Saturday, 15 November 2014

आयोजना प्रस्तावना पत्र कसरी लेख्ने? (How to prepare a project Proposal?)

Project Title: आयोजनाको नामः • उद्देश्य अनुरुप छोटो र सुहाउँदो नाम राख्ने Project Leader, Address and contact number आयोजनाको मुख्य व्यक्ति, ठेगाना, फोन नम्बरः • आयोजनाको उद्देश्य र कार्यक्रम अनुरुप योग्यता भएको व्यक्तिलाई आयोजनाको प्रमुख बनाउनु पर्छ र सम्पर्क ठेगाना फोन, इमेल साथ उल्लेख गर्नुपर्छ । Implementing organization आयोजना कार्यान्वयन गर्ने संस्था • आयोजनाको प्रस्ताव पेश गर्ने संस्थाको छोटो चिनारी, पृष्टभुमी, स्थापना, उद्देश्य र विगतमा भए गरेका कार्यक्रमहरू, आयव्यय तथा लेखा परीक्षणको रिपोर्ट आदि उल्लेख गर्नुपर्छ । यदि अरू सहयोगी संस्था छन् भने तिनीहरूको नाम, योगदानको विवरण दिनुपर्छ । Project Background and Justification: आयोजनाको पृष्टभुमी तथा औचित्य • प्रस्तावना पत्रमा पेश गरेको आयोजना सम्बन्धी जानकारी, सो को महत्व, विगतमा अन्य निकायले भए गरेका कामको विवण । हाल प्रस्ताव गरेको आयोजनको महत्व, यसको कार्यान्वयनबाट हुने लाभ, उपलब्धि, आयोजनको आवश्यकता आदि उल्लेख गर्नुपर्छ । Project Objectives: आयोजनाको उद्देश्य • आयोजनाको लक्ष के हो, यसले के के उद्देश्य लिएका छन्ः सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।
Project Outputs: आयोजनाको प्रतिफल • आयोजना पुरा भए पछि यसबाट के के प्रतिफल के कति मात्रामा प्राप्त हुन्छ ः सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।
 Proposed Programs: आयोजनाका कार्यक्रम • आयोजनामा प्रस्ताव गरिएका लक्ष र प्रतिफल पुरा गर्न के के कार्यक्रमहरू सञ्चालन गर्ने, कसरी गर्ने, कति गर्ने कुन समयमा गर्ने आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।
 Methodology: कार्यान्वयन तरिका • आयोजनामा प्रस्ताव गरिएका कार्यक्रमको कार्यान्वयन कसरी गर्ने, के रणनीति अपनाउने? कुन समयमा गर्ने? कहाँ गर्ने? कसले गर्ने? के के स्रोत साधन चाहिन्छ? आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । सञ्चालित कार्यक्रमको मूल्याङ्कन के कसरी गर्ने? प्राप्त उपलधिलाई कसरी अन्य क्षेत्रमा विस्तार गर्ने आदिको विवरण उल्लेख गर्नुपर्छ । 

Project Area: आयोजनाको कार्यक्षेत्र • आयोजना कुन क्षेत्र, जिल्ला गाउँ, टोलमा कार्यान्वयन गर्ने सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । 

Project Period: आयोजनाको अवधि • आयोजनाको कार्यान्वयन के कति वर्षका लागि कहिले देखि कुन अवधिसम्म गर्ने सो को ववरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।
 Beneficiaries: आयोजनाबाट लाभान्वित परिवार • आयोजना बाट के कति परिवार प्रत्यक्ष तथा के कति परिवार, सामाजिक वर्ग लाभान्वित हुन्छन सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । 

Sustainability of the Project: आयोजनाको दिगोपन • आयोजनाको अवधि सकिए पछि आयोजना के कसरी दीगो रहिरहन्छ सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । 
Project Logical Frameworks: आयोजना कार्यान्वयनको सोंच तालिका • आयोजनाको सम्पूर्ण विवरण एउटै तालिका बाट देखिने गरी एक सोंच तालिका वा तर्कयुक्त ढाँचामा प्रस्तुत गर्नु पर्छ । 

Financial Summary : आयोजनाको वित्तिय साराशं • आयोजना सञ्चालनमा के कति खर्च लाग्छ? के कस्तो जनशक्ति चाहिन्छ? जनशक्तिमा कति खर्च? चाहिने सामाग्री, मेसिन औजार, बीउबिजन आदिमा लाग्ने खर्च? प्रशाशन, लेखा, यातायात, भाडा आदिमा लाग्ने खर्च÷रकमको विस्तृत विवरण प्रस्तुत गर्नु पर्छ ।
 Other relevant information: अन्य आवश्यक जानकारींः • आयोजनाको वातावरणीय प्रभाव, संभावित समस्या आदिको विवरण प्रस्तुत गर्नु पर्छ । (ल, आफैले प्रपोजल बनाउने प्रयास गर्नुहोस ।

सुन्ताला खेती गर्ने तरीका

हाम्रो देश को मध्य पहाडि क्षेत्रमा हुने १ निकै प्रख्यात फल हो सजिलो तरिकाले वुझ्दा समुन्द्रि सतहदेखि ८०० मिटर माथि र २२०० मिटर देखि तलको भूभागमा उत्तम हुन्छ।

सर्व प्रथम हामिले सुन्ताला को लागि नर्सरि तयार गर्नु पर्दछ।यसको लागि हामिले हल्का दोमट,छिद्रता भयको तथा पागो माटो भएको जमिन छनोट गर्नु पर्दछ।यस प्रकारको जमिन लाइ ३ पटक खन जोत गरि अन्तिम जोताइ गर्दा प्रति वर्गमिटर मा ४किलो गोवरमल,१०० ग्राम पोटास,१०० ग्राम युरिया,१०० ग्राम नाइट्रोजन र१०० ग्राम फस्फोरस हाल्नुहोस्।तेस्तै ढुशि जन्य रोग नलागुन भनि ५ ग्राम मालाथियन या रोगर प्रति लिटर पानिमा घोलि १ वर्ग मिटरमा छर्नुहोस्। ५ग्राम वेविस्टन या ट्राइकोडर्मा प्रति १ लिटर पानि मा घोलि १ वर्ग मिटरमा छर्नु होस्। यसरि तयार भयको जमिन लाइ अधिकमा १फिट उठायर क्यारि वनाइ माटोका डल्ला फोरि वुर्वुराउदो गराउनुहोस्। त्यस पछि २.५० से०मि० गहिरो र चैाडा धर्का कोरि २.५० से.मि को फरकमा १ ,१ दाना विउ रोपनुहोस।यो माघ को ५ गते देखि फाल्गुण२५ गते भित्र गर्न सकिन्छ। यसरि विउ रोपि सकेपछि नर्सरिलाइ पुर्ण रूपमा भिज्ने गरि सिन्चाइ गर्ने।यसरि सिचाइ गरेपछि खर,पराल या जुटको वोरिले ढोकि माथि वाट पलास्टिक को टनेल वनाइ ढोक्नुहोस्। यसो हुदा विरूवाको अङ्कुरण छिटो हुन्छ।वेर्ना जमाउदा पोलि व्याग मा पनि जमाउन सकिन्छ। यसरि जमायको नर्सरि मा माटो को सुक्का पन हेरि अावश्यकाता अनुसार १ दिन देखि ५ दिन को फरकमा सिचाइ गर्नु पर्दछ। १५ देखि २५ दिन भित्र मा विरूवा अङ्कुरण हुन्छन। यसरि तयार भयका वेर्ना लाइ १५ देखि२५ दिन मा हल्का मल दिदै जानुहोस।१,१ ग्राम युरिया,पोटास,नाइट्रोजन,फस्फोरस( या गोवर मल १ किलो) १,१ लिटर पानिमा घोलि स्प्रे गर्नुहोस। वेर्नामा ढुसि , झुसिल किरा तथा अन्य किट को प्रकोप भयको खण्डमा क्रमश वेविस्टिन र ट्राइको डर्मा ढुशि विरूद्द।तेस्तै हर्ड ,डेल्फिक,वायोलिक,रोगर, नुभान, मालाथियन,अादि। यसरि वेर्ना वढ्दै गयपछि स्रावण, भाद्र मैनामा २० किलो गोवर मल या कम्पोस्ट मल,१०० ग्राम का दरले युरिया,पोटास,नाइट्रोजन,फस्फोरस मिलाइ १वर्ग मिटर खाडल मा माटो सङ्ग वरावर मिलायर खाडल तयार गर्ने।खाडल खन्दा जेष्ठ ,अाषाढ मैना उत्तम हुन्छ। खाडल खनेर वेर्ना लगाउदा प्रति खाडल ५ ग्राम जिङ्क सल्फेट मिलाउनु होला यसो गर्दा वोट पहेलो भयर फल झर्ने सम्भावना पुर्ण वन्द हुन्छ,खाडलका फाइदा हरू किट तथा ढुशिजन्य रो लाग्न कम हुन्छ, जरा फैलनमा मद्दत पुग्छ र वेर्ना पुस्ट हुन्छन्। यसरि तयार भयको जमिनमा २ किलो मल माटो सङ्ग मिलायर खाडलकको विच मा लगाउनु होस। पुराना वेर्ना उपलव्ध भयमा फाल्गुण मैनामा लगउन सकिन्छ।सिचाइ भरपपुर मात्रामा हुनु प्रदछ। माटो को चिस्यान हेरि वेर्ना नसरून्जेल ५ दिनको फरकमा सिन्चाइ गर्नु पर्छ।वेर्ना लगाउदा लाइन देखि लाइन को दुरि १८ फिट र वेर्ना देखि वेर्ना को दुरि१५ फिट उत्तम हुन्छ।तल को खालि जमिनमा अक्वरे खर्सानि,वेसार र अदुवा लगाउदा राम्रो हुन्छ। १ सालमा २ पटक मल दिनु पर्छ।अाषाढ र अाश्विन मा ५० किलो गोवर मल,२ किलो एस .एस.पि,०.५ किलो पोटास र १ किलो ३०० ग्राम युरिया हालि प्रशस्त सिन्चाइ गर्नु पर्छ। हिउदमा १५ दिनको फरकमा सिन्चाइ गर्नु पर्छ।। ३ सालमा फल दिन सुरू हुन्छ।कलमि गरेको वेर्ना ले लगायको अर्को साल फल दिन्छ तर लामो समय टिकाउ हुदैन। सुन्तला का फल पुस्ट, सुन्दर होउन भनि वोरेक्स नामक दवाइ र वोरन नामक दवाइ प्रति लिटर पानिमा ३ मि.लि घोलि स्प्रे गर्नु प्रदछ। फल झर्ने वेर्ना लाइ उखेलेर नस्ट गर्नु पर्छ अन्यथा महामारि रूप लिन्छ। यसको विकल्पमा कपरअक्सिटिभाइड नामक दवाइ वजारमा उपलव्ध छ यसवाट यो समस्या पुर्ण निधान हुन्छ। वारूले किराको निधानको लागि फिरामोट्रेयाप १ विघामा १० वटा राख्दा पुर्ण निधान हुन्छ। तेस्तै सदाफल फलाउदा सिजन मा फल कम लाग्छन् तेसैले सदाफल राख्दा नोक्सन हुन्छ। यस्ता फुल लाइ टिपेर नस्ट गर्नु पर्छ। धेरै वोट छन् भने १० ग्राम युरिया १ लिटर पानिमा घोलि फुलमा स्प्रे गर्नाले फुल झर्दछन्।यसो गरेको खण्डमा विरूवाको सङ्कलित शक्ति वच्न गइ मैासमि फल धेरै र गुणस्तर युक्त हुन्छन्। तेस्तै कहिलेकाहि सुन्तालामा अन्य किट तथा झुसिलकिराको प्रकोप हुन्छ यसको नियन्त्रण फोरेट,नुभान, मालाथियन, रोगर, हर्ड,डेल्फिक,वायोलिक जस्ता थुप्रै किटनाशक अैाषधि प्रति लिटर पानिमा २.५ मि.लि घोलेर छर्दा पुर्ण निधान हुन्छ।झार पात नियन्त्रण तथा काटछाटमा निकै ध्यान दिनु अावश्यक छ। अति फलेको हागालाइ वासको टेका दिनु नितान्त अावश्यक छ।

चौताराका किसान किवी खेतीतर्फ आकर्षित

सिन्धुपाल्चोक जिल्लाका किसान स्वास्थ्यका साथै
आर्थिक दृष्टिकोणलेसमेतमहत्वपर्ूण्ा रहेको किबीखेतीतर्फआकषिर्त भएका छन् ।सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फआकषिर्त भएका हुन् । जिल्लाको लिस्ती गाविस- ६ निवासी अर्जुन सापकोटाले यस वर्षपाँच लाखको लगानीमा १० रोपनी जमिनमा १०० बोट किबीको बिरुवा लगाउनुभएको छ । नेपाल र चीन सिमाना जोडिएको सो गाविस निवासी सापकोटाले चिनीयाँ सामानको व्यापारभन्दा सो खेतीमा भविष्य राम्रो देखेपछि त्यसतर्फआकषिर्तभएको बताउनुहुन्छ । निकट भविष्यमा रु ६० लाख लगानी गरी १०० रोपनीमा खेती विस्तार गर्ने लक्ष्य रहेको बताउने सापकोटाले दोलखाको बोचस्थित बागवानी र्फमबाट बिरुवा झिकाई प्राविधिकको रोखदेखमा किबी लगाउनुभएको हो । त्यसैगरी जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भोटेचौर र हैवुङ गाविसमा पनि केही उत्साही किसानको समूहले गत वर्षेखि किबीखेती गर्दै आएका छन् । सुनसरी जिल्ला निवासी दिनेशप्रसाद सिग्देलको सक्रियतामा भोटेचौर गाविसमा रु ८० लाखको लगानीमा ६० रोपनी जमिनमा किबीखेती गरिएको छ । सो खेतीका लागि १४ जनाको समूह बनाइएको छ । कम्पनी राजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको र भोटेचौर एग्रिकल्चरल अर्गानिक भिलेज नामक संस्था स्थापना गरिएको छ । त्यसैगरी उनीहरुकै सक्रियतामा हैवुङ गाविसमा पनि ३४ जनाको समूह मिलेर रु दर्ुइ करोडको लगानीमा २२० रोपनी जमिनमा सो खेती गरिएको छ । उक्त समूहको सिन्धु हिमालयन अर्गानिक भिलेज नामक संस्था दर्ताको क्रममा रहेको बताइएको छ स्थापना गरिएको छ । दुवै ठाउँका लागि धुलिखेलस्थित निजी नर्सरीबाट प्रतिबिरुवा रु ३०० देखि रु ४०० मा खरिद गरेको किसान सिग्देलले बताउनुभयो । “आफू ३० वर्षघि राष्ट्रसंघको काम गर्दा दर्ुइ वर्षयुरोपमा बस्ने मौका पाउँदा किबी बारे जानकारी पाएको र छ वर्षअघि पनि पत्रिकामा देखेपछि त्यसतर्फबढी आकषिर्त भई यो खेती थालनी गरेको हँु ।” सापकोटा भन्नुहुन्छ । बिरुवा लगाएको तीन वर्षै उत्पादन दिने भए पनि बजारमा आउन भने चार वर्षलाग्दछ । यसको फल एविसि गरी तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः ३, ४ र ५ सय प्रति किलोमा बिक्री हुने गरेको र हाल विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने सिग्देलले जानकारी दिनुभयो । त्यहाँ उत्पादित किबी फललाई जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको पनि उहाँ बताउनु हुन्छ । यसको खेती सिन्धुपाल्चोककासाथै दोलखा, काभ्रे, रामेछाप, नुवाकोट, मकवानपुर, इलामलगायतका जिल्लामा लगाइएको छ । नेपालमा किबी फलको सुरुवात २०४५ देखि भएको हो । यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्विस प्रोजेक्टमा कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले दोलखाको चरिकोटमा एक व्यक्तिको बारीमा र जिरी प्राविधिक शिक्षालयमा लगाएको किबी नै पहिलो भएको अनुसन्धानबाट थाहा भएको छ । किबी फलको विकासमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी -जाइका)को पनि भूमिका रहेको छ । हाल गोदावरीस्थित इसिमोड र्फम, दोलखाको बोज र्फम, जिरी, दामन र्फम, चित्लाङ तथा बागवानी केन्द्र कर्ीर्तिपुरमा प्रविधि विस्तार र बिरुवा उत्पादन गर्ने तयारीकासाथ काम भइरहेको छ । किबीखेती समुद्री सतहबाट एक हजार २०० मिटर देखि दर्ुइ हजार ४०० मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वषर्ामा पानी जम्न भने हुँदैन । बागवानी र्फम बोचका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपर्ूण्ा भूमिका रहेको हुन्छ । किबीका पोथी जातमा हेवाड, ब्रुनो, अलिसन, अव्वुट, मोन्टी, ग्रासी छन् भने भाले जातमा टुमोरी, माटुवा आदि नामका छन् । किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादन प्रविधि सजिलो भइकन पनि बजारमुखी छ । एक पटक लगाए पछि ४०/५० वर्षलगातार फल दिन्छ । यसको फल अन्डा आकारको खैरो रङको मसिनो झुसले ढाकेको हुन्छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा फूल फुल्ने र कात्तिक मङ्िसरमा टिप्न गोग्य हुन्छ । यसको फल ठूला होटेलमा बिक्री हुने गर्दछ । यो फलमा भिटामिन सि र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोगहरु न्यूमोनिया, दम, उच्च रक्तचाप, कोलेष्टोरल, मधुमेह जस्ता धेरै थरी रोगमासमेत उपयोगी हुने विज्ञहरु बताउँछन् । किबी फल नेपालमा भित्रिएको करिब तीन दशक भइसकेको छ । तर प्रचारप्रसारको अभावमा नेपाली जनमानसमा नौलो भएकाले खेती गर्न ढिला भए पनि अबका दिनमा किसानले यसको महत्व बुझन थालेको पाइएको छ ।

