका आत्मा भाग्छन् ।
कुकुरको योग्यता :
कुकुरले भविष्यमा हुने घटना र सूक्ष्म जगतका आत्मालाई देख्ने क्षमता राख्छ । कैयौँ किलोमिटरसम्मको गन्ध सुँघ्न सक्छ । कुकुरलाई हिन्दु धर्ममा एक रहस्यमय प्राणी मानिएको छ ।
कुकुर एक इमान्दार प्राणी हो । प्राचीन र मध्यकालमा मानिसहरु कुकुरलाई आफ्नो साथमा राख्थे । यसबाट उनीहरुलाई जङ्गली जनावर, चोर, भूतादिबाट रक्षा हुन्थ्यो । जङ्गलमा रहने साधुसन्तले पनि कुकुर पाल्थे ।  
समाजमा चलेका कुकुरसँग जोडिएका शुभ र अशुभ फल :
१. कुकुर रुनुलाई अशुभ मानिन्छ । यदि कुकुर घरको चारैतिर घुम्दै करायो भने कुनै अद्भुत घटना घट्न सक्छ ।
२. सूत्रग्रन्थमा कुकुरलाई अपवित्र मानिएको छ । यसको स्पर्शले भोजन अपवित्र हुन्छ । कुकुर यमसँग सम्बन्धित भएकाले यस्तो मानिएको हो ।
३. शुभ कार्यको समयमा कुकुरले बाटो छेक्यो भने कुनै विषमता आउन सक्छ ।
४. ज्योतिषशास्त्रका अनुसार कुकुर केतुको प्रतीक हो । कुकुर पाल्नाले या कुकुरको सेवा गर्नाले केतुको अशुभ प्रभाव समाप्त हुन्छ ।
हिन्दुशास्त्रमा कुकुर :
रामायणका अनुसार एकपटक राम बेलुकाको समयमा सधैंझैँ मानिसहरुको समस्या सुन्न बसेका थिए । सबैको प्रश्न सुनेपछि उनले बाहिर अझै कसैले आफूलाई भेट्न खोजिरहेको छ कि भनेर हेर्न लक्ष्मणलाई पठाए । लक्ष्मणले बाहिर गएर हेरे तर कसैलाई देखेनन् । रामलाई बाहिर कसैले आफ्नो प्रतीक्षा गरिरहेको भान भयो । उनले लक्ष्मणलाई फेरि पठाए । लक्ष्मणले फेरि पनि केही देखेनन् ।
भित्र छिर्नै लाग्दा उनको दृष्टि उदास भएर बसिरहेको एउटा कुकुरमाथि प¥यो ।
कुकुरले रामबाट न्याय चाहेको बतायो । लक्ष्मणले उनलाई रामको सामुन्ने उपस्थित गराए ।
कुकुरले सर्वथासिद्ध नाम गरेको व्यक्तिले आफूलाई बिनाकारण लौरोले टाउकोमा हानेकाले आफूले न्याय पाउनुपर्ने र सर्वथासिद्धले सजाय पाउनुपर्ने बिन्ती ग¥यो ।
सर्वथासिद्ध एक भिखारी थियो । उसलाई तत्कालै दरबार झिकाइयो । सबैको सल्लाहमा सर्वथासिद्धलाई के सजाय दिने भन्ने कुरा कुकुरमाथि नै छाडियो । कुकुरले भन्यो, “यो व्यक्तिलाई कालिञ्जर मठको महन्त बनाइयोस् ।”
कालिञ्जर राम जन्मनुभन्दा पहिल्यैदेखिको एउटा प्रसिद्ध मठ थियो ।
रामले कुकुरको इच्छाअनुसार नै सर्वथासिद्धलाई सजाय दिए । यस्तो अचम्मको सजाय दिएको बारेमा सर्वथासिद्ध गइसकेपछि कुकुरसँग दरबारीहरुले सोधे ।
कुकुरले भन्यो, “म पूर्वजन्ममा कालिञ्जर मठको महन्त थिएँ । पहिला त म मठप्रति समर्पित थिएँ । मेरो बढ्दो ख्यातिले मलाई अहंकारी बनाइदियो । मैले आफू धर्मगुरु नभए पनि बाहिर त्यस्तै नाटक गरेँ । कैयौँपटक म त्यसबाट उम्कन खोजेँ तर सकिनँ । मेरो कुण्ठा मैले कहिल्यै त्याग्न सकिनँ । ठ्याक्कै मेरैजस्तो व्यवहार छ सर्वथासिद्धको पनि । ऊ त्यहाँको मठाधीश भइसकेपछि पक्कै अहंकारी बन्नेछ र मैलेजस्तै सजाय पाउनेछ । त्यसैले उसलाई महन्त बनाइदिन भनेको हुँ ।”
महाभारतकालको एउटा रोचक घटना कुकुरसँग जोडिएको छ । जसअनुसार युधिष्ठिर आदि पाण्डव र द्रौपदी हिमालको यात्रामा रहँदा एउटा कुकुर पनि सँगै जान्छ । बाटोमा सबैले शरीर छाड्दै जान्छन् । कुकुर युधिष्ठिरसँग अन्तिम समयसम्मै रहन्छ ।