Tuesday, 11 November 2014

विश्वलाई बचाउनी पक्षमा

लेखकहरु आफ्ना मनका भावना प्रकट गर्ने र अरु मानिसहरुसँग बातचीत गर्ने, आफुलाई दुःख दिने कुराको निन्दा गर्ने र सुख दिने कुरा अरुहरुसँग बाँडचूँड गर्ने आवश्यकता आइलाग्दा लेख्ने गर्छन् । लेखकहरु आफ्नो र अरुको एकलासेपनाको विरोधमा लेख्छन् । लेखकहरु साहित्यले पाठकका मनमा ज्ञानगुनका कुरा घुसाएर उनीहरुको व्यवहार र भाषामा प्रभाव पारी आफैँलाई झन् राम्रोसँग चिन्न र सामूहिक रुपबाट आफ्नो बचाउ गर्न सघाउ पु¥याउँछ भनी कल्पना गर्छन् । तर यो “अरुहरु” भन्ने निकै नै अस्पष्ट छ । त्यसकारण संकटका बेलामा र परिभाषा दिनुपर्ने बेलामा, दोहोरो अर्थ लाग्ने कुरा झुटसँग एकदमै मिल्दाजुल्दा हुन सक्छन् । यथार्थमा लेखकहरु आफ्नो भाग्य र दुर्भाग्य समान भएका मानिसबारे लेख्छन् । जस्तो कि भोका र अनिदा मानिसहरु, विद्रोहीहरु र यस पृथ्वीका साह्रै अभागी मानिसहरुबारे । यस्ता बहुसंख्यक मानिस निरक्षर छन् । अल्पसंख्यक साक्षरमध्ये पुस्तक किन्न सक्ने औकात कतिको होला ? के “सर्वसाधारण जनता”का रुपमा प्रचलित रहेको अस्पष्ट धारणाको पक्षमा लेख्छु भनी घोषणा गर्दैमा यस अन्तर्विरोधको हल भइहाल्छ र ? 
 
हामी चन्द्रमामा जन्मेका होइनौं र हामीले सातौं स्वर्गमा बसोबास गरेका पनि छैनौं । हामीले त ल्याटिन अमेरिका नाउँ गरेको विश्वको सन्तापग्रस्त क्षेत्रका मानिस भएर अत्यन्तै दमनकारी ऐतिहासिक कालमा बाँच्ने सौभाग्य र दुर्भाग्य पाएका छौं । यहाँको वर्गीय समाजका अन्तर्विरोध धनी देशहरुका अन्तर्विरोधभन्दा तीव्र छन् । सारा विश्वले पैदा गरेका सम्पत्तिको आधा भाग विश्वको जनसंख्यामध्ये ६ प्रतिशत मानिसले उपभोग गर्न पाउनका लागि गरीब देशहरुले अजङ्ग ठूला दुःख–कष्टहरु झेलिदिनुपरेको छ । तर यी उपभोक्ताहरुले त्यतिविधि उपभोग गरेबापत कुनै दण्ड बेहोर्नु पर्दैन । ल्याटिन अमेरिकामा मुठ्ठीभरको धन–दौलत र अन्यका दुःख–कष्टका बीचको खाडल अन्यत्रको भन्दा बढी नै फराकिलो छ । यस खाडललाई कायम राख्न आवश्यक पर्ने तरिकाहरु पनि अन्यत्रका भन्दा बढी नै बर्बर खालका छन् ।

पुरानो कृषि र खानीका संरचनाहरुमा भएका मुख्य विकृतिहरुमा कुनै हेरफेर नल्याइ तिनै संरचनामाथि थोपरेर बन्देजकारी र अरुमाथि भरपर्ने उद्योगको विकास गरियो । त्यसले गर्दा सामाजिक अन्तर्विरोधहरु मत्थर हुनुको सट्टा झन् तीव्र भएका छन् । जनतालाई भुलभुलैयामा पार्ने र ठग्ने कलामा खप्पिस परम्परागत राजनीतिकर्मीका सीप आज अपर्याप्त, झुत्रा र काम नलाग्ने भएका छन् । जनतालाई आफ्ना इसारामा नचाउन लाभदायक हुने तिनका चिप्ला भाषणहरु कतिपय अवस्थामा अब काम नलाग्ने भएका छन् । अन्य प्रसँगमा चाहिं ती चिप्ला भाषणले खतरनाक धरापहरुलाई उदाङ्गो पारिदिन्छन् । त्यसैले ठालु वर्ग र देश आफ्ना दमनकारी यन्त्रहरुको सहारा लिन पुगेका छन् । बन्दी शिविरसँग झन्झन् मिल्दोजुल्दो हुँदै गएको सामाजिक व्यवस्थालाई यो बाहेक अरु कुन उपायबाट जोगाइराख्न सकिएला र ? भोका–नाङ्गाको बढिरहेको फौजलाई काँडे तारका बार बेगर कसरी थुनिराख्न सकिएला र ? बेरोजगारी र गरीबी बेलगाम ढङ्गले बढेर त्यसबाट उत्पन्न हुने सामाजिक र राजनीतिक तनावले चालु व्यवस्थामाथि जतिजति खतरा पैदा गर्छन्, चिप्ला कुरा गर्ने र सदाचार देखाउने ठाउँ उतिउति साँगुरिंदै जान्छ । अनि विश्वको छेउछाउमा यस व्यवस्थाको सक्कली अनुहार देखिन थाल्छ ।

आज हाम्रा देशका बहुसंख्यक मानिसलाई दबाउने तानाशाहीको चरित्रलाई स्वीकार गर्न अलिकता सच्चाइ किन नदेखाउने ? संकटकालमा उद्यम गर्ने स्वतन्त्रताको अर्थ मानिसहरु स्वतन्त्रताबाट वञ्चित हुनु भन्ने हुन्छ । ल्याटिन अेमेरिकी वैज्ञानिकहरु अन्यत्र बसाइँ सर्छन्, प्रयोगशाला र विश्वविद्यालयहरुमा कोष हुँदैन, औद्योगिक “प्रविधिको ज्ञान” सधैं बिदेशी र अचाक्ली महँगो हुन्छ । तैपनि आतङ्गकको प्रविधिको विकासमा चाहिं केही न केही सिर्जनशीलता छ भनेर किन स्वीकार नगर्ने ? ल्याटिन अमेरिकाले यातना दिने तरिका, मानिस र विचारहरुको हत्या गर्ने काइदा, मानिसहरुका मुख थुन्ने, पङ्गुपनालाई विस्तार गर्ने र मानिसहरुका मनमा डरको बीउ छर्ने जुक्तीहरुमा सारा संसारलाई प्रेरणा दिने गरी योगदान गरिरहेको छ ।

आवाज नहुनेरुका आवाजलाई सुनिने बनाउन साहित्यले सघाउ पुर्याओस् भनी साहित्यको क्षेत्रमा काम गर्न चाहने हामीहरु यो यथार्थको सन्दर्भमा कसरी काम गर्न सकौंला ? के हामीले अन्धो र मौन संस्कृतिको बीचमा मानिसहरुलाई आफ्ना कुरा सुनाउन सकौंला ? के लेखकहरुलाई दिइएको थोरै स्वतन्त्रता नै कहिलेकाहीं हाम्रो बिफलताको प्रमाण हुने गरेको छैन र ? हामी कति परसम्म जान सकौंला ? हामी कहाँ पुग्न सकौंला ?

न्याय र स्वतन्त्रता भएको विश्वको ढोका खोल्ने काम एउटा उदात्त काम हो । देखिने र नदेखिने पिन्जराहरु भएको व्यवस्थालाई अस्वीकार गर्ने काम एउटा उदात्त काम हो । तर हामी निकासतिर लम्किन कति पाइला सार्न सकौंला ? सत्ताधारीहरुले हामीलाई कतिन्जेलसम्म छूट दिइरहलान् ?

विभिन्न प्रकारका सामाजिक–राजनीतिक क्षेत्रहरुले थोपर्ने सेन्सरशीपका प्रत्यक्ष स्वरुपहरुबारे, आफुलाई हैरान पार्ने खालका वा खतरनाक खालका पुस्तकहरु वा अखबारहरुमाथि बन्देज लगाउनेबारे र लेखक तथा पत्रकारहरुलाई देशनिकाला गर्ने, थुनामा राख्ने वा तिनको हत्या गर्नेबारे निकै नै छलफल भइआएको छ । तर अप्रत्यक्ष सेन्सरशीपले त झन् मिहिन पाराले काम गर्ने गर्छ । कम स्पष्ट हुनाले गर्दा यो कम वास्तविक छ भन्ने होइन । यसबारे निकै कम भनिएको छ तैपनि धेरैजसो ल्याटिन अमेरिकी देशहरुमाथि लादिएको उत्पीडनकारी र बहिष्करणकारी चरित्रको अत्यन्तै गहन रुपले ब्याख्या गर्ने कुराचाहिं यही नै हो । आपूmलाई हाक्काहाक्की प्रकट नगर्ने यस सेन्सरशीपको प्रकृति कस्तो छ त ? ल्याटिन अमेरिकाको जनसंख्याका पाँच प्रतिशत मानिसहरुले मात्र रेफ्रिजेरेटर किन्न सक्छन् भने पुस्तकचाहिं कति प्रतिशत मानिसले किन्न सक्छन् ? अनि ती पुस्तक कति प्रतिशत मानिसले पढ्न सक्छन्, तिनको आवश्यकता कति अनुभव गर्न सक्छन् र तिनको प्रभावलाई कति पचाउन सक्छन् ?

अल्पसंख्यक समूहमा पर्ने र अल्पसंख्याकै लागि लेख्ने ल्याटिन अमेरिकी लेखकहरु सांस्कृतिक उद्योगका ज्यालादारी मजदुरहरु हुन् । यस सांस्कृतिक उद्योगले प्रबुद्ध अभिजातहरुले उपभोग गर्ने आवश्यकताहरुको पूर्ति गर्छ । सामाजिक असमानता र प्रभुत्वशाली विचारधारालाई स्वीकृति प्रदान गर्ने खालका कृतिहरुको रचना गर्ने लेखकहरु र ती कुरालाई तोड्न खोज्ने लेखकहरु गरी दुबै थरि लेखकहरुको हकमा वस्तुगत स्थिति यही नै हो । हामी जुन यथार्थभित्र काम गर्छौं, त्यस यथार्थका खेलका नियमहरुले धेरै मात्रामा हामीमाथि नाकाबन्दी लगाउँछन् ।

विद्यमान सामाजिक व्यवस्थाले जनताको अजङ्ग ठूलो बहुसंख्याको सिर्जनशील क्षमतालाई विकृत तुल्याउँछ वा त्यसलाई निमिट्यान्न पारिदिन्छ र सिर्जना गर्ने सम्भावनालाई साँगु¥याएर मुठ्ठीभर विशेषज्ञका व्यावसायिक अभ्यासमा सीमित तुल्याइदिन्छ । यो मानवीय सन्ताप र मृत्युको निश्चितताप्रतिको युगौं पुरानो प्रतिक्रिया हो । ल्याटिन अमेरिकामा “विशेषज्ञ” हामी कति छौं ? हामी कसको लागि लेख्छौं र हामी कसकहाँ पुग्छौं ? हाम्रो वास्तविक जनगण कहाँ छ ? थप्पडीको गडगडाहटसँगै आउने स्वीकृतिलाई हामी अविश्वास गरौं । हामीबाट आपूmलाई कुनै हानि–नोक्सानी हुँदैन भन्ठान्नेहरुले कहिलेकाहीं हामीलाई बधाई दिन्छन् ।


लेखकहरु मृत्युलाई छक्याउने र हामीलाई तर्साउन आइलाग्ने प्रेतको घाँटी अँठ्याउने सुरले लेख्छन् । तर लेखकहरुले जे लेख्छन्, त्यसले जनगणको पहिचान प्राप्त गर्ने खाँचो पूरा गर्नमा एक न एक प्रकारले मेल खायो भने मात्र त्यो ऐतिहासिक दृष्टिले उपयोगी हुन्छ । लेखकले चाहने कुरा पनि यही नै हुँदो हो भन्ने मलाई लाग्छ । “म यही नै हुँ” भनेर आफ्नो भित्री चिनारी दिंदा लेखकहरुले अरुलाई आफुहरु को हौं भन्ने कुरामा चनाखो बन्न सघाउ पुर्याउन सक्छ । सामूहिक पहिचानलाई बाहिर ल्याउने साधनका रुपमा कलालाई विलासको वस्तु होइन, अत्यन्तै आवश्यक वस्तु ठानिनु पर्छ । तर ल्याटिन अमेरिकाका जनताको अजङ्ग ठूलो बहुसंख्यालाई कला र संस्कृतिका उपजहरु नेर पुग्न मनाही गरिएको छ ।

जुन जनताको पहिचानलाई विजयी संस्कृतिहरुले एकपछि अर्को गर्दै चकनाचूर पारिदिएका छन्, र जुन जनताको निर्मम शोषणले विश्व पूँजीवादको यन्त्रलाई काम गर्न सघाउँछ, ती जनताका लागि यस व्यवस्थाले “मास कल्चर” अर्थात् भीड संस्कृति पैदा गर्छ । भीडको संस्कृति भनेर यस आम सञ्चार माध्यमको पतीत कलाको बयान गर्नु बढी सटिक हुन्छ । यस भीड संस्कृतिले बडो चलाखीसाथ चेतनालाई आफ्नो इसारामा नचाउँछ, यथार्थलाई ढाकछोप गर्छ, र सिर्जनात्मक कल्पनाशीलताको घाँटी अँठ्याउँछ । यसले स्वाभाविक रुपले मानिसहरुलाई आफ्नो पहिचान बोध गर्ने दिशातिर डो¥याउने नभई बरु यो त सञ्चार माध्यमबाट व्यापक रुपमा फिंजाइने जीवन पद्धति र ढर्राहरु थोपर्नका लागि मानिसहरुको पहिचानलाई मेटिदिने वा त्यसलाई विकृत तुल्याउने साधन बन्छ । 

प्रभुत्वशाली वर्गको संस्कृतिलाई “राष्ट्रिय संस्कृति” भन्ने गरिन्छ । यस्तो संस्कृतिले आयातीत जीवन जिउने गर्छ र यसले बडो मूख्र्याइँसाथ र भद्दा किसिमबाट कथित विश्वव्यापी संस्कृतिको नक्कल गर्नमै आपूmलाई सीमित तुल्याउँछ । अर्थात् विश्वव्यापी संस्कृतिको नाउँबाट यसलाई जुन मानिसहरुको बीचमा पु¥याइन्छ उनीहरु यो प्रभुत्वशाली देशहरुको संस्कृति हो कि होइन भन्ने कुरामा अलमलमा पर्छन् । हाम्रो जमानामा अर्थात् बहुबजारहरु र बहुराष्ट्रिय निगमहरुको जमानामा तीव्र गतिको विकास र आम सञ्चार माध्यमले गर्दा अर्थशास्त्र र संस्कृति दुबैको (अर्थात् “भीड संस्कृति”को) अन्तर्राष्ट्रियकरण गरिएको छ । शक्तिकेन्द्रहरुले हामीलाई यन्त्रहरु र प्याटेन्टहरु मात्र होइन विचारधारा पनि आयात गरिदिन्छन् । ल्याटिन अमेरिकामा लौकिक सरसामानहरुको भोगचलन मुठ्ठीभर मानिसहरुमा सीमित छ भने त्यसको नतिजास्वरुप बहुसंख्यक मानिसहरुले चाहिं उडन्ते कल्पनाको भोगचलन गरी जीवन निर्वाह गर्न वाध्य हुनैपर्छ । गरीबहरुलाई धन–सम्पत्तिका भ्रमहरु बेचिन्छन्, उत्पीडितहरुलाई स्वतन्त्रताका भ्रमहरु बेचिन्छन्, हराइएकाहरुलाई जीतबाजीका सपनाहरु बेचिन्छन् र अशक्तहरुलाई शक्तिका सपनाहरु बेचिन्छन् । विश्वको असमान संगठनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै टेलिभिजन, रेडियो र चलचित्रबाट प्रस्तुत गरिने आकर्षक प्रतीकहरुको उपभोग गर्न मानिसहरुले साक्षर भइरहनु पर्दैन ।

मिनेटैपिच्छे रोग वा भोकले एकजना बालकको मृत्यु हुने यी मुलुकहरुमा यथास्थितिलाई धानिराख्नका लागि हामीले हामीमाथि उत्पीडन गर्नेहरुका आँखाले आफुलाई हेरिदिनै पर्छ । मानिसहरु यस व्यवस्थालाई स्वाभाविक व्यवस्थाका रुपमा र त्यसकारण शाश्वत व्यवस्थाका रुपमा स्वीकार गर्छन् । अनि व्यवस्थालाई चाहिं पितृभूमिको जुम्ल्याहा भाइजस्तो ठानिने हुनाले यस शासनसत्ताको शत्रुलाई देशद्रोही वा बिदेशी दलाल ठानिने नै भयो । हराइएका मानिसहरुले यस अवस्थालाई आफ्नो भाग्यको रुपमा स्वीकार गरुन् भनेर यस व्यवस्थाको कानुनको रुपमा रहेको जङ्गली कानुनलाई फुलबुट्टा भरेर चिरिच्याँट्ट पारिन्छ । झुटको सहाराले विगतलाई फेरफार गरेर ल्याटिन अमेरिकाका ऐतिहासिक बिफलताहरुलाई ओझेलमा पारिन्छ । त्यस ल्याटिन अमेरिकालाई ओझेलमा पारिन्छ जसको गरीबीले सधैं नै पराई धन–सम्पत्तिलाई बढाइदिने काम गरेको छ । टेलिभिजनको सानो र ठूलो पर्दामा सर्वोत्तम मानिसको जीत हुन्छ । जो सबभन्दा बलियो छ, उही नै सर्वोत्तम हुन्छ । बर्बादी, तडकभडक र अनैतिकताजस्ता कुराले मानिसहरुमा घृणा होइन प्रशंसाको भावना जगाउँछन् । जुनसुकै चीजलाई पनि किन्न, बेच्न, भाडामा लगाउन र उपभोग गर्न सकिन्छ । चुरोट, कार, ह्वीस्कीको शीशी वा नाडी घडीलाई यस्ता जादुगरी गुणहरुले भरिपूर्ण बनाइन्छ कि तिनले हाम्रो व्यक्तित्वलाई चम्काइदिन सक्छन्, तिनले हामीलाई सफलता र सुखतिर डोर्याउन सक्छन् । आफै कतै शून्यबाट उदाउने बिदेशी हिरो–हिरोइनहरु र नमूना पात्रहरु धनी देशहरुका पूज्य नाम र फेसनहरु बन्छन् । कुनै पनि देशका वास्तविक सामाजिक र राजनीतिक समस्याहरुसँग बाह्र हात परको साइनो पनि नहुने स्थानीय बजारु उपन्यास र बजारु टिभी सिरियलहरु बडो तामझामसाथ देखाइन्छन्, अनि आयात गरिएका टिभी सिरियहरुले चाहिं हिंसा र टोमाटो ससको साथसाथै इसाई लोकतन्त्र बिक्री गर्छन् ।


युवाहरुको संख्या निरन्तररुपले बढिरहेको र ती युवाहरुले रोजगारी नपाउने यी मुलुकहरुमा टाइम बमको टिक्टिक् आवाजले गर्दा शासकहरुलाई एउटा आँखो उघारेर सुत्न वाध्य हुनुपरेको छ । सांस्कृतिक अलगावलाई कायम गर्न प्रयोग गरिने अनेकौं तरिकाहरु अर्थात् युवाहरुलाई लठ्ठ्याएर पङ्गु बनाउन प्रयोग गरिने संयन्त्रहरुको महत्व बढिरहेको छ । चेतनालाई भुत्ते पार्ने सूत्रहरुलाई जन्म नियन्त्रण गर्ने उपायहरुलाई भन्दा धेरै सफलतासाथ लागू गरिंदैछ ।

चेतनालाई दबाउनु नै त्यसलाई औपनिवेशीकरण गर्ने सबभन्दा राम्रो उपाय हो । यस अर्थमा पनि जानीबुझीकन वा अन्जानमा आयात गरिने झुटो वैकल्पिक संस्कृतिले भूमिका खेल्छ । ल्याटिन अमेरिकी मुलुकहरुका कतिपय उदीयमान पुस्ताहरुमा यस वैकल्पिक संस्कृतिको गुन्जन बढ्दो मात्रामा सुनिन थालेको छ । आफ्ना संरचनाहरु ज्यादै थोत्रा हुनाले गर्दा वा मानिसहरुलाई निसास तुल्याउने तिनका दमनकारी संयन्त्रहरुले गर्दा युवाहरुलाई राजनीतिक सहभागिताका विकल्पहरु नदिने देशहरुले कथित विरोधको संस्कृति मौलाउने ज्यादै मलिलो जमिन जुटाइदिन्छन् । यो कथित विरोधको संस्कृति देशबाहिर उदय भएको संस्कृति हो, यो फुर्सद र बर्बादीको उपजात हो । सबै सामाजिक वर्गहरुतर्फ  लक्षित गरिने यो संस्कृति परजीवी वर्गहरुको नक्कली परम्परा–विरोधको धरातलबाट पैदा हुन्छ ।

संयुक्त राज्य अमेरिका र युरोपमा उपभोगको एकनासेपन विरोधी प्रतिक्रिया स्वरुप साठीको दसकमा मृत्युमय निन्द्राबाट ब्युँझेका युवाहरुका चालचलन र प्रतीकहरु ल्याटिन अमेरिकामा पङ्गुहरुको लावालस्कर जन्न्माउने वस्तुहरु बन्न पुगेका छन् । “आफुलाई मुक्त गर” भन्ने भड्किला मन्त्र लेखिएका झिल्के बुट्टाहरु भएका लुगाहरु बेचिन्छन् । लागु बिखादिले लठ्ठ्याउने संगीत, पोस्टर, कपालका शैलीहरु र लुगा सुन्दरताका नमूना भएर तेस्रो विश्वका आम बजारहरुमा ज्यादै प्रचलित सामान बन्न पुग्छन् । यी रङ्गीचङ्गी र मनमुग्धकारी प्रतीकहरुको साथसाथै नरकबाट भाग्न खोजिरहेका युवाहरुलाई नाङ्गा नखराले भरिपूर्ण नाचहरु हेर्न टिकट टक््रयाइन्छ । नयाँ पुस्ताहरुलाई निर्वाणतर्फको कष्टपूर्ण यात्रा गर्नुपर्ने इतिहासलाई त्यागिदिन आह्वान गरिन्छ । यस “लागु बिखादी संस्कृति”मा सामेल हुँदा कतिपय ल्याटिन अमेरिकी युवाहरु आफ्ना महानगरबासी समकक्षीहरुको जस्तो जीवन–शैलीको पुनर्उत्पादन भएको भ्रम प्राप्त गर्छन् ।
 
अलगावयुक्त औद्योगिक समाजका प्रचलित मूल्यहरु मानेर चल्न नसकी किनारतिर मिल्किएका समूहहरुबाट जन्मेको यो झुटो वैकल्पिक संस्कृतिको हाम्रो पहिचान र भाग्यका वास्तविक आवश्यकतासँग कुनै साइनो छैन । यसले त खालि गतिहीन तुल्याइएका मानिसहरुलाई उत्तेजना दिन्छ । यसले आत्म–समर्पण, अहंकार र संवादहीनतालाई जन्म दिन्छ । यसले यथार्थलाई जस्ताको तस्तै छाडिदिएर खालि यथार्थको बिम्बलाई मात्र परिवर्तन गरिदिन्छ । यसले पीडा बिनाको प्रेम र युद्ध बिनाको शान्ति प्रदान गर्ने वाचा गर्छ । अझ त्यसमाथि, चेतनालाई उपभोग्य वस्तुहरुमा बदलेर यसले त्यस विकृत चेतनालाई आम सञ्चार माध्यमले फिंजाउने “सुपरमार्केट विचारधारा”सँग ठ्याम्मै मिलाइदिन्छ । कार र रेफ्रिजेरेटरको मुहुनी मानिसका मनको तापलाई मौन तुल्याउन र उनीहरुका चिन्तालाई शान्त पार्नका लागि पर्याप्त नभए पनि कम–से–कम भूमिगत सुपरमार्केटमा शान्ति, जीवनमा केही भइरहेको छ भन्ने अनुभूति र सुख किन्नचाहिं सकिन्छ नै ।
 
हाम्रा यी कालहरुमा र हाम्रा यी मुलुकहरुमा साहित्यले चेतनालाई ब्युँझाउने र यथार्थलाई उद्घाटित गर्ने कुराको दाबी गर्न सक्छ ? व्यवस्थाको संस्कृतिले अर्थात् यथार्थको कथित विकल्प दिने संस्कृतिले यथार्थलाई ढाकछोप गर्ने र चेतनालाई जड तुल्याउने काम गर्छ । तर लेखकको ख्याति जतिसुकै झल्झलाकार भए पनि उसले झुटहरु र आज्ञापालनकारी विचारधारात्मक संयन्त्रहरुका विरुद्ध के गर्नसक्छ ?
 
समाजलाई मानिसहरुमाझको सम्पर्क विच्छेद गरिदिने ढङ्गले संगठित गरेको खण्डमा र मानव सम्बन्धरुलाई एकअर्काबाट अलग्गिएका र एकअर्कालाई प्रयोग र दुरुपयोग गर्ने, प्रतिस्पर्धा र उपभोगको कपटी खेल खेल्ने तहमा गिराइएको अवस्थामा बन्धुत्वपूर्ण सम्बन्ध र सामूहिक ऐक्यबद्धताप्रति प्रतिबद्ध साहित्यले के कस्तो भूमिका खेल्न सक्ला ? हामी इतिहासमा एउटा त्यस्तो विन्दुमा पुगेका छौं जहाँ जे जस्तो छ, त्यसलाई त्यस्तै भनेर पुकार्नुको अर्थ त्यसको निन्दा गर्नु हो । तर यहाँनेर कसलाई र कसको लागि भन्ने प्रश्न उठिहाल्छ ।
 
ल्याटिन अमेरिकी लेखकहरुको नाताले हाम्रो भाग्य गहन सामाजिक रुपान्तरणहरुसँग जोडिएको छ । यथार्थको बर्णन गर्नु भनेको आपैmलाई व्यक्त गर्नु हो । अर्थात् के कुरा स्वतः स्पष्ट जस्तो देखिन्छ भने दुःखकष्ट र निरक्षरता रहिरहुन्जेलसम्म र सत्ता हत्याएर बसेकाहरुले आम सञ्चार माध्यमका हतियारहरुद्वारा कुनै पनि दण्ड भोग्नु नपर्ने गरी जनतालाई सामूहिक रुपले मुर्दातुल्य तुल्याउने नीति लागु गरिरहुन्जेलसम्म साहित्यले पूर्ण रुपले भाव सञ्चार गर्ने जमर्कोका क्रममा शुरुदेखि नै बाधा–अड्चन झेल्नुपर्ने छ ।
 
आफ्नो लागि अरु कामदारहरुको भन्दा बेग्लै खालको विशेष स्वतन्त्रताको माग गर्ने लेखकहरुसँग मेरो सहमति छैन । हामी लेखकहरुले कुलीनहरुका किल्लाहरुभन्दा परसम्म जान खोज्ने हो भने, हामीले देखिने र नदेखिने बाधाहरुबाट फुक्का भएर आफ्ना भावना प्रकट गर्ने हो भने हाम्रा देशहरुमा ठूल्ठूला हेरफेरहरु, ठूल्ठूला संरचनागत हेरफेरहरु हुनु जरुरी छ । कैदी तुल्याइएको समाजमा त निन्दा र आशाका रुपमा मात्र स्वतन्त्र साहित्यको अस्तित्व हुनसक्छ । यसको साथसाथै, मलाई के लाग्छ भने अस्तित्वका कठोर अवस्थाहरु र जीवनमा भइपरिआउने भैंmझमेलाहरुले गर्दा धेरैअघिदेखि कुम्भकर्णे निन्द्रामा पतीत गराइएका मानिसहरुका रचनात्मक सम्भावनाहरुलाई सांस्कृतिक साधनहरुबाट मात्र साकार रुप दिन सकिन्छ भनी कल्पना गर्नु हावादारी कल्पना हुनेछ । ल्याटिन अमेरिकामा फक्रिनै नपाइकन हत्या गरिएका प्रतिभाहरु कति होलान् ? लेखक र कलाकारका रुपमा कहिल्यै मान्यता नपाएका लेखक र कलाकारहरु यहाँ कति होलान् ? 
 
अर्को कुरा, जुन देशका भौतिक आधारहरु स्वदेशी नभई बिदेशी महानगरीहरुमाथि आश्रित छन् के ती देशहरुमा पूर्ण रुपमा राष्ट्रिय संस्कृति प्राप्त गर्न सकिएला ?
 
अवस्था यस्तो भएकोले के लेख्नुको कुनै अर्थ छ त ? जसरी इतिहास “एकदमै मौलिक र विशुद्ध” हुँदैन त्यसैगरी संस्कृति पनि “एकदमै मौलिक र विशुद्ध” हुँदैन । कुनै पनि सामाजिक विकास प्रक्रियामा प्रभुत्वको चरण र मुक्तिको चरणको बीचमा अनिवार्य निरन्तरता हुन्छ भन्ने कुरालाई हामी स्वीकार गर्छौँ भने हाम्रो वास्तविक र सम्भाव्य पहिचानको अन्वेषण, प्रकाशन र विस्तार गर्ने काममा साहित्यको महत्व र यसको सम्भावित क्रान्तिकारी भूमिकालाई किन नकार्ने ? उत्पीडकले उत्पीडितहरुका अगाडि ऐनाले त्यसको चमकदार सतह बाहेक अरु कुनै पनि चीजलाई प्रतिबिम्बित नगरोस् भन्ने चाहन्छ । आफु को हुँ भन्ने कुरा र आफु कहाँबाट आएको हुँ भन्ने कुरा नै नजान्ने जनताले परिवर्तनको कुन प्रक्रियालाई क्रियाशील तुल्याउन सक्छन् र ? जनतालाई आफु को हुँ भन्ने नै थाहा छैन भने तिनलाई आफु कस्तो हुन लायकको छु भन्ने नै कसरी थाहा होस् ? जनताको यो आत्मबोधको प्रक्रियामा साहित्यले प्रत्यक्ष वा परोक्ष रुपबाट सघाउ पु¥याउन सक्दैन र ?
 