युधिष्ठिरलाई स्वर्गका राजा इन्द्रले आफ्नो रथमा राखेर स्वर्ग जाऔँ भन्दा युधिष्ठिरले लामो समयदेखि आफूलाई पिछा गरिरहेको कुकुरलाई लाने भएमात्रै जान्छु भन्छन् । इन्द्रले मान्दैनन् । युधिष्ठिरले पनि कुकुरबिना एक्लै स्वर्ग नजाने भन्छन् । केही समयपछि कुकुरको ठाउँमा यमराज प्रकट हुन्छन् । यमराजले कुकुरको रुप लिएर युधिष्ठिरको परीक्षा लिइरहेको थाहा हुन्छ ।
गाई तिहार र लक्ष्मी पूजा :
यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यी दिनमा मृत्यु हुने कुनै पनि मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो ।
अर्को एउटा प्रसङ्गअनुसार रामले लोककल्याणको भावनाले रावणादि विविध असुरहरुको नाश गरेपछि कार्तिक कृष्ण औँसीका दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेका थिए । यस खुसियालीमा अयोध्यावासीले दीपावली गरेर रमाइलो गरेका थिए । यसै समयदेखि हरेक वर्ष दिवापली गर्ने चलन चल्दै आएको मान्यता छ ।
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने हिन्दुहरुको संस्कार छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।
हिन्दु शास्त्रमा गाई :
रामको वनवासको समयमा भरतले १४ वर्षसम्म स्वस्थ रहेर आध्यात्मिक उन्नति गर्दै रहे । हिन्दु शास्त्रहरुमा गाईसम्बन्धी विभिन्न प्रसङ्गहरु उल्लेख छन्–
१. गणेशको जन्म भएपछि महादेवले भूलवश उनको टाउको काटिदिए । यो देखेर पार्वती निराश भइन् । गणेशलाई ठीक गर्नका लागि देवताहरुले देवताहरुका वैद्य अश्विनीकुमारलाई बोलाए । उनलाई उनले मागेको वर दिने भनियो । अश्विनीकुमारले कुनै हात्तीको मस्तक जोडेर गणेशलाई जीवित गरिदिए र वरदानमा महादेवलाई नै मागे । ठूलो समस्या उत्पन्न भयो । यो समस्या समाधान गर्नका लागि देवताहरुको बीचमा छलफल भयो । पछि उनीहरुले महादेवको मूल्यका लागि एउटा गाई राखे र अश्विनीकुमारलाई दिएर सन्तुष्ट गरे ।
२. च्यवन ऋषि एकपटक गङ्गाको गर्भमा तपस्या गरिरहेका थिए । त्यहीँ केही माझी माछा मार्न आए । जालमा मछाको सट्टा ऋषि फँसे । माझीहरुले उनलाई बेच्नका लागि दरबार लगे । राजाले ऋषिको बदलामा एउटा थैलीभरि सुनका सिक्का दिन चाहे । ऋषिले आफ्नो मोल यति कम हुन सक्दैन भनेर त्यो प्रस्ताव मानेनन् । राजाले अझै धेरै सुन दिए । अन्त्यमा मुनिको बदलामा सबै राज्य दिन चाहे । ऋषिले त्यसलाई पनि कम माने । राजाले विनयपूर्वक भने, “महाराज, तपाइँ आफ्नो मूल्य आफैँ बताउनुहोस् ।” च्यवन ऋषिले आफ्नो मूल्य एउटा गाई हो भने र गाई मागे । माझीहरुलाई गाई दिइयो । यसबाट त्यस युगमा गाईको मूल्य राज्यको भन्दा पनि धेरै थियो भनेर थाहा हुन्छ ।
३. पद्यपुराणमा ब्रह्मा र नारदबीचको संवादअनुसार जसलाई गाईको दूध, दही र घिउ खाने सौभाग्य मिल्दैन उसको शरीर मल समान हो । अन्न आदिले पाँच रात्रिसम्म, दूधले सात रात्रिसम्म, दहीले बीस रात्रिसम्म र घिउले एक महिनासम्म शरीरमा आफ्नो प्रभाव राख्छन् ।
४. अथर्ववेदअनुसार गाई समृद्धिको मूल स्रोत हो ।