मलाई के लाग्छ भने आफ्ना जनताप्रति अर्थात् तिनका जरा, तिनका जीवनका जटिल भोगाइहरु र तिनको भाग्यप्रति लेखकमा जुन तहको गहन संवेदनशीलता छ, र लेखकमा जनताको मुटुको धड्कन, त्यसको आवाज र तालको साथसाथै उदाइरहेको सक्कली वैकल्पिक संस्कृतिको भेउ पाउने जति क्षमता छ, लेखकले गर्ने योगदानको सम्भावना त्यसैमा निर्भर गर्छ । “असंस्कृत” ठान्ने गरिएका कुराहरुमा अक्सर अर्को संस्कृतिका बीज वा फलहरु रहेका हुनसक्छन् र त्यसले प्रभुत्वशाली संस्कृतिका मूल्यहरु वा त्यसका कपटले भरिएका चिप्ला कुराहरुसँग टक्कर लिइरहेको हुनसक्छ । त्यसलाई केवल कुलीनहरुका “सांस्कृतिक उपजहरु”को भ्रष्ट नक्कल अथवा विद्यमान व्यवस्थाले जन्माएका सांस्कृतिक नमूनाहरुको अन्धभक्तिको आधारमा गरिएको नक्कल भनेर प्रायःजसो गलत ढङ्गले पन्छाउने गरिन्छ । तर कुनै लोककथा धेरैजसो कुनै “पेशागत” उपन्यासभन्दा पनि बढी यथार्थबोधी र अर्थपूर्ण हुनसक्छ, अनि रचनाकार अज्ञात रहेका कतिपय लोकगीतहरुले त शास्त्रीय संहिताअनुसार रचिएका कविताका ठेलीहरुले भन्दा बढी सशक्त ढङ्गले जीवनको धड्कनलाई व्यक्त गरेका हुनसक्छन् । भुक्तभोगी जनताले हज्जारौं तरिकाले आफ्ना दुःखकष्ट र आशाहरु व्यक्त गर्ने क्रममा सार्वजनिक गरेका जीवन–अनुभवका सक्कली बयानहरु “जनताका नाउँमा” लेखिने पुस्तकहरुभन्दा कता हो कता वाचाल र सुन्दर हुन्छन् ।
 
हाम्रो सक्कली सामुहिक पहिचान अतीतको गर्भबाट जन्मेको र त्यसैबाट पोषित भएको हुन्छ । अर्थात् जुन ठाउँमा हाम्रा पुर्खाहरुले हामीले भन्दा पहिले नै पहिलो पाइलो चालेका थिए, हाम्रा खुट्टाहरु त्यही ठाउँमा पाइला राखेर हिंड्छन् । आज हामीले पाइला चाल्ने ठाउँ उनीहरुले पहिले नै देखाइदिएका ठाउँ हुन् । तर यो पहिचान अतीतको स्मृतिदंश (नोस्टाल्जिया)मा कतै जमेर रहेको भने हुँदैन । पक्का कुरा गर्ने हो भने, पर्यटकहरुले पराजित मानिसहरुसँग माग गर्ने रीतिथिति, पोशाक र क्युरियो अर्थात् पुराना कलाकृतिहरुलाई बिर्सिइनबाट कृतिम ढङ्गले जोगाउने हेतुले हामी हाम्रा अतीतमा लुकेका अनुहारहरु पत्ता लगाउन लागेका चाहिं होइनौं । हामी जे गर्छौं हामी त्यही हौं, विशेष गरेर हामी जे जस्ता छौं र आपूmलाई फेर्न हामी जे गर्छांै हामी त्यही नै हौं । भनाइको अर्थ के हो भने कार्य र संघर्षमा नै हाम्रो पहिचान निहित छ । त्यसकारण, हामी के हौं भन्ने कुराको आत्मबोधमा ती मानिसहरुको निन्दा अन्तर्निहित हुन्छ जसले हामी जे बन्न सक्ने हौं, त्यो बन्नबाट हामीलाई रोक्छन् । हाम्रो आफ्नै परिभाषा गर्ने क्रममा हाम्रो प्रस्थान विन्दु भनेको बिघ्नबाधाहरु विरुद्धको चुनौती र संघर्ष हो ।
 
संकट र परिवर्तनको प्रक्रियामा जन्मेको र आफ्नो समयका जोखिम र घटनामा गहिरोसँग घुलमिल भएको साहित्यले यथार्थका नयाँ प्रतीकहरुको सिर्जना गर्नमा साँच्ची नै सघाउ पु¥याउन सक्छ । प्रतिभा र साहसको अभाव नभएको खण्डमा यस्तो साहित्यले सायद बाटाका चिन्हहरुमा प्रकाश पारिदिन सक्छ । अमेरिकामा जन्म लिएर झेल्नु परेको जीवनको दुःखकष्ट र यसको सौन्दर्यको गीत गाउनु निस्सार कुरा होइन ।
 
कुनै पुस्तकका एक संस्करणमा छापिएका थानहरु वा त्यसको बिक्रीका आँकडाहरु हेरेर त्यस पुस्तकको प्रभावको वास्तविक नापोको भेउ पाउन सकिन्छ भन्ने छैन । कहिलेकाहीं लिखित कृतिले हाम्रा नाङ्गा आँखाले देखेको भन्दा कता हो कता बढी प्रभाव पारेको हुनसक्छ । लेखकले आन्तरिक आशङ्काहरु र सन्तापहरुद्वारा समूहका प्रश्न र आवश्यकतालाई अनुभूत गर्न जानेको छ भने उसले वर्षौं पहिले नै त्यस्ता प्रश्न र आवश्यकताका उत्तर दिन सक्छ । रचना लेखकको घाइते चेतनाबाट जन्मिन्छ र त्यसलाई संसारतर्फ प्रक्षेपित गरिन्छ । सिर्जना गर्ने काम भनेको ऐक्यबद्धता जनाउने काम हो । त्यो ऐक्यबद्धताले स्रष्टाको जीवनकालमा सधैं आफ्नो लक्ष्य पूरा नगर्न सक्छ ।
 
१०
आफ्ना लागि साधारण मरणशील मानिसलाई नदिइने दैवी विशेषाधिकारको दाबी गर्ने लेखकहरुको दृष्टिकोणमा मेरो सहमति छैन । न त व्यर्थको व्यवसायप्रति समर्पित जीवन बिताएकोमा आफ्ना छाती पिट्दै र लुगा च्यात्दै कोकोहोलो मच्चाएर सार्वजनिक क्षमा याचना गर्ने लेखकहरुसँग नै मेरो सहमति छ । लेखक भनेको त्यस्तो दैवी आत्मा पनि होइन र त्यस्तो घृणित जीव पनि होइन । आफ्ना सीमाहरुप्रति सजग हुनु भनेको पङ्गुपनाको अनुभूति गर्नु होइन । अर्थात् साहित्य भनेको कार्यको एउटा रुप हो, त्यसकारण यसमा कुनै पारलौकिक शक्ति हुँदैन । तर लेखकले साहित्यिक कृतिद्वारा अर्थपूर्ण अनुभवहरु र व्यक्तिहरुलाई जीवन्त तुल्याउने कार्य गरेमा ऊ जादूगरझैँ प्रभावशाली बन्नसक्छ ।
 
लेखिएका कुरालाई गम्भीर रुपले पढिन्छ र त्यसले पाठकको चेतनालाई केही मात्रामा परिवर्तन गर्छ वा मलजल गर्छ भने परिवर्तनको प्रक्रियामा लेखकको भूमिकाको औचित्यको पुष्टि हुन आउँछ । लेखकले यो भूमिका घमण्ड र आत्महीनताद्वारा नभई कुनै वृहत् चीजको एक सानो अंशका रुपमा आफुलाई स्वीकार गरेर पूरा गर्छ ।
 
मलाई कस्तो लाग्छ भने जसले शब्दलाई नकार्छन्, उनीहरु आफ्नै छायासित र आफ्नै मनको अनन्त चक्रब्यूहसित एकोहोरो बात मार्ने खालका मानिसहरु हुन् । तर हामीहरुमध्ये जो मानिसहरुको आजको अवस्था पीपकुण्ड होइन भन्ने निश्चित यथार्थको भावना उमङ्गका साथ बाँडचूँड गर्न इच्छुक छौं, उनीहरुका लागि भने शब्दको अर्थ छ । हामी प्रशंसकहरु होइन, आपूmसित दोहोरो कुरा गर्ने मानिसहरुको खोजी गर्छौं । हामी रमिता होइन, सम्वाद प्रस्तुत गर्छौं । हाम्रो लेखन सम्पर्क कायम गर्ने मनशायबाट सुसूचित हुन्छ जसले गर्दा पाठकहरु उनीहरुबाट हामीकहाँ आउने शब्दमा सामेल हुन सकून्, र ती शब्द आशा र भविष्यवाणीका रुपमा फर्केर उनीहरुकहाँ जान सकून् ।
 
११
साहित्यले एक्लै यथार्थलाई परिवर्तन गर्छ भन्ने कुराको दाबी गर्नु पागलपना देखाउनु वा घमण्ड गर्नु हुनसक्छ । यो परिवर्तन ल्याउनमा साहित्यले मद्दत गर्नसक्छ भन्ने कुरालाई इन्कार गर्नु पनि मलाई कम मूर्खतापूर्ण लाग्दैन । हाम्रा सीमाहरुप्रतिको सजगता निस्सन्देह हाम्रो यथार्थप्रतिको सजगता पनि हो । हाम्रा सीमाहरु हुँदाहुँदै पनि हताशा र शङ्काको हुस्सुको बीचमा यथार्थको सामना गर्न र त्यससँग भिड्न सकिन्छ । साथसाथै ती हताशा र शङ्काविरुद्ध उभिन सकिन्छ ।
 
यस सन्दर्भमा आफ्नै नाइटोबारे गरिने परम् आनन्दमय चिन्तनप्रति समर्पित संकीर्ण साहित्य जति व्यर्थको चीज हो, आपूmसँग विश्वस्त भएकाहरुका निमित्त लेखिने “क्रान्तिकारी” साहित्य पनि त्यति नै ब्यर्थको चीज हो । केही मानिसहरु छन् जो त्यस्तो साहित्यले के कुरा अघि सार्छ र के कुराको सञ्चार गर्छ भन्ने विषयमा पहिले नै विश्वस्त भएका सीमित पाठकहरुलाई सम्बोधन गरिने अत्यन्तै अतिरञ्जित खालको “उग्र” साहित्य लेख्छन् । यी लेखकहरुले आपूm जतिसुकै क्रान्तिकारी भएको दाबी गेर पनि आपूmले जस्तै गरी सोच्ने र अनुभूत गर्ने अल्पसंख्यकहरुका लागि लेखेर र त्यस अल्पसंख्यालाई उसले चिताएजस्तै चीज दिएर के नै पो जोखिम उठाउँछन् र ? यस्तोमा असफलताको सम्भावना नै रहँदैन न त सफलताको सम्भावना नै रहन्छ । व्यवस्थाले वागी सन्देशमाथि लगाएको नाकाबन्दीलाई साहित्यले चुनौती नदिने हो भने लेख्नुको के नै पो प्रयोजन छ र ? साहसी र चतुर, स्पष्ट र ग्राह्य हुनुमा नै हाम्रो प्रभावकारिता निर्भर गर्छ । हामी रिमरिमे अँध्यारोलाई अभिवादन गर्नका निमित्त यथास्थितिवादीले प्रयोग गर्नेभन्दा बढी निर्भीक र सुन्दर भाषाको सिर्जना गर्न सकौंला भन्ने मलाई आशा छ ।
 
१२
मलाई आफ्नो व्यवसायमा विश्वास छ; मलाई आफ्नो औजारमा विश्वास छ । जुन संसारमा मानिसहरु भोकले मरिरहेका छन् त्यहाँ लेख्नुको कुनै अर्थ छैन भनी तडकभडकसाथ घोषणा गर्ने लेखकहरु किन लेख्दा हुन्, म यो कुरा बुझ्न सक्दिनँ । न त म शब्दलाई आफ्नो रोष र अशिष्टतामा परिणत गर्ने मानिसहरुका कुरा नै बुझ्छु । शब्दहरु हतियार हुन् । यी हतियारहरुलाई असल वा खराबको पक्षमा प्रयोग गर्न सकिन्छ । अपराधको दोष कहिल्यै पनि छुरीमाथि थोपर्न मिल्दैन ।
 
मलाई के लाग्छ भने दण्ड भोग्नै नपर्ने गरी सम्प्रेषणमा बाधा पु¥याउने र विश्वासघात गर्ने उद्देश्यका लागि बारम्बार प्रयोग र दुरुपयोग गरिएको शब्दको उद्धार गर्नु नै आज ल्याटिन अमेरिकी साहित्यको प्राथमिक काम हो ।
 
मेरो देशमा “स्वतन्त्रता” भनेको राजनीतिक बन्दीहरुका निम्ति कारागारको नाउँ हो । अनि “लोकतन्त्र” भनेको चाहिं यातनाका अनेकौं रुपहरुलाई जनाउने शीर्षकको एक अंश हो । “प्रेम” भन्ने शब्दले मानिसको उसको गाडीसँगको नातालाई परिभाषित गर्छ, अनि “क्रान्ति” शब्दले चाहिं नयाँ डिटर्जेन्ट पाउडरले मानिसको भान्सामा के काम गर्छ भन्ने कुराको बयान गर्ने कुरालाई बुझाउँछ । “गौरव” खास किसिमको चिप्लो साबुनले त्यसको प्रयोग गर्ने मानिसमा जगाउने भावनाको नाउँ हो, अनि “सुख”चाहिं हट डग खाँदा चाल पाइने चेतना हो । ल्याटिन अमेरिकाका धेरै देशहरुमा “शान्तिपूर्ण देश”को अर्थ “राम्ररी हेरचाह गरिएको चिहानघारी” हो, अनि “स्वस्थ मानिस” भन्नाले कहिलेकाहीं “पङ्गु मानिस” भनेर बुझ्नुपर्छ ।
 
सास्ती र सेन्सरशीप हुँदाहुँदै पनि लेखनबाट अहिले र पछिको लागि हाम्रो समयको र हाम्रा मानिसहरुका भोगाइहरुको ज्यूँदो प्रमाण प्रस्तुत गर्न सम्भव छ । मानौं लेखकले यसो भन्नका लागि लेख्छ, “हामी यहाँ छौं, हामी त्यहाँ थियौं; हामी यस्ता छौं, हामी त्यस्ता थियौं ।” ल्याटिन अमेरिकामा नौलो साहित्यले स्वरुप ग्रहण गर्दैछ र तागत बटुल्दै छ । यो पाठकहरुलाई निदाउन झुलाइदिने साहित्य होइन, यो त बरु उनीहरुलाई ब्युँझाउने साहित्य पो हो । यो साहित्यले हाम्रा मृतकहरुलाई गाड्ने कुरा अघि सार्दैन, बरु यसले त उनीहरुलाई अजम्मरी तुल्याउने कुरा पो अघि सार्छ । यसले खरानीलाई उधिन्ने होइन, बरु आगो बाल्ने जमर्को गर्छ । यो साहित्यले लडाकु शब्दहरुको सशक्त परम्परालाई जगाउने र समृद्ध तुल्याउने काम गर्छ । हामीमा आस्था छ भने अतीतको स्मृतिदंश (नोस्टाल्जिया)भन्दा आशा नै उत्तम हो । सके यो फस्टाउँदो साहित्य साामजिक शक्तिहरुको सौन्दर्यलाई वाणी दिन लायक हुनेछ, जुन साामजिक शक्तिहरुले छिटो वा ढिलो, हरसम्भव प्रयासबाट इतिहासको बाटोलाई आमूल रुपले परिवर्तन गरेरै छाड्ने छन् । अनि सके यसले भावी पुस्ताहरुका लागि कविका शब्दमा “सबै चीजका सच्चा नाउँहरु” जोगाइराख्न सघाउ पुर्याउन सक्ला । (१९७६)
 
*यो निबन्ध खगेन्द्र संग्रौलाद्वारा अनुदित आठ लेखक विलियम मोरिस, आन्टोनियो ग्राम्सी, अल्बर्ट आइन्सटाइन, बर्तोल्त ब्रेख्त, विलियम हिल्टन, एडुवार्डाे गालिआनो, एडबर्ड सइद र हवार्ड जीनका एघारओटा वैचारिक निबन्धहरुमध्ये एक हो । अनुदित निबन्धको सङ्कलन प्रकाशोन्मुख छ ।
 

Thursday, 6 November 2014

कस्तो हुन्छ त सम्भोगको बेला मस्तिष्क को स्थिति


mastiskतथ्य सदैब लुक्न सक्दैन। केही समयको लागी बंग्याउन सकिए पनि त्यसले बिस्तारै आफ्नो आकार लिन्छ-लिन्छ। दबाउन वा पछार्न खोजियो भने त झन् हावा भरिएको भकुण्डोझैँ जति बल गरेर दबायो त्यति माथि उफ्रिन्छ। कुनै पनि कुरा जान्न खोज्नु मान्छेमा हुने एकदमै सकारात्मक पक्ष र एउटा अर्को नयाँ आविष्कारको थालनी हो।
समाज बिकासको इतिहास हेर्दा कुनै बिशेष समयमा स्वतन्त्रता पूर्बक उजागर भैरहेका शारीरिक, मानसिक तथा सम्बेगात्मक प्रतिक्रियाहरु लुकाउने प्रक्रियाबाट लाज सुरु भएको तथ्य भेटिन्छ। करिब ४-५ लाख बर्ष पहिले कुनै बयस्क महिलाले आफ्ना अंग निर्भिक रुपमा चलाएर उत्तेजित भैरहेको अवस्थामा कोही अर्को मान्छे झल्याँस्स देखा पर्दा उसबाट आफ्ना उत्तेजित अंग लुकाउन खोज्दादेखि लाजको बिकास सुरु भएको मानिन्छ।
“लाज” भन्ने आधारभूत कुरा प्राय सबै समाजमा उस्तै-उस्तै प्रकारको भए पनि लाज मानिने बस्तु र प्रकृति फरक छ। उदाहरणको लागी नेपालमा पुरुष तथा महिलाको जनेन्द्रियको भाषिक नाम भन्नु लाजको बिषय मानेर सामाजिक स्तरमा भनिदैन।
भन्नै परे पनि उपनाम वा राम्रो नाम प्रयोग गरिन्छ। जापानमा महिला पुरुष दुबैले दुबैको जनेन्द्रियको नाम सामाजिक रुपमै प्रष्टसंग भन्छन, भन्न लाज हुँदैन। देखाउन पनि त्यति लाजको बिषय हुँदैन। अद्दापि कतिपय तातो पानीले नुहाउने ठाउँमा महिला पुरुष समूहमै, संगै, र नांगै नुहाउंछन्। घरमा नुहाउँदा पनि छोराछोरी १२-१३ बर्षका हुँदासम्मै स-परिवार सबैले संगै नांगै नुहाउँछन्। छोराछोरी १३-१४ काटेपछि भने आमाछोरी र बाउछोरा संगै नुहाउँन थाल्दछन्। तर सामाजिक स्तरमा “दिसा” भन्ने शब्द भन्नु लाजको बिषय हुन्छ।
अमेरिका लगायतका पश्चिमी देशमा परिवार भित्र “पिनस,” “भजैना,” “सेक्स” का कुरा खुलेर गरिन्छ तर बिषयबस्तु नै देखाउनु केही लाज हुन्छ। अफ्रिकातिर पनि त्यस्तै हो। दक्षिणी अमेरिकामा केटीहरुले स्तनको मुन्टा बाहेकको पुरै डल्लो देखाउन र नाङ्गो पुठो देखाउन कुनै लाजको बिषय हुँदैन।
ब्राजिलको कार्निभल भन्ने मेलामा २०-२५ बर्षका केटीहरुको स्तन र पुठो सिंगार्ने होडबाजी नै चल्दछ। दसौं लाख मान्छेहरुले हेर्ने र हप्तैभरि चल्ने उक्त जात्रामा आकर्षक स्तन र पुठो करिब पूर्णरुपमा देखाएर नाच्ने केटीहरुलाई बिबाह गर्न चाहने केटाहरुको हानथाप हुन्छ।
नेपालमा केटीको कुनचाहिं कुरालाई समाजले बढी आकर्षक मान्छ म त्यति जानकार छैन, तर अन्य धेरै देशमा खास केही कुरालाई बिशेष मानिन्छ। जस्तै:- अफ्रिकामा ठुलो ओठ, जापान तथा कोरियामा लामो घाँटी र मसिना तिग्रा, अमेरिका र युरोपमा स्तन, आदि।
नेपाल लगायतका पूर्वीय देशहरुमा समाज बिकासको केही कालखण्डमा यौनको बिषयलाई बढी दबाएर राख्न खोज्दा बेलाबेलामा ठूला बिष्फोटन पनि भएका छन्। मन्दिर तथा देवालयका टुंडालमा ठड्याइएका लिङ्ग, फट्टाइएका योनी आदि कोरिनु तथा खोपिनु, र ठाउंठाउंमा शिबलिङ्ग भन्दै लिंगका आकार बनाइनु धर्मको सुरक्षित आडलिएर यौनलाई बिष्फोटन गराइनुका परिणामहरु हुन्।
अहिलेको नेपालको सन्दर्भमा कुरा गर्दा आजभोली सम्भोग तथा सन्तान उत्पादन लगायतका यौनिकता सम्बन्धि बिषयमा सामाजिक रुपले राम्रै चेतना फैलिएको छ, तथापि पत्र=पत्रिकाले यसबारेमा अलिकतिमात्र कुरा उठाए भने एउटा पत्रिकाले अर्को पत्रिकाको बद्ख्वांईं गर्ने प्रवृतिमा भने बढोत्तरी आएको छ। यही कारणले गर्दा सम्भोग चरणका अवस्था (Human Sexual Response Cycle) बारेमा जनमानसमा खासै जानकारी छैन, जुन कुरा मनोबैज्ञानिक तथा ज्ञान बिकासको दृष्टिकोणले नकारात्मक हो। तर यही कमजोरीको फाइदा उठाएर एडल्ट भिडियो, अस्लिल पत्रिका, खेलौना जस्ता उपन्यास लेखन तथा बिक्रीवितरण भने यौनिकताका विकृत रुप हुन्।
मानवमा सम्भोग चरणका अवस्थाको बारेमा सर्वप्रथम सन् १९६६ मा William H. Master र Virginia E. Johnson ले सिधान्त प्रतिपादन गरेका हुन्। त्यसपछि अन्य सिधान्तहरु पनि प्रतिपादन भएका छन्। मानवमा सम्भोग चरणका Excitement Phase, Plateau Phase, Orgasmic Phase र Resolution Phase गरी चार अवस्थाहरु हुन्छन्।
भौतिक तथा मानसिक कुराहरु जस्तै :- नग्नतासंग सम्बन्धित आफ्नै अथवा अरुको अंगहरु ऐच्छिक रुपले हेर्नु, देख्नु वा देखिनु, सम्भोगको चाहना सहित एकअर्कालाई छुनु, चलाउनु, म्वाइ खानु आदि क्रियाकलापले व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा सम्भोग सम्बन्धि Excitement पैदा गर्दछ। तर यौन सम्पर्क भन्ने कुरालाई एकदम नकारात्मक किसिमले हेरियो भने अथवा यौन सम्पर्कमा भागलिने अर्को पक्ष प्रति अति घिणाको भावले हेरिएको छ भने मान्छेमा यौन इच्छा नै मार्ने संयन्त्र स्थापित हुनसक्छ। कुनै पनि गहिरो साधना गरेमा हाम्रो शरीर त्यस्तै प्रकारको बन्न सक्दछ। यस्तो स्थितिमा शरीरलाई सर्बप्रथम लैजान सक्ने एक जना बौद्ध भिक्षु थिए। उनले आफूले सधै पाउने पीडादायी यातनाबाट छुटकारा पाउन आफ्नो शरीरलाई पीडा नै अनुभब नहुने बनाउन सकेका थिए।
प्रसंग बदलौं। व्यक्ति शारीरिक तथा मानसिक दुवै रुपले सम्भोगको लागी तयार हुनु Excitement Phase हो। यो अवस्थामा कुनै अबरोध भएन भने त्यो क्रमशः बिकसित हुँदै Plateau Phase मा पुग्दछ। Plateau Phase मा महिला तथा पुरुष दुवै उस्तै रुपमा तयार हुन पुग्छन्। तर यो पूर्ण रुपले Excitement Phase बाट छुट्याउन सकिने खालको हुँदैन। Orgasmic Phase एकदम छोटो हुन्छ। पुरुषमा स्खलनपछि तुरुन्तै सिद्धिन्छ तर महिलामा एकपछि अर्को हुने अवस्था पनि हुन्छ। Orgasmic Phase को महसुस संयन्त्र जस्तै:- योनी तथा लिंगको वोरिपरिको भागदेखि गुद्दद्वारसम्मको भाग एकै प्रकारले (Rhythmically) खुम्चिने र फुक्ने प्रक्रिया, महिला तथा पुरुषमा उस्तै प्रकारको हुन्छ तर दुबैको अनुभब भने फरक-फरक किसिमको हुन्छ। त्यति मात्र होइन, सम्भोगबाट संसारका हरेक व्यक्तिले महसुस गर्ने पन कसैको कसैसंग मिल्दैन। Resolution Phase मा व्यक्तिमा सम्भोगको चाहना जिरो, अझ नकारात्मक हुन्छ। उल्टै व्यक्तिको शारीर तथा दिमागले गुमेको शक्तिलाई पुनः प्राप्त गर्ने कोशिस गरिरहेको हुन्छ। कतिपय व्यक्तिलाई त सम्भोगपछि केही समय निदाउनै पर्छ।
Excitement Phase मा दुबैको मुटुको धड्कन, स्वासप्रश्वास, र रक्तचाप एकदम बढ्छ। २००६ सालमा गरिएको एउटा सर्भे अनुसार स्तनमात्र चलाउँदा पनि ८२% महिलामा र ५२% पुरुषमा Excitement Phase पुरा भएको पाइएको थियो। यो अवस्थामा पुरुषको लिंगमात्र कडा हुने अथवा तन्किने नभई महिलाको स्तन, योनीका सबै भागहरु तन्किने र कडा हुने गर्दछन्। यसरी सम्भोगको तीब्र इच्छाले यौनांग कडा हुने अवस्थालाई Sex Flush भनिन्छ।
Sex Flush को अवस्थामा पुरुषको लिंग सुरुको अवस्थामा एकदम उतेजित र ठुलो हुन्छ तर त्यो उत्तेजना एकैनासको हुँदैन, बढ्ने घट्ने भैरहन्छ। अन्डकोषहरु लिंगको जरातर्फ माथि सर्छन, र साबिकको भन्दा झण्डै डेडगुणा ठुला हुन्छन्। महिलाको पनि योनीका सबै भागहरु जस्तै:- Clitoris, Labia Minora, Vulva, Vagina, Pelvis, स्तन सबै एकदम फुल्दछन, र दुबैका सम्भोगमा भागलिने अंगहरुको रंग पनि फेरिन्छ।
योनी पनि ठुलो हुन्छ र योनीका भित्ताहरु लगातार संकुचन र बिस्तार भैरहन्छन। जसको कारण तरल पदार्थ लगातार बगीरहन्छ। अनुहार पनि रातो हुन्छ। दुबैको छातीमा चाला देखिन पनि सक्छन्।
सन्तान उत्पादनको लागी मात्र सम्भोग गर्ने अन्य जनावरले भावना र चाहनाले सम्भोग गर्दैनन्। मानिस बाहेकका प्राय जनावरहरु जब बर्षको अथवा केही बर्षहरुको अन्तरालमा सन्तान उत्पादनकोनिम्ति एकदम उर्बर अवस्थामा पुग्छन, उनीहरुमा फेरोमोन (Pheromone) नामक हर्मोन अत्यधिक उत्पादन हुन्छ। त्यही हार्मोनको उत्पादनले पोथीमा यौनिच्छा जगाउँछ भने त्यसैको गन्धले भालेमा सम्भोगको तीब्र इच्छा जगाइदिन्छ। जनावरहरुलाई उमेर र सुन्दरताको ज्ञान र मतलब हुने गरी उनीहरुको मस्तिष्कको बिकास (Evolution) भएको छैन।
मान्छेको मस्तिष्कको बिकासको ढांचाले सम्भोगको उद्देश्यमै परिवर्तन ल्याइदिएको छ। अरु जनावरझैं सन्तान उत्पादनको लागी मात्र नभएर मान्छेले सम्भोगलाई आफ्नो जीवन यापनको एक नियमित प्रक्रिया बनाउन सकेको छ। सदैब सम्भोगको चाहना हुने गरी मस्तिष्कको बिकास हुँदैगएकोले नै महिलामा एक पटक स्तन उठेपछि अरु जनावरको झैं ब्याउने बेलामामात्र बढ्ने नत्र सुक्ने नभएर केही परिवर्तन बाहेक सदैब उस्तै हुने गरि स्तनको पनि विकास (Evolve) भएको मानिन्छ। अरु पोथी जनावरको योनीमा पनि सम्भोगको बेलामा मान्छेमा जस्तै प्रक्रिया हुन्छ, तर मान्छेको योनी तुरुन्तै सम्भोगको लागी तयार हुनेगरी विकास (Evolve) भएको छ अन्य जनावरको भएको छैन।
कतिपय अनुसन्धानकर्ताहरुले सम्भोगलाई कुनै प्रकारको पीडा शान्त पार्ने अथवा कुनै नकारात्मक इच्छा पुरा गर्ने औसधि वा लागु पदार्थसँग पनि तुलना गरेका छन्। जसरी अल्कोहल, निकोटिन तथा अन्य बिबिध प्रकारका लागु पदार्थ सेवन गर्दा सेबन गर्ने व्यक्तिले क्षणिकरुपमा सन्तुस्टी पाएको महसुस गरे पनि शारीरिक र मानसिक रुपमा गल्दै गएको हुन्छ, त्यसरी नै नियमित अथवा बढी सम्भोग गर्ने व्यक्तिको अनुहारको चमक एकदम घट्दै जान्छ, अथवा ऊ छिटै बुढो हुन्छ भनेर पनि भनेका छन्। कतिपय महिलाले सम्भोगको बेला पीडा नै हुनेगरी आफ्नै कपाल तान्नु पनि यस्तै कारण मानिन्छ।
सम्भोगको बेला, अझ बिशेष गरेर स्खलित हुँदाको अवस्थामा, मस्तिष्कको स्थिति कस्तो हुन्छ त ? हाम्रा जनेन्द्रियहरुका बिभिन्न भागहरु एकदम धेरै नर्भहरु टुंगिने अथवा मस्तिष्कसंग सिधा र द्रुत सम्पर्क स्थापित गर्ने ठाउंहरु हुन्। महिलाको Clitoris मा मात्र यस्ता नर्भहरु ८ हजार वोटा हुन्छन्।
स्खलित हुँदा Hypogastric Nerve ले महिलाको योनीमार्ग र सानो पेट, अनि पुरुषको लिंगको टुप्पाको अनुभवको स्थिति, Pelvic Nerve ले महिलाको योनी र सानो पेटको, अनि दुबैको गुद्दद्वारको अनुभवको स्थिति, Pudendal Nerve ले महिलाको Clitoris, अनि पुरुषको अन्डकोष को अनुभवको स्थिति, र Vagus Nerve ले महिलाको योनी, योनीमार्ग, स्तनको मुन्टा तथा तल्लो पेटको अनुभवको स्थिति मस्तिष्कमा पठाउँछ।
हाम्रो मस्तिष्कमा आनन्द महसुस गर्ने भन्ने एउटा Pleasure Center अथवा Reward Circuit भन्ने ठाउं हुन्छ। त्यसैले सम्भोग, हाँसो, नसालु पदार्थको सेवनबाट प्राप्तहुने लगायतका आनन्द अथवा मजाको अनुभब गर्दछ। Lateral Orbitofrontal Cortex भनिने देब्रे आँखाको ठिक पछाडि हुने मस्तिष्कको भागले मान्छेको व्यवहारलाई निर्देशित र नियन्त्रण गर्दछ। तर चरम उत्कर्षको बेलामा यो भाग बन्द हुन्छ। जसको कारण यो बेलामा व्यक्तिले आफूलाई नियन्त्रण गर्न सक्दैन, नसालु पदार्थ खाए जस्तै बन्दछ।
पुरुषको तुलनामा सम्भोगको सम्बन्ध महिलामा ब्यापक प्रकारले स्थापित हुँदै बिकसित हुँदैगैरहेको छ। जस्तै:- सम्भोगको बेलामा महिलामा Periaqueductal Gray (PAG) भनिने मस्तिष्कको भाग, जसले “Fight to Fight Response” लाई नियन्त्रण र निर्देशन गर्दछ, त्यो पनि सक्रिय हुन्छ। त्यस्तै गरी डर र चिन्ताको बेला सक्रिय हुने amygdale र hippocampus भनिने मस्तिष्कको भागमा निस्कृयता आउँछ। तर पीडासंग सम्बन्ध हुने मस्तिष्कको भाग भने सक्रिय हुन्छ। यसबाट के बुझिन्छ भने सम्भोगको पूर्ण आनन्द लिनको लागी महिलालाई सुरक्षा पहिलो प्राथमिकता हुन्छ, अनि पीडा र आनन्दको कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ।
(यो लेख माइसंसार बाट लिइएको हो यसको लेखक  गौतम "उदय" हुनुहुन्छ)

Saturday, 1 November 2014

गजल लेखन सम्बन्धी एक लेख


लेखक:- केशु बिरही

    अरबिक माटोमा जन्मिएर हिन्दी, उर्दु भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो कालखण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकी -अबु अब्द अल्लाह सफर इब्न मुहम्बत)ले जन्माएको विस्वास गरिएको यो विधा अरबी, फारसी, टर्केली, अंग्रेजी तथा अन्य भाषामा पनि प्रयोग हुदै आएको छ । झन यसले हिन्दी साहित्यमा त ठूलो स्थान ओगट्न सफल देखिन्छ । अन्य विधाको तुलनामा अग्रणी देखिन्छ ।