गाईको वैज्ञानिक पक्ष :
१. वैज्ञानिकहरुका अनुसार गाई एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छोड्छ । जबकि मनुष्यसहित अन्य सबै प्राणीले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड छोड्छन् ।
२. गाईको गोबरले घर लिप्दा घर शुद्ध हुन्छ र नराम्रा कीटाणुहरु नजिक आउन सक्दैनन् । यसको मूत्रलाई शुद्ध मानेर सेवन गर्ने चलन छ ।
३. दूध, दही, घिउ, मूत्र र गोबरबाट पञ्चगव्य बनाइन्छ । पञ्चगव्य कैयौँ रोगमा लाभदायक मानिन्छ ।  रोगनिरोधक क्षमता बढ्छ ।
४. गाईको गहुँतमा पोटासियम, सोडियम, नाइट्रोजन, फस्फेट, युरिया, युरिक एसिड र दूध दिइरहेको समयको गहुँतमा लेक्टोज आदिको मात्रा प्रशस्त हुन्छ ।
गाईको शुभ फल :
१. गाईमा सकारात्मक ऊर्जाको भण्डार हुन्छ ।
२. गाईले मार्ग रोक्नु शुभ मानिन्छ ।
३. बाछाको साथमा एकैपटक गाईको दर्शन गर्नु शुभ मानिन्छ ।
४. घरको वरिपरि गाई हुनुको मतलब सबै खालका सङ्कटबाट टाढै रहेर सुख र समृद्धिपूर्वक जीवन बाँच्नु हो ।
५. गाई नजिकै जानाले मात्रै पनि सङ्क्रामक रोग कफ, रुघा आदिको नाश हुन्छ ।
यस दिनसित जोडिएका रोचक तथ्यहरु ः
यसै दिन विष्णु भगवान्ले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।
लक्ष्मी र धन्वन्तरि प्रकट यसै दिन प्रकट भएका हुन् । समुद्रमन्थनपछि लक्ष्मी र धन्वन्तरि प्रकट भएका थिए ।
जैन धर्मावलम्वीका अनुसार चौबीसौँ तीर्थङ्कर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीकै दिनमा पर्छ ।
नेपाल सम्बत्को नयाँ वर्ष यसै दिन सुरू हुन्छ ।
भैली अनि देउसी
अयोध्यावासीहरुले आफ्ना परमप्रिय राजाको आगमनमा खुसियाली मनाउने क्रममा घिउका दियाहरु बालेका थिए । मानिसहरुले घर–घर र गल्ली–गल्लीमा श्रीरामको नारा लाउँदै घुमेका थिए । देव श्रीरामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ । सोही परम्परालाई मान्दै आज पनि नेपालीहरु देउसी खेल्दै हिँड्ने चलन छ ।
देउसीसँगै जोडिएको अर्को एउटा कथा पनि छ ः
बलि नाम गरेका राजाले पृथ्वीमा राज्य गर्थे । उनी प्रत्येक दिन दान नगरी केही खाँदैनथे । उनको दानको प्रभावले गर्दा स्वर्गादि लोकहरु हल्लिन थाले । यसबाट डराएका देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे । विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए ।
विष्णु वामनको रुप धारण गरेर बलिकहाँ पुगे । त्यहाँ उनले दानी स्वभावका बलिसँग तीन पाउ जमिन मागे । बलिलाई वामनले मागेको जमिन अति थोरै भएजस्तो लाग्यो । उनले यसलाई अस्वीकार गर्ने कुरै थिएन । बलिबाट वचन लिएपछि वामनले आफ्नो रुपलाई विराट बनाए । उनको एउटै पाउले पूरै पृथ्वी ढाकियो । अर्को पाउले आकाश ढाक्यो । तेस्रो पाइलाभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे ।
उनले विष्णुसँग आफूलाई वर्षमा एकपटक तिहारको बेलामा पृथ्वी घुम्न दिइयोस् भनेर प्रार्थना गरे । विष्णुले स्वीकार गरे । भनिन्छ, बलि यस बेला घुम्न आउँछन् ।
देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भन्ने गर्छन् ।

गोरु तिहार
श्रीकृष्ण गोकुलमा गोपालहरुसँग बस्थे । गोपालहरुले वर्षेनी इन्द्रको पूजा गर्थे । तर इन्द्रबाट केही पनि पाउँदैन थिए । एक वर्ष श्रीकृष्णले गोकुलवासीहरुलाई इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवद्र्धन पर्वतको पूजा गर्नु राम्रो हो भने । सबै जना श्रीकृष्णको भनाइमा राजी भए ।
हर्षोल्लाषका साथ गोवद्र्धन पूजा गरियो । आफ्नो सट्टा गोवद्र्धन पर्वतलाई पूजा गरेको भन्दै इन्द्र रिसाए । उनले गोकुलमा लगातार असिना पानीको वृष्टि गराए । गोकुल डुब्न थालेपछि श्रीकृष्णले गोवद्र्धन पर्वतलाई हातले उचाले र सबै गोकुलवासीलाई आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्वीकार गर्दै कृष्णसमक्ष क्षमा मागे । भनिन्छ, त्यसै समयदेखि गोवद्र्धन पूजाको आरम्भ भएको हो ।

भाइ तिहार
यस दिनमा दिदी–बहिनीले दाजुभाइलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दाजुभाइले पनि दिदीबहिनीलाई दान–दक्षिणा एवम् वस्त्र आदि दिने परम्परा छ ।
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ ।