गायन तथा वाचन दुवै दृष्टिकोणमा यो विधा एक शसक्त रुपमा देखा परेको छ । पछिल्लो समयमा आएर यो विधाले नेपाली माटोमा पनि आफ्नो दरिलो उपस्थिती जनाइसकेको छ । अर्थात आफ्नो गतिलो प्रभाव जमाइसकेको छ । यो झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।
जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रुपमा प्रस्तुत गर्न सफल यो काव्यिक विधाले नेपाली साहित्यमा गायन र वाचन दुवै आधारमा आफ्नो प्रभाव छाड्दै एउटा छुट्टै छितिज निर्माणको यात्रामा पाइलाहरू अनवरत रुपमा अगाडि वढाइरहेको देखिन्छ ।
गजल विधालाई नेपाली माटोमा भिञ्याउने श्रेय भने मोतीराम भट्ट -वि.स.१९२३ -१९५३)लाई जान्छ । मोतीराम आफ्नो अध्ययनको सिलसिलामा भारतको वनारस गएको र त्यहा रहादा बस्दा उनको भारतीय गजलकारहरू संग गतिलो उठबस भएको बताइन्छ । यसै क्रममा गजलमा प्रभावित भएर उनले त्यहिबाट यो विधालाई नेपाली माटोमा भिञ्याएको मानिन्छ । हुन त गजललाई मोतीराम भन्दा अघि नै अरु कसैले नेपाली माटोमा भिञ्याइसकेका थिए पनि भन्ने गरेको पनि पाइन्छ । ती व्यक्ती मगर थरका थिए भनेर कही कतै उल्लेख गरिए पनि त्यसको गतिलो प्रमाण भने भटिएको छैन । उनी को थिए ? कहाका थिए भनेर किटानीका साथ पनि लेखिएको पाइदैन । त्यसैले मोतीरामलाई नै गजलको प्रवर्तक मानिसकिएको अवस्था छ । यसरी मोतीरामलाई नै नेपाली गजलका प्रवर्तक मान्दा पनि नेपाली मोटोमा गजलले पाइला टेकेको सवा सयको भन्दा लामो समय भै सकेको छ । एउटा लामो कालखण्ड नै वितिसकेको छ भन्न सकिन्छ ।
लामो समयसम्म सुशुप्त अवस्थामा वसेको गजल विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । झागिने अवसर पायो । वि.स. २०३६ -गजलको आधुनिक/ पुनर्जागरण काल) साल पछि भने यसले व्यापक रुप नै लिन पुग्यो । वि. स.२०४६ साल पछि गजल लेखनमा एउटा वहार नै आएको छ । झन वि.स.२०६० पछि त के बुढा के तन्नेरी सवै गजल लेख्नमा तम्सिएका देखिन्छन । गजलमा होमिएका देखिन्छन । गजलमा आफ्नो पनि छाप छोड्न होस वा आफ्नो प्रभावलाई कायमै राख्न होस सवै दौडधुप गरिरहेका देखिन्छन । हत्तारिरहेका देखिन्छन ।
गजल शव्दको स्रोत, व्यत्पति र अर्थ
गजल शव्दको स्रोतका वारेमा विद्वानहरूमा एकमत पाइदैन । एकथरीले यसलाई अरबी भाषाबाट आएको वताएका छन भने अर्काथरीले फारसीबाट । सवैले आ- आफ्नो धारणा अघिसारेका छन । तर अधिक विद्वाहरूको मत भने यो अरबी भाषाबाटै आएको ठहर छ । त्यही ठहरका साथ गजल पछिल्लो समयमा अघि वढेको पाइन्छ । त्यसैले अव गजल शब्दको स्रोतलाई अरबी नै मान्नु पर्ने कुरामा सवैजसोको सहमति देखिन्छ ।
फारसी स्रोत मान्नेहरूले गजल शव्दको व्युत्पति ‘गजला’बाट भएको बताएका छन । फारसीमा यस्को अर्थ हुन्छ मृगनयनी वा सुन्दरी । त्यसैको आधरमा गजललाई प्रेम र नारीको वयान गर्ने एक गतिलो माध्यमका रुपमा पनि लिएको पाइन्छ ।
केहीले गजल मूलतः फारसी शब्द हो । लोक सङ्गीतबाट जन्मिएको यस विधाले प्रेमप्रधान भावसंग सरोकार राख्ने कुरा बताएका छन ।
अरबी स्रोत मान्नेहरू यो अरबी साहित्यको कसिदाबाट आएको विस्वाश राख्छन । अरबीमा साहित्यमा प्रचलनमा आएको कसिदा र मर्सिया नामका दुई काव्य विधा थिए । कसिदाले जिवित व्यक्तीको वर्णन वा प्रशंसा गर्दथ्यो भने मर्सियाले दिवंगत व्यक्तीको । कसदिको आरम्भको दुई वा चार हरफको पद्यांशलाई तश्बीब भनिन्छ । कसिदाको यही अंशले नै पछि आएर गजलको रुप लियो । यही तश्बीबले कालन्तरमा आएर गजलको रुप लियो । र पछि आफ्नो अलग्गै अस्तित्व स्थापित गरेको वताइन्छ । तश्बीबले प्रायः प्रेमालापलाई नै वर्णन गर्ने भएकोले यसले गजलको स्वरुप प्राप्त गर्दा प्रेमीका साग वार्तालाप गरिने विधाको रुपमा चिनिएको हो भन्ने धेरैको मत रहेको छ ।
यही आधारमा अडिएर गजलकार मनु ब्राजाकीले गजल -ग+ज+अल्)को व्युत्पतिलभ्य अर्थ लगाएका छन । गजल शव्द अरबिक भाषाबाट आएको हो । अरबी भाषामा ग बाणी, ज स्त्री र अल् वार्तालाप भन्ने अर्थ हुन्छ । अरबी भाषाको यो अर्थलाई हेरेर नै गजललाई नारीसंग गरिने प्रेममय वार्तालाप भनिएको हुन सक्छ । त्यसैले गजलको संवन्ध प्रेमसंग जोडिएको र त्यही आधारमा गजलको सिर्जना गर्ने गरिएको पाइन्छ । आज यही मान्यतामा अडिएर गजल सिर्जना गर्नेको संख्या पनि कम छैन । अझ यसलाई केहीले त मात्र ‘गाजल’ अर्थात सौन्दर्य रुपमा पनि हेर्ने गरेका छन ।
यसैगरी गजल शव्दको व्युत्पतिको वारेमा एउटा छुट्टैखाले किंवदन्ति पनि रहेको छ । पहिला अरवमा ‘गजल’ नामका व्यक्ती थिए रे । उनले आफ्नो पुरै जीवन प्रेम र मस्तीमा डुवेरै विताउथे रे । उनी प्रेमकै विषयमा कविता पनि लेख्थे रे । प्रारम्भमा उनले लेख्ले गरेको प्रेमपरक कविताको स्मरणमा पछि लेखिएका यस्तै खाले कवितालाई पछि आएर गजल भन्न थालिएको हुन सक्छ भन्ने प्रसङ्ग पनि गजलकार डा. कृष्णहरि बरालले आफ्नो पुस्तक गजल सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।
अंग्रेजी भाषामा न्बशभिभ शब्द छ । इहायचम मष्अतयलबचथ ले न्बशभिभ को अर्थ Smबिि बलतष्यिउभ वताएको छ । Smबिि बलतष्यिउभ को अर्थ बल बलimब चिभकझदष्लिन ब मभभच हुन्छ । अर्थात हरिणको सानो वच्चा वा शावक ।
अंग्रेजी भाषाको न्बशभििभ शव्द र यही शव्दको अर्थलाई हेरेर नै समालोचक देबी पन्थीले हरिणको वच्चा -शावक)ले शिकारीको तीरबाट घायल वनेर एक्कासी निकालेको आवाज नै गजलको रुप हो र पछि त्यही ‘गजला’ शव्द अपभ्रंश भएर गजल भएको हुन सक्छ भन्ने आफ्नो धारणा गजल सिद्धान्त र समालोचना नामक पुस्तकमा अघि सारेका हुन सक्छन ।
त्यस्तै पछिल्लो समयमा आएर गजलको शाब्दिक अर्थलाई फरक फरक ढङ्गले पनि परिभाषित गर्ने गरेको पाईन्छ । त्यसै क्रममा समालोचक देवी नेपालले ‘गजल’को व्युत्पतिबाट यस्तो व्यञ्जनात्मक अर्थ प्रस्तुत गरेका छन ।
ग- गम्भीरता, गेयत्मकता, वा गतिशीलता
ज- जीवन्तता, जनपि्रय वा जादूपूर्ण
ल- लयात्मकता, लाक्षणिकता वा ललितता
तर जे जस्ता भारणा वा परिभाषा आए पनि यो विधाको सुरुवात भने सृङ्गार वा प्रेम बाटै भएको हो भन्ने ठाउहरू यथेष्ठ मात्रामा पाउन सकिन्छ । यो ध्रुवसत्यलाई छिपाउन सकिदैन । र छिपाउन मिल्दैन पनि तर अर्को सत्य पनि के हो भने पछिल्लो समयमा आएर गजलले आफ्नो क्षेत्रलाई फराकिलो वनाइसकेको छ । आजको गजलले सि्रङ्गार वा प्रेमभावलाई मात्र वोकेको छैन । यसले तमाम जनसरोकार विषयलाई उठाउदै आएको छ । यो मामलामा सफल पनि देखिएको छ । आज गजलले आफ्नो क्षेत्रलाई व्यापक वनाउदै नेपाली माटोमा आफ्नो दरिलो उपस्थिती जनाउन सफल भइसकेको छ । अर्थात गतिलो प्रभाव जमाइसकेको छ । यो आझ झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।

गजल संवन्धी धारणा वा परिभाषाहरू
“गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा हो । यसमा सुक्ष्म र तिख्खर अभिव्यक्ती रहेको छ ।” – ज्ञानुवाकर पौडेल
“गजल भनेको प्रणय, कामना र आन्तरिक पीडाका हार्दिक भावहरूको सुललित अभिव्यक्ती हो ।” – मनु ब्रजाकी
“प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता ।” – नेपाली बृहत शव्द कोष
“गीत र कविता आ- आफ्नै विशेषता भएका दुई नदी हुन् भने गजल तिनीहरूको संगम हो भन्न सकिन्छ । तर गजललाई गीत वा कविता मात्रै बनाउनु वा भन्नु अनविज्ञता सिवाय अरु केही पनि होइन ।” – डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
“गजल कोमल र हार्दिक भावको सशक्त र सङ्क्षिप्त अभिव्यक्ति हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आभुनिकताका नाममा यी दुई तत्वलाई बिगार्न मिल्दैन ।” -ललिजन रावल
“भ्व, कल्पना, बिम्ब तथा प्रतिक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ । जसमा एउटै छन्दका तीन वा तीन भन्दा बढी स्वतन्त्र शेरहरू हुन्छन ।” -डा. कृष्णहरि बराल
“गजल गेयात्मक र संगीतात्मक विधा हो ।” – अमर त्यागी
“गजल नेपाली साहित्यमा स्थापित उपविधा हो ।” – परशु प्रधान
“गजल फारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ ।” -उर्दू हिन्दी कोश
गजलका वारेमा धेरै खाले धारणा व् परिभाषाहरू आएका छन । कसैले गजललाई गाजल मात्र ठानेका छन भने कसैले गजल गाजल मात्र नभएर गाजल धारण गर्ने आाखा हो भन्न पनि पछि परेका छैनन । कसैले गजललाई छुट्टै काव्यिक विधाको रुपमा त कसैले गजललाई कविताको उप विधाको रुपमा हेरेका छन । त्यस्तै गीतसंग तुलना गर्ने पनि देखिन्छन ।
गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा, आन्तरिक पीडाको हार्दिक भावहरूको सन्तुलन अभिव्यक्ती मोन्ने गजलकार द्वय ज्ञानुवाकर पौडेल र मनु ब्राजाकीको परिभाषाले गजलको वैशिष्ठतालाई प्रष्ठ पार्न खोजेको देखिन्छ भने परशु प्रधानको परिभाषाबाट गजललाई एउटा छुट्टै विधाको रुपमा स्वीकार गरेको आसय पाइन्छ । उनले गजललाई नेपाली साहित्यमा एउटा स्थापित उपविधा हो भनेका छन ।
गजललाई गीत र कविताको संगम मान्न सकिने तर गजललाई गीत वा कविता भन्नु चाही अज्ञानता हो भन्ने अभिव्यक्ती दिएर गजलको महत्वलाई अझ प्रष्ट पार्ने काम भएको छ डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को परिभाषाबाट । यसले गाउन सकिने भएकोले गजल गीत हो भन्ने वुझाइलाई गलत भएको वताएको छ । गजल र गीतमा केही समानता हुदा हुदै पनि धेरै भिन्नता भएको वताएका छन ।
ललिजन रावलले गजलमा लयको कुरालाई बढावा दिएका छन । उनले कफिया र लयलाई अनिवार्य तत्वका रुपमा लिएका छन । वीचारको पछि मात्र लागेर लयअनुशासालाई ध्यान नदिनेहरूको लागि भने यो गतिलो जवाफ सावित भएको छ । अमर ‘त्यागी’को परिभाषा पनि ललिजन संग सन्निकटता देखिन्छ । उनको विचारमा गजल गेय विधा हो । यसलाई वाचनमा मात्र सिमित नगरेर गायन तर्फ अग्रसर गराइनु पर्नेमा जोड दिएका छन । त्यस्तै डा. कृष्णहरि बरालले भाव, कल्पना, बिम्ब र प्रतिकलाई महत्व दिदै गजललाई एउटा काव्यिक विधाका रुपमा लिएका छन । अर्थात उनले गजललाई कवितासंगै दाजेर हेरेका छन ।
त्यस्तै नेपाली बृहत शव्दकोषको र उर्दू हिन्दी कोशको गजल संवन्धी धारणा भने पुराना देखिन्छन । यी दुवैले गजलको छुट्टै अस्तीत्वलाई स्वीकारेका छैनन । नेपाली बृहत शव्दकोषले गजललाई “प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता ।” हो भनेको छ । त्यस्तै उर्दू हिन्दी कोशले “गजल पारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ ।” भनेको छ ।
यी दुवै धारणा वा परिभाषाहरू समय सान्दर्भिक देखिदैनन । धेरै पुराना र त्यतिकै अव्यवहारिक पनि देखिन्छन । यी परिभाषालाई भने परिवर्तन गर्नु पर्ने दखिन्छ । नेपाली बृहत शव्द कोषले भने झैं अव गजल प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कवितामा मात्र सिमित रहेन । त्यो मान्यता त अव पुरानो भैसकेको छ । गजलले आज आफ्नो क्षेत्रलाई फराकिलो पारिसकेको छ । पुरानो मान्यतालाई भत्काउदै आज गजलले मानव जीवनका अन्य सरोकार राख्ने सवै खाले विषय वस्तुलाई उठाउदै आएको छ र त्यसमा सफलता पनि हाता पारेको छ ।
जस्ले जे जस्तो धारणा वा परिभाषा अघि सारे पनि गजल एउटा कोमल तथा हार्दिक विधा हो । गजल सरल तथा सरस विधा हो । यसले सरलता र सरसता भित्रै सशक्तताको खोजि गर्छ भन्ने कुरामा कसैको पनि दुई मत छैन । सवैले यो कुरालाई स्वीकारेका छन र स्वीकार्नु पर्छ नै । गजल र गीतमा केही समानता हुदा हुदै पनि यी दुई अलग अलग विधा हुन ।
गीत, गजल र कविता एउटै हुनै सक्दैनन । अझ गजल एउटा छुट्टै विधा हो । यसको आफ्नै परिधी वा संरचना छ त्यसलाई भत्काएर गजल नै बन्न सक्दैन ।
गजललाई मैले भने यसरी परिभाषित गर्ने गरेको छु । शव्द र विम्बको ओजपूर्ण सुललित अभिव्यक्ती नै गजल हो । जस्को छुट्टै परिधी वा संरचना छ । त्यही परिधी वा संरचन भित्र रहेर गजलमा भाव, लय र वीचारले खेल्न पाउनु पर्छ ।

नेपाली गजलको काल विभाजन
प्राथमिक काल वि. स. १९४० – वि. स. २०००
पुनर्जागरण कालः वि. स. २०४० – वि. स. २०५०
विकास कालः वि. स. २०५० साल यता
-ललिजन रावल

प्राथमिक कालः वि.स.-१९४० वि.स.- १९९२
माध्यमिक कालः वि.स.-१९९३ वि.स.-२०३५
आधुनिक कालः वि.स.-२०३६ यता.
-दुबसु क्षेत्री
प्राथमिक कालः वि.स.-१९४० वि.स.-१९९२
आधुनिक कालः वि.स.-२०३६ यता
- डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
प्राथमिक कालः वि.स.-१९४० वि.स.-१९९२
आधुनिक कालः वि.स.-१९९३ वि.स.-२०३५
पुनर्जागरण तथा आधुनिककालः वि.स.-२०३६ यता
- देवी पन्थी
पूर्वार्द्ध वि. स. १९४०-२०३५
प्रथम चरण -वि. स. १९४०-२००२)
द्वितीय चरण -वि. स. २००३ -२०३५)
उत्तरार्द्ध वि. स. २०३६ देखि यता
-कृष्णहरि बराल
काल विभाजनमा पनि सवैका आ-आफ्नै वीचारहरू रहेका छन । केहीले प्राथमिक र पुनर्जागरण काल । प्राथमिक, माध्यमिक, र आधुनिक काल । प्राथमिक र आधुनिक काल । प्राथमिक, पुनर्जागरण तथा आधुनिक काल । पूर्वाद्व र उत्तरार्द्व गरी दुई र तीन काल खण्डमा विभाजन गरेको पाइन्छ ।
यसरी काल विभाजन गर्ने क्रममा प्राथमिक कालको सुरुवातलाई सवैले एउटै समय -वि.स.-१९४०) लाई माने पनि त्यस्तो अन्त्यलाई भने फरक फरक रुपमा उल्लेख गरेको देखिन्छ । कसैले वि.स.१९९२ लाई प्राथमिकालको अन्त्य मानेका छन भने केहीले वि.स.१९९६ लाई । विं. स.-२००० लाई मान्नेपनि छन । त्यस्तै पुनर्जागरणकाल र आधुनिककाललाई पनि केहीले एउटै समयावधीमा रोखेका भए पनि त्यसको समय तोक्ने कुरामा मत वाझिएको पाइन्छ । धेरैले वि.स.२०३६ साल पछिको समयावधीलाई गजलको आधुनिककाल मानेका छन ।
गजल विधाको कालक्रम तोक्ने भनेको समय मात्र होइन । यसको शैली तथा प्रवृति पनि हो । शैली तथा प्रवृतिगत आधारमा छुट्याइनु उपयुक्त हुन्छ । यसरी शैली तथा प्रवृतिगत दुष्टिले हेर्दा वि.स. १९४०- वि.स. १९९६ प्राथमिक काल मान्नु उपयुक्त देखिन्छ । जसमा धेरै सहमत देखिन्छन । किनभने मोतीराम भट्ट देखि उपेन्द्रबआदुर ‘जिगर’को ‘एक रुप एक गजल संग्रह’ -१९९६) प्रकाशन सम्मको समय शैली तथा प्रवृतिगत रुपमा समानता पाउन सकिन्छ । त्यति भिन्नता पाउन सकिदैन । त्यस पछि वि.स.२०३५ साल सम्म गजल पूर्ण रुपमा सेलाएको अवस्था छ । त्यो सवैले स्वीकारेकै छन । तसर्थ वि.स.१९९६ – वि.स.२०३५ को समयावधीलाई माध्यमिक काल मान्न सकिन्छ ।
त्यस्तै वि. स. २०३६ साल देखि यताको समयलाई आधुनिक तथा पुनर्जागरण काल मान्नु उपयुक्त देखिदा देखिदै पनि यस अवधीलाई दुई भागमा वाढेर हेर्नु मुनासिव ठहरिन्छ ।
समयले आज ठूलो फड्को मारिसकेको छ । अर्थात आजको अवस्थामा आइपुग्दा गजलले पनि ठूलो फड्को मारिसकेको छ । २०३६ साल देखि पछिको समय अवधीको गजलक्रम पनि एकैनासले विकाश भएको पाइदैन । २०३६ साल देखि २०४६ साल पछिको परिवर्तनको केही साल सम्मको गजलको विकाश क्रम एक तरिकाले भएको छ भने त्यस पछिको गजलको विकाशक्रम अर्कै तरिकाले भएको पाइन्छ । तसर्थ यो वीचको समयलाई पनि अव अलग्गै रुपमा छुट्याएर हेर्नु मुनासिव हुने मैले ठानेको हु । त्यही आधारमा गजलकार ललिजन रावलले वि.स. २०४० देखि वि. स. २०५० सम्मको समयलाई आधुनिक वा पुनर्जागरण काल र वि. स. २०५० साल पछि पछिको समयलाई भने नेपाली गजलको विकास काल मान्नेका छन ।
उनको पछिल्लो काल विभाजन केही सान्दर्भिक जस्तो लागे पनि उनले वि. स. २००० देखि वि. स. २०४० सम्मको ४० बर्षको अवधीलाई काल विभाजनमा उल्लेख नगर्दा अलि अपुरो जस्तो लाग्न जान्छ । किन भने यो अवधीमा गजल सुन्य भए पनि मृत चााही थिएन भन्न सकिन्छ ।
तसर्थ समय सान्दर्भिक हुने हेतुले मैले गजलको काल विभाजनलाई यसरी गरेको छु ।
प्राथमिक कालः वि.स.- १९४० वि.स.- १९९६
माध्यमिक कालः वि.स.- १९९६ वि.स.- २०३५
पुनर्जागरण /आधुनिककालः वि.स.- २०३६ – वि. स. २०५०
विकास कालः वि. स. २०५० साल यता
-केशु बिरही

गजलको क्षेत्र
गजलको कुनै छुट्टै वा अलग्गै विशेष क्षेत्र भने देखिदैन । यसले साहित्यका अन्य विधाले उठाउने गरेका यावत विषय वस्तुहरू नै गजलका विषयवस्तु वन्ने गरेका छन । त्यसैले गजलको छुट्टै क्षेत्र वा विषय छ भन्नु अज्ञानता वाहेक केही पनि होइन । गजलले हिजो प्रेमी र प्रेमीकाका कुराहरू अर्थात प्रणयभाव मात्र वोक्न सक्छ भन्ने मान्यतामा पनि परिवर्तन भैसकेको छ । र यसले त्यो पुरानो मान्यतालाई भत्काएर नया मान्यतालाई स्थापित पनि गरि सेको छ । यसले पछिल्लो समयमा मानव जीवनका सरोकारका सवै विषय वस्तुहरूको उठान गरिसकेको छ । यस्तो अवस्थामा आएर गजलको यो नै क्षेत्र हो भनेर कित्ता लगाउने काम ठीक होइन भन्ने मेरो वीचार हो ।
हुन त गजलको जन्म प्रणयभावबाटै भएकोले गजललाई श्रृगारिक धारामा मात्र सिमित गर्नु पर्छ भन्ने वीचार पनि यदाकदा आउने गरेका छन । कहिलेकही केही सर्जक मित्रहरूबाट यस्तो आवाज उठ्ने गरेको छ । तर पछिल्लो समयमा गजलले पाएको व्यापकता र लोकपि्रयताले त्यस्ता वीचारहरूलाई स्वत अप्रमाणित गरिदिएका छन ।

गजलको भाषा
गजलको भाषा सरल र सरस हुनु पर्छ । सुवोध्य खाल्को हुनु पर्छ । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै गजलको विशेषता हो । गजललाई कोमल तथा हार्दिक वनाउनलाई भाषाको महत्वपूर्ण भूमिका रहन्छ । अर्थात शव्द र विम्बसंग खेल्न जान्नु पर्छ । शब्द र बिम्ब संग खेल्न जान्ने, शब्दको लाक्षणिक अर्थ दिन सक्ने सर्जक नै वास्तवमा सफल गजलकार कहलिन्छ ।
संरचाका दृष्टिले कसकास गरेर मात्र सफल सिर्जना वन्न सक्दैन । समालोचकहरूले गजलमा रदिफ, काफिया र लयको अनिवार्यतालाई मात्र पूरा गरेर मात्र सुन्दर गजल सिर्जना वन्न सक्दैन, त्यसको लागि त गजलभित्रको जीवन्त भाव, चिन्तन र विचारले पनि उत्तिकै भूमिका खेलेको हुन्छ भन्ने विचरलाई अघि सार्दै आएका छन । गजलको भाषालाई महत्व दिदै आएका छन ।
गजलका किसिम वा प्रकारः
गजललाई मुख्यतया दुई किसिममा वर्गीकरण गरिएको छ ।
-१) विषयवस्तुको आधारमा
-२) रदिफको आधारमा

-१) विषयवस्तुको आधारमा गजललाई दुई किसिम विभाजन गरिएको छ । ती हुनः
-क) मुसलसल गजलः यसमा गजलका सवै शेरहरू एउटै विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन
-ख) गैरमुसलसल गजलः यसमा गजलका शेरहरू फरक-फरक विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन ।

-२) रदिफको आधारमा पनि गजललाई दुई भागमा विभाजन गरिएको छ ।
-क) मुरद्दफ गजलः – यसमा रदिफ र काफिया दुवैको प्रयोग भएको हुन्छ ।
-ख) गैरमुरद्दफ गजलः – यसमा रदिफको प्रयोग गरिएको हुदैन ।
-नोटः- उदाहरणहरू तल प्रस्तुत गरिएका छन ।)

गजलका तत्वहरू
गजलका तत्वहरूको निर्धारण गर्ने कुरामा पनि फरक फरक मत रहेका छन । कसैले रदिफ, काफिया , मतला, मकता, बहर -छन्द) आदिलाई वताएका छन भने केहीले गजलका तत्वका रुपमा भाव तथा विषय वस्तु, कल्पना, सङ्गीत, बिम्ब तथा प्रतिकका साथै भाषालाई समेत गजलका तत्वका रुपमा लिएका छन । संरचनाद्वारा कुनै रचनाले गजलको रुप धारण गरे पनि काव्यको लागि आवस्यक मानिने तत्वहरूका अभावमा केनै पनि रचना गजल बन्नै नसक्ने कुरा डा. कृष्ण्हरि बरालले गजलः सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।
गजलका तत्वका वोरेमा जे जस्ता कुरा आए पनि शेर, रदिफ, काफिया, मतला, मकता, बहर, तखल्लुस आदि नै मुख्य हुन । भाव, बिम्ब, प्रतिक, अलङ्कार आदिलाई गजलका मुख्य तत्वका रुपमा परिभाषित गर्नु सान्दर्भिक ठहरिदैन । किनभने बिम्ब र प्रतिक भनेका गजलका भाषा र लय भित्रै समायित हुने गर्छन । एउटा सुन्दर सिर्जना भित्र कतै न कतै यी तत्वहरू अटाएकै हुन्छन । तसर्थ गजलका तत्वहरूमा शेर, रदिफ, काफिया, मतला, मकता, तखल्लुस, बहर, भाषा र लयविधानलाई नै मुख्य तत्व मान्नु उपयुक्त देखिन्छ ।
यहा गजलको आधारभूत संरचनाको वारेमा संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ । हुन त आजभोलि गजलका निम्न लिखित सिद्धान्तको वारेमा सामान्यरुपमा ज्ञान भैसकेको छ । तै पनि नया तथा सिकारु गजलकारका लागि यी तत्वको वारेमा जानाकारी दिनु आवस्यक ठानेको छु । त्यसैले गजलमा प्रयोग हुने केही तत्वहरूको वारेमा केही चर्चा गरौं ।

शेर
एउटै लय वा छन्द -बहर)मा बाधिएका दुई पङ्िति मिलेर शेरको निर्माण हुन्छ । जसरी एउटा कवितामा श्लोक -कतबलशब) वा अनुच्छेद हुन्छ त्यसैगरी गजलमा शेर हुन्छ । गजलका अनुच्छेद वा श्लोकलाई शेर भनिन्छ । अंग्रेजीमा यसलाई -अयगउभित) वा दुई पङ्तिको श्लोक भनिएको छ ।
अर्थात समग्रमा भन्दा गजल शेरमा अनुवन्धित हुने साहित्यिक रचना हो । शेर अरबी भाषाबाट आएको शव्द हो । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको शाव्दिक अर्थ ‘केश’ हुन्छ । केशलाई सौन्दर्य वा प्रेमको प्रतिक पनि मानिन्छ । ‘शेर’ दुईओटा हरफ वा लाईनबाट निर्माण भएको हुन्छ । केही उदाहरण हेरौः -
कति दियौ पीडाहरू मैले गन्न वाकी थियो ।
तिमी भने हिडी हाल्यौ केही भन्न वाकी थियो ।। -ललिजन रावल

ढाटी छली आफूलाई कति बाच्न सकिएला ?
हृदयमा पीर बोकी कति हास्न सकिएला ? – मनु ब्राजाकी

उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो ।
माल्सिरी भाखा सागै गाए राम्रो हुन्थ्यो ।। – बूद राना

मिसरा
गजलका प्रत्येक दुई पङ्क्तिलाई मिसरा भनिन्छ । अर्थात दुई मिसरा मिलेर एउटा शेरको निर्माण भएको हुन्छ । शेरको पहिलो पङ्क्तिलाई ‘मिसरा ए उला’ र दोश्रोलाई ‘मिसरा ए सानी’ भनिन्छ । ‘मिसरा ए उला’ र ‘मिसरा ए सानी’को सम्वन्ध एक आपसमा अन्योन्याश्रति हुन्छ । यी एक आपसमा असंवन्धित भएमा असंवन्धता दोश हुने कुरा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले आफनो पछिल्लो कृति गजल मिमांसा र सौन्दर्यमा उल्लेख गरेका छन । ‘मिसरा ए उला’ ले उठाएको जिज्ञासा वा कौतुहलतालाई ‘मिसरा ए सानी’ टुङ्ग्याउने नै गजलको विषेशता हो । कहिलेकही ‘मिसरा ए सानी’ ले उठाएको जिज्ञासा वा कौतुहलतालाई ‘मिसरा ए उला’ ले पनि समाधान गर्न सक्छ । यी दुवै एक आपसका अन्योन्याश्रति पङ्क्तिबाटै शेरको पूर्ण भाव अभिव्यक्त भएको हुन्छ । केही उदाहरण हेरौः -
एक थोपा आसु पनि तर्न गाह्रो भयो । -मिसरा -ए उला)
भङ्गालोमा तरु भन्छु पर्न गाह्रो भयो । -मिसरा ए सानी) -बिजय सुब्बा

खाली छन् है प्रतगिका पाना यता गाउातिर । -मिसरा -ए उला)
चुहेका छन् हिजोजस्तै छाना यता गाउातिर ।। -मिसरा ए सानी) -चंकी श्रेष्ठ

जानी जानी राती पार्यौ नजाऊ यती राती भन्यौ । -मिसरा -ए उला)
कोही छैनन् घरमा आज, हिंड जाऊा माथी भन्यौ । -मिसरा ए सानी) -निश्प्रभ सज्जी

मतला
मतला वा मत्ला भन्नाले गजलको प्रथम शेर हो । यसलाई गजलको शीर मानिन्छ । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । अरबी भाषामा यसलाई ‘मतलअ’ भनिन्छ । मतलाको शाव्दिक अर्थ ‘उदय हुनु’ वा ‘आरम्भ हुनु’ भन्ने हो । त्यसैले यसलाई गजलको टाउको पनि मानिएको हो । गजलमा ‘मतला’लाई गजलको प्रतिनिधि शेर पनि भनिन्छ । त्यसैले गजलमा मतलालाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ । केहीले यसलाई गजलको परिचय शेरको संज्ञा दिएर अपुरो अर्थ लगाउन पनि खोजेका छन तर यो आफैमा पूर्ण शेर हो । गजलका शेरहरू कहिल्यै पनि अपुरा हुनै सक्दैन । सर्धैं पूर्ण हुन्छन । एउटा गजल ‘मतला’बाट सुरु भएर ‘मकता’मा गएर टुगिंन्छ । मतलाका केही उदाहरण हेरौः -
खण्डहरमा परिणत घर भएछ ।
हताहत यहा धेरैको रहर भएछ ।। -ज्ञानुवाकर पौडेल

थाहै नपाई अनायसै, रिसाउछु राजेश्वरी ।
तिम्रै यादले सिरानीलाई भिजाउछु राजेश्वरी ।। -कृशु क्षेत्री

एक पल्ट बााधिहेर जञ्जिर त्यो खोली हेर ।
मुस्काएको नजरले लुम्बिनी त्यो भोलि हेर । – रामगोपाल आशुतोष

काफिया
गजलको मतला र त्यस पछिका हरेक शेरका ‘मिसरा ए सानी’मा आउने शब्द वा -स्वर) शब्द समूह नै नै काफिया हुन । काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको अर्थ ‘बावम्बार आउने’ भन्ने हुन्छ । त्यसरी काफियामा भएका शव्दहरू भने परिवर्तन गर्न सकिए पनि स्वरहरू भने अपरिवर्तित हुन्छन । काफियालाई गजलको मुख्य तत्वको रुपमा लिइन्छ । काफियाको अभावमा गजलको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले यसलाई गजलको मुटु मानिएको हो । गजल सिर्जनामा गजलकारले यसको प्रयोगमा धेरै ध्यान पुर्याउन जरुरी छ । अन्यथा गजल भनेर सिर्जना गरिएको रचना गजल नभएर पजल पनि हुन जान्छ ।
प्राथमिक कालका गजलहरूमा त्यो कमजारी देखिएको ललिजन रावलले प्रतिनिधि नेपाली गजलहरू भाग- ५ मा उल्लेख गरेका छन । ती गजलहरू सारमा मात्र नभएर रुपगत हिसावले पनि अति नै कमजोर भएको पनि उनको दावी छ । त्यसो भनेर आजभोलिका गजलहरूमा त्यो दोश छदै छैन भन्ने तर्फ भने उनको आसय होइन र लिनु पनि हुादैन । आजभोली गजलमा पनि त्यो दोश प्रसस्त मात्रमा देख्न सकिन्छ । गजलका नाममा फजलको सिर्जना भैरहेका छन । ती सवै कुरा काफियाको मर्मलाई नवुझ्दा भएका हुन । काफियाका केही उदाहरण हेरौः -

पाखा र पखेरा नाचेको मान्छे म म ।
सिन्की र ढिंडोमा बाचेको मान्छे म ।। -गोर्खे साइलो

आयौ र बास माग्दै छाती चरेर भाग्यौ ।
माया दिएर राखे गाली गरेर भाग्यौ ।। -घनेन्द्र ओझा

आश्वासनका मीठा कुरा सुनिदैछन् अझै पनि
हृदयका आवाजहरू, थुनिदैछन् अझै पनि ।। -खगेन्द्र गिरी ‘कोपिला’

पल- पल आखाबाट झरेको छु आज ।
थाहा छैन आफैलाई मरेको छु आज ।। -पुष्प अधिकारी ‘अञ्जली’

काफियालाई पूर्ण, आंशिक र एकाक्षरी गरेर मुख्यतया तीन भागमा विभाजन गरिए पनि पछिल्लो समयमा आएर पूर्ण, आंशिक, मिलित र एकाक्षरी गरी चार भागमा विभाजन गरिएको पनि पाइन्छ । धेरैले भने पूर्ण काफियालाई वढावा दिएका छन । काफियाको यो प्रयोगलाई मात्र दोश रहित मानेका छन । तर गजलमा आंशिक, मिलित र एकाक्षरी काफियाले पनि उतिकै मान्यता पाएका छन । पूर्ण, आंशिक, मिलित वा एकाक्षरी काफिया जे हुन गजलकारले गजल सिर्जनामा काफियाको स्वरलाई भने चिन्न सक्नु पर्छ ।
-क) पूर्ण काफियाः पूर्ण शब्दको प्रयोग भएका अर्थात स्वर र व्यञ्जनका आधारमा श्रुतिसमान शब्दलाई पूर्ण काफिया हुन । जस्तै गर्न, तर्न, मर्न, र्झन, भर्न, छर्न । त्यस्तै पिएकी, जिएकी, लिएकी, सिएकी आदि । पराई, तराई, मराई आदि । पूर्ण काफिया प्रयोग भएका केही शेरहरू हेरौंः -