Saturday, 3 November 2018

जान्नुहोस् १० महत्वपूर्ण अक्युप्रेसर पोइन्ट




शरीर जति अनमोल छ, उत्तिनै अद्भूत पनि । यो शरीर, जसले अन्नपानी खाएर त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यही उर्जाले प्राण रक्षा गर्छ ।

अर्को अद्भूत रहस्य त के पनि भने, शरीरका विभिन्न अंग एवं भागमा यस्ता प्वाइन्ट हुन्छन्, जसलाई दबाएर अन्य रोग एवं समस्याको निदान गर्न सकिन्छ । जस्तो हत्केलामा यस्ता थुप्रै प्वाइन्ट हुन्छन्, जसबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो आदि अंगमा भएको अवरोध हटाउन सकिन्छ । यसलाई अक्युप्रेसर विधी भनिन्छ । यो सदियौं पुरानो तर वैज्ञानिक प्रणाली ह



के हो अक्युप्रेसर विधी ?

अकुप्रेसर विधिमा शरीरमा केही खास विन्दुहरुलाई दबाइन्छ जसले रोगको उपचार गर्छ । हाम्रो शरीरमा हजारौं नशा, धमनी, मांसपेसी, स्नायू, र सयौं हड्डीहरु हुन्छन् । यी सबैचीज मिलेर हाम्रो शरीर बनेको हुन्छ ।

कैयौंपटक केही विन्दुहरुमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन र त्यसलाई दबाउँदा फेरि त्यो खुल्छ र सहि तरिकाले काम गर्न थाल्छ ।

अकुप्रेसर विधिलाई आम भाषामा ‘दबाईबाट होइन दबाएर उपचार गर्नु’ भनिन्छ । केही खास विन्दुहरुलाई दबाउनाले सम्बन्धित रोगमा धेरै लाभ पुग्छ । त्यो रोगको निदान हुन्छ । ती खास विन्दुलाई अक्युपोइन्ट भनिन्छ ।

यी चिकित्सा पद्धतीको खोज चीनमा दुई हजार वर्षपहिले गरिएको थियो । अहिलेसम्म विश्वभरमा करोडौं मानिसहरुले यसको फाइदा उठाइरहेका छन् ।

विशेषगरि चीन, अमेरिका, भारत, हङकङमा यो पद्धति धेरै प्रचलित छ । हाम्रो देश नेपालमा पनि भर्खरभर्खरै यो उपचार पद्धति सुरु भएको छ । यो विधिमा सम्बन्धित विन्दुलाई लगभग १ मिनेटसम्म औंलाको मद्धतले दबाइन्छ र हल्का मसाज दिइन्छ ।

अकुप्रेसर विधिबाट यस्ता लाभ पाउन सकिन्छ

-यसमा कुनै खर्च हुँदैन । जो कोहीले पनि यसको लाभ लिन सक्छन् ।

-यसमा कुनै किसिमको सर्जरी हुँदैन । यसैले डराउनु पर्दैन ।

-यो विधिको कुनै साइडइफेक्ट हुँदैन ।

-यसले यौनशक्तिलाई बढाउँछ ।

-यसले अनुहारको चाँयापोतोलाई टाढा गर्छ र अनुहारमा निखार ल्याउँछ ।

-पिठ्युमा दुखाई तनाव, डिप्रेसन, शरीरमा हरेक किसिमका दुखाईलाई टाढा गर्छ ंर भावनात्मक रुपमा मजबुत बनाउँछ ।

-यसले नकरात्मक विचारलाई टाढा गर्छ र सकरात्मक विचार ल्याउँछ ।

-यदि तपाईंलाई औषधिको गोली खान मन छैन भने यो विधि सबैभन्दा उपयुक्त हुन्छ ।

यी हुन् १० महत्वपूर्ण अकुप्रेसर विन्दुहरु

१. पेरिकार्डियम

यो विन्दु हत्केलाबाट १ इन्च तल रहेको हुन्छ । यसलाई दबाउनको लागि टाउको दुखाई, पेटको रोग, बेचैनी, वान्ता हुने जस्ता रोगमा लाभ हुन्छ । गर्भावस्थाको क्रममा हुने उल्टीमा पनि यो लाभकारी हुन्छ ।

किमोथेरापी र विकिरणपछि आउने वान्ता, जीउ चिलाउने समस्यामा पनि यसले फाइदा पुर्याँउछ । त्यसैले तपाईंले पनि यसलाई अपनाउनुहोस् ।

२. शेन म्यान विन्दु

यसलाई स्वर्गको द्धार पनि भनिन्छ । यो विन्दु कानको उपल्लो हिस्सामा हुन्छ । यसलाई दबाउनाले तनाव टाढा हुन्छ र धुमपानको बानी छुट्छ । यसलाई दबाउनाले सकरात्मक उर्जा पुरै शरीरभर दौडन्छ ।

एलर्जी, चिन्ता, डिप्रेसन जस्ता समस्या टाढा हुन्छ । यसलाई बुढीऔंला र चोर औंलाले दबाउनुपर्छ ।

३. जोइनिङ द भ्याली

यो विन्दु हातको बुढीऔंला र चोर औंलाको बीचमा हुन्छ । यसलाई दबाउनाले विभिन्न प्रकारका दुखाई जस्तैः जोर्नीको दुखाई, गर्धनको दुखाई, दाँतको दुखाई, टाउकोको दुखाई, माइग्रेन जस्ता समस्या टाढा हुन्छ ।

यसलाई दबाउनाले कब्जियतमा राहत मिल्छ । विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन्छ । दुखाईको निवारणको लागि यो सबैभन्दा राम्रो विन्दु हो ।

४. तेस्रो आँखा

यो विन्दु निदानमा दुवै आँखीभौंको बीचमा रहेको हुन्छ । ठिक त्यही ठाँउमा जहाँ महिलाहरुले टिका लगाउने गर्छन् । यसलाई दबाउनाले थकान दुर हुन्छ ।

यस बाहेक निन्द्रा दिलाउन सहायक हुन्छ । स्मरणशक्ति बढाउँछ, टाउकोको दुखाईलाई टाढा गर्छ, आँखामा हुने दुखाईलाई टाढा गर्छ र मानसिक शक्ति प्रदान गर्छ ।

५. सी अफ ट्रेङ्कुलिटी

यो विन्दु छातीको बीचमा रहेको हुन्छ । यसलाई दबाउनाले कैयौं प्रकारका बाधाहरु टाढा हुन्छन् जस्तै बेचैनी, हडबडाहट, चिन्ता, थकान, भावनात्मक समस्याहरु आदी ।

यसलाई दबाउनाले मनमा उठ्ने नकरात्मक विचार टाढा भाग्छ । यसलाई अपनाउनको लागि सिधा खडा हुने, मेरुदण्डको हड्डीलाई सिधा राख्ने र दुवै हातको औंला मिलाएर यसलाई दबाउन सकिन्छ ।

६. स्याकरल विन्दु

यो विन्दु कम्मरको माथिल्लो भागमा अर्थात टेल बोनमा स्थित हुन्छ । यसलाई दबाउनाले पेल्भिसमा रक्तसञ्चार सहि हुन्छ । यसले विशेषगरि महिलाहरुमा महिनावारीको दुखाईलाई टाढा गर्छ साथै गर्भाशयलाई आराम दिन्छ ।

७. हेवनली पिलर

यो विन्दु गर्धनको पछाडिको भागमा रहेको हुन्छ जहाँ गर्धन र टाउको आपसमा जोडिएको हुन्छ । आजभोलीको आधुनिक जीवनशैलीको कारण मानिसहरु कम्प्युटर, मोबाईल फोनमा घन्टौंसम्म काम गर्छन् जसले गर्धनमा दुखाई सुरु हुन्छ । यो विन्दुलाई दबाउनाले गर्धनको दुखाईमा धेरै लाभ मिल्छ ।

८. बिगर रसिङ

यो विन्दु खुट्टामा बुढी औंला र ठुलो औंलाको बीचमा लगभग २ इन्च माथि हुन्छ । यसलाई दबाउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । यो विन्दुलाई चोर औलाको मद्धतले दबाउनुपर्छ र दबाउँदा आधा इन्च तलमाथि गर्नुपर्छ । फेरि अर्को खुट्टाको बिगर रसिङ विन्दुलाई पनि दबाउनु पर्छ ।

९. लेग थ्री माइल्स

यो पोइन्ट घुँडा भन्दा करिब ३ इन्च तल हुन्छ । यसलाई दबाउनाले पेटका विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ जस्तै अपच, कब्जियत, ग्यासको समस्या, पेटफुल्ने, डायरिया, उल्टी आदी ।

यो विन्दुलाई दबाउनाले रक्त सञ्चार राम्रो हुन्छ, स्टामिना बढ्छ र स्वास्थ्यमा निखारता आँउछ ।

१०. कमान्डिङ मिडिल

यो पोइन्ट घुँडाको ठिक पछाडि हुन्छ । यसलाई दबाउनाले हाडजोर्नीको समस्या, कम्मर दुखाई, ढाड दुख्ने, साइटिका लगाएतका समस्यामा फाइदा हुन्छ ।

यो विन्दुलाई आरामले १ मिनेटसम्म दबाउनुहोस् फेरि अर्को खुट्टाको कमान्डिङ मिडिल विन्दुलाई दबाउनुहोस् ।

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out