घरको छत् ‘नि तराई हुन्छ तिम्रो सहरमा ।
छिमेकी ‘नि पराई हुन्छ तिम्रो सहरमा ।। -प्रकाश आङदम्बे

घातीसाग मनको बह फुकाउनु हुन्न सानु ।
बिनाकसुर उचो शीर झुकाउनु हुन्न सानु ।। -प्रकट पगेनी ‘शिव’

जसै गजल लेख्न वसे बहर बोकी आयौ तिमी ।
अनायसै सम्झनाका लहर बोकी आयौ तिमी ।। -अञ्जु अञ्जली

आंशिक काफियाः पूर्ण रुपमा नभै त्यस शब्दमा केही वर्ण मात्रै काफियाको रुपमा प्रयोग भएका हुन्छन । जस्तै कहानी, सिरानी, निशानी, दिवानी, जिन्दगानी, रानी आदि । आंशिक काफिया प्रयोग भएका केही शेरहरू हेरौं -

म जसलाई भन्ने गर्छु सिकारी हो त्यो ।
तिमी उसैलाई भन्छौ पुजारी हो त्यो । डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

नबोल बोल सुस्तरी लुकाइ बैास षोडसी ।
नखोल खोल अङ्गका उमङ्ग रङ्ग घसी ।। -नवराज लम्साल

तिमी साथ भए पछि भगवान पनि चाहिदैन ।
मेरो रात जग्मगाऊ, विहान पनि चाहिदैन ।। -सुरेश वाग्ले

तिमी हास्नलाई मलाई रुवायौ ।
बडो सञ्च मान्दै चिमोठी दुखायौ ।। -रमेश ‘शुभेच्छु’

मिलित काफियाः

यसमा स्वर र व्यञ्जनको ध्वनी समान भएका पद वा बाक्यको काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै गर्छ यो, भयो, गयो, छन त, भन त आदि । मिलित काफिया प्रयोग भएका केही शेरहरू हेरौं -

घामको लाली घोलेर रातो छ त नि छन त ।
रातमा छाया परेर हो कि अधेरो जगत ।। -बूद राना

एकाक्षरी काफियाः

शब्दको अन्त्यमा एउटा अक्षर मात्र काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै यो, त्यो, को हो भो आदि । एकाक्षरी काफियामा निर्मित गललको शेरको उदाहरण तल प्रस्तुत गरिएको छ ।

छुट्टाछुट्टै बल्न खोज्दा प्रकाश टुक्रिन्छ दियाहरूको ।
टुक्रिएरै बल्न खोज्दा सधैंभरि हार होला जिन्दगीको ।। -ललिजन रावल

रदिफ
मतलाको दुवै पङ्क्तिका ‘मिसरा ए उला’ र ‘मिसरा ए सानी’ को अन्त्यमा दोहोरिएर आउने शव्द वा शव्द समूह नै रदिफ हुन । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ ‘पछिपछि आउने’ भन्ने लाग्छ । रदिफ काफियाको पछि प्रयोग हुने हुनाले यो ‘पछिपछि’ आउने अर्थ सान्दर्भिक नै देखिन्छ । कापियालाई ‘पुर्वानुप्रास’ र रदिफलाई ‘अन्त्यानुप्रास’ पनि भन्न सकिन्छ भन्ने पनि छन । यो मतलाका दुवै शेरमा र वााकी मिसराका सवै दोश्रो पङ्ति, ‘मिसरा ए सानी’मा आउछ ।
प्रयोगको आधारमा गजललाई ‘मुरद्दफ’ र ‘गैरमुरद्दफ’ गरी दुई भागमा बााडिएको पाइन्छ । मुद्दरफ भन्नाले रदिफ प्रयोग गरिएको र गैरमुद्दरफ भन्नाले रदिफ प्रयोग नभएको गजल भन्ने अर्थ जनाउाछ । हुन त रदिफ विना पनि गजलको सिर्जना गर्न सकिन्छ । विना रदिफ लेखिएका गजलहरू पनि नेपाली गजलमा प्रशस्तै भेटिन्छन । केहीले यसलाई अनिवार्य तत्वको रुपमा नलिइ ऐक्षिक तत्वका रुपमा पनि उल्लेख गेरेका छन । रदिफ शब्दले ‘घोडसवारको पछि वस्ने मानिस’ भन्ने अर्थ जनाउछ । घोडा चलाउन पछाडिको मानिसको आवस्यक्ता पर्दैन । अर्थात उसको अभावमा पनि घोडा चल्न सक्छ भन्ने मान्यतालाई लिएरै रदिफको प्रयोगलाई ऐक्षिक मानेका हुन सक्छन । तर यस्को प्रयोगले गजललाई झनै सुन्दर वनाउछ । अझ यसरी पनि भनौ न घोडासवार पछि अर्को मानिस पनि छ भने संभावित खतराबाट जोगाउाछ । लड्न दिदैन । त्यसैले यसको प्रयोगलाई महत्व दिइएको हो । केहीले यसलाई अनिवार्य तत्वको रुपमा पनि लिने गरेका छन । रदिफ प्रयोग भएका र रदिफप्रयोग नभएका केही शेरहरू हेरौः -
मुरद्दफ गजलका शेरहरू उदाहरण

खालि आसु बगाउनु- तिम्रो भाग्य हैन ।
एकान्तमा रमाउनु- तिम्रो भाग्य हैन ।। – रासा

जति जल्यौ अव नजल साथी ।
क्षणिक झिल्का भै नवल साथी ।। -केशु बिरही

नबोले नि झिम्झिम् गर्ने परेलीकी बातै मजाको ।
तिमी हुादा पो त हुन्छ पूणिर्माको रातै मजाको ।। ‘विवश’ बलिभद्र कोइराला

‘गैरमुरद्दफ’ गजलका शेरहरू उदाहरणः

अझै पनि यो मुटुमा तिम्रै माया साचिरा’छु ।
तिमी आउने दिन गन्दै औलाहरू भाचिरा’छु ।। -सुन्दर कुरुप

तिम्रो भव्य दरवारमा व्यर्थै पीर पोखिएछ ।
न्याय गर्न तिमीबाट ब्वाासोलाई तोकिएछ । – श्रेष्ठ पि्रया ‘पथ्थर’

फूलमा हैन हैन म कतै झारमा छु ।
यस्तै छ जिन्दगी सधै हतारमा छु । -सुरेश वाग्ले

रदिफलाई मूख्यतया ‘स्वतन्त्र’ र ‘मिश्रति’ गरि दुई भागमा विभाजन गरिएको छ ।
-क) स्वतन्त्र रदिफः गजलका शेरमा स्वतन्त्र एकाइको रुपमा दोहोरिएर आउने शव्द नै स्वतन्त्र रदिफ हुन । जुन काफियाको पछि विना परिवर्तन आउने गर्छन ।
-ख) मिश्रति रदिफः काफियाको पछि वा काफिया संगै एकाकार भएर आउने रदिफ नै मिश्रति रदिफ हुन ।
त्यस्तै देवी नेपाल, सुरेश सुवेदी र घनेन्द्र ओझा -लेखक त्रय)द्वारा लिखित गजल कसरी लेख्ने ? भन्ने कृतिमा रदिफलाई पदमूलक, पदावली मूलक र वाक्यात्मक गरी तीन भागमा विभाजन गरिएको पाइन्छ । सोही कृतिबाट केही उदाहरण पनि लिऔ ः
-क) पदमूलक रदिफः काफिया पछि एउटा पद मात्र रदिफको रुपमा आएको हुन्छ ।

ब्रमा खुड्किलो चढ्छ जो चढ्न द्यौ ।।
बढ्छ राको अझै युद्धको बढ्न द्यौ ।। -बलराम दाहाल

तिमी फूल गुरास भन्छ्यौ म खसेको पात परे ।
बाहिरै देऊ पिउने पानी म झरेको जात परे ।। -’विवश’ बलिभद्र कोइराला

पदावलीमूलक रदिफः

दुई वा दुई भन्दा वढी शब्द काफियाको रुपमा प्रयोग भएका हुन्छन ।

दुःखमा नै जिएकी छ मेरी धरा ।
आसु झारी पिएकी छ मेरी धरा ।। -सुसैन खाा

झरी पर्दा तिमी एक्ली थियौ ।
जून झर्दा तिमी एक्ली थियौ ।। -रासा

मलाई चरी बात लगायौ तिमीले ।
हजारौ थरी बात लगायौ तिमीले ।। -सुरेश सुबेदी

बाक्यात्मक रदिफः

एउटा पुरै वाक्य नै रदिफको रुपमा प्रयो भएका हुन्छन ।

जुन मोडमा बिदा लियौ, म छु आज सम्म त्यही पि्रया ।
अ, हिजो तिमी पनि त्यै थियौ, म छु आज सम्म त्यही पि्रया ।। -शारदा सजल

कमै मिल्ने प्यारजस्ती, मायाको के कुरा गरौ ।
बहुमूल्य हारजस्ती, मायाको के कुरा गरौ ।। -रुपक बनबासी

मकता
अरबी भाषाको ‘मक्तूअ’बाट विकसित हुदै ‘मकता’ वा ‘मक्ता’ भएको हो । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । यसलाई गजलको टुङ्ग्याउनी पनि भनिन्छ । केहीले ‘तखल्लुस’ प्रयोग भएको छ भने मात्र मकता हुने नत्र मिसरा नै मान्नु पर्ने मत पनि अघि सारेका छन । तर मतलालाई गजलको आरम्भ वा थालनी मानिसके पछि अव मकतालाई गजलको अन्त्य भाग मान्नु उपयुक्त देखिन्छ । चाहे त्यहा तखल्लुस प्रयोग गरिएको होस् या नहोस । किन भने तखल्लुसलाई अनिवार्य तत्व मानिएको छैन । तखल्लुस राख्ने वा नराख्ने त्यो लेखकमै भर पर्ने कुरो हो । तखल्लुस प्रयोग नभएको शेरलाई मकता नमाने मिसरा मात्रै मान्ने हो भने त्यो गजलको अन्त्य कहिल्यै हुने ? के तखल्लुस प्रयोग नभएको गजलको अन्त्य नै हुादैन त ? तसर्थ विना संकोच गजलको अन्तिम शेरलाई मकता भन्नु नै उपयुक्त हुन जान्छ । मकताका केही शेरहरू हेरौः -

नजातले रोक्यो उसलाई नस्वार्थले रोक्छ ।
प्रगतिबादी वोल्न ऊ भक्भकाएर आउने छ ।। – सिवाकोटी पुरानाघरे

स्वभीमान जिन्दावाद नारा जिन्दगीको ।
बितेको रात हु मेरो कहानी के सुनाउा ।। -गोपाल अश्क

दिनमा तर्किएर हिड्नुको मजा ।
भेट्न आउाछु भनेको राति रहेछ ।। -वियोगी बुढाथोकी

तखल्लुस
‘तखल्लुस’ अरबी भाषाको पुलिङ्गी शब्द हो । गजल वा सायरीमा लेखकले आफ्नो नाम वा उप नाम राख्ने चलन रहेको छ । लेखकको त्यही नाम वा उप नामको रुपमा प्रयोग भएर आउने शब्दलाई ‘तखल्लुस’ भनिन्छ । हुन त यसलाई अनिवार्य तत्वका रुपमा भने लिइएको पाइदैन । यसलाई ऐक्षिक तत्वको रुपमा हेरिएको छ । यस्ले गजललाई सुन्दर वनाउछ । अझ अर्थपूर्ण वनाउछ । सुन्दर वा अर्थपूर्ण वनाउने हुनाले यस्को प्रयोगलाई पनि अर्थपूर्ण रुपमा लिनु जरुरी देखिन्छ । तर असान्दर्भिक रुपमा गरिएको तखल्लुसको प्रयोगको भने कुनै अर्थ रहदैन । सही तखल्लुसको प्रयोगले मात्र गजलकारको परिपक्कताको वोध गराउछ । तखल्लुस प्रयोग भएका केही शेरहरू हेरौं ।

सायद कुनै पविर्तन हुदैछ ।
‘विभोर’ बिनाकारण क्रुद्ध हुदैन ।। -विभोर बराल

छर्नेहरू छरिर’छन जनताका नाम ।
‘विजय’लाई अक्षर समेत छर्न गाह्रो भयो । -विजय सुब्बा

साथीहरू घर घरै न्यानो गरी सुते होलान् ।
आफू भने ‘मनु’जीको पछि पछि लाग्दो रहेछु ।। -मनु ब्राजाकी

कहा पुग्थे ल ‘गोर्खे’का सवाल,
घरैहुल्ने भएपो माधुरीको ।। -गोर्खे साइालो

बहर
नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ । संस्कृत काव्य परम्परामा ‘छन्द’ भने झैं फारसी गजल परम्परामा ‘बहर’ भनिन्छ । यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ ।
उर्दु तथा फारसीमा थुप्रै बहरहरू छन । पचास जति बहरहरू र त्यसमा पनि भेद तथा उपभेद भएको कुरा विभिन्न समाचोलकहरूले उल्लेख गरेका भए पनि गजलकार गोर्खे साइालोले पल्ब साहित्यिक पत्रिका – गजल विशेषाङ्कमा -भाग – १३ मा) नेपाली बहरका ११, मात्रिक बहरका ४ र शास्त्रीय बहरका १९९ गरी जम्म २१४ ओटा बहरको वारेमा परिचय सहित उल्लेख गरेका छन ।
तर नेपाली गजलमा ती सवै बहरहरूको प्रयोग हुन सकेको देखिदैन । नेपाली गजलमा सिमित बहरहरूको मात्र प्रयोग भएको पाइन्छ । हुन त बहरमा गजल लेख्नेको संख्या नै त्यति वढी नभए पनि । अर्थात मुक्त बहर -छन्द)मा लेख्नेको तुलनामा यस्ता मानिसहरूको संख्या न्युन रहेपनि पछिल्लो समयमा आएर यस्तो संख्या बढ्दो छ । शास्त्रीय बहर तर्फको आकर्षण दिनानुदिन वढ्दो देखिन्छ । फुटकर रुपमा मात्र नभएर पछिल्ललो समयमा आएर शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको सङ्ग्रह पनि प्रकाशित भैरहेका छन र हुने क्रममा छन । यो क्रम वढ्दो छ ।
केही पिङ्गला छन्दहरू शास्त्रीय बहर संग मिल्न जान्छन । त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ । पछिल्लो समयमा आएर त्यस्ता बहरका साथसाथै अन्य स्व निर्मित बहरमा गजल लेख्नेको संख्या पनि कम छैन ।
रुक्नहरूको संयोजनबाट बहरहरूको निर्माण गरिन्छ । रुक्न भनेका बहरका गण हुन । रुक्नहरूको समूहलाई अर्कान भनिन्छ । हुन त पिङ्गला छन्दमा -यमाताराजभानसलगा) आठ गण भए झैा इस्लामिक आठ रुक्नहरूको पनि चर्चा गरिएको पाइन्छ । तर उर्दू तथा फारसीमा प्रयोग हुने रुक्न त्यति मात्र होइनन । उर्दू तथा फारसीमा रुक्नहरू यति नै छन भनेर किटानी गरिएको पनि पाइदैन ।

गजलका बहरहरूलाई मूलरुपमा मुफरद -मूल) मुरक्कब -मिश्रति) तथा मुजाहिफ -परिबर्तित) गरि तीन भागमा विभाजन गरिएको छ । मुफरद बहर एउटै रुक्नको दुई, तीन र चार आवृत्तिबाट बन्छ भने मुरक्कब बहर दुई वा दुई भन्दा बढी फरक फरक रुक्नको मेलबाट बन्दछ र मुजहिफ बहर भने टुक्रिएका रुक्नको मेलबाट बन्छ ।

न्ोटः काब्य विधामा संस्कृत छन्दका गणमा क्ष् -लघु) र क -गुरु) भए झैा गजलका बहरमा भने रुक्नका लघुलाई १ र गुरुलाई २ ले जनाइन्छ ।

यहाा बहरको वारेमा सङ्क्षिप्त जानाकारी मात्र दिन खोजिएको हो । बहरको वारेमा पूर्ण जानाकारी भने नेपाली गजलमा शास्त्रीय बहरकोे आवस्यक्ता र सान्दर्भिकता नामको लेखमा उल्लेख गरिएको छ ।

निस्कर्षः

गजल मूलतः शास्त्रीय विधा हो । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै यस विधाको विशेषता हो । यो सर्वमान्य सत्य पनि हो । गजल सरल भएर पनि सशक्त छ । कोमल तथा हार्दिक भएकै कारणले आज यो विधा नेपाली माटोमा सवैको पि्रय भएको छ । पुराना तथा नयाा सवै स्रष्टाहरूको यो विधा तर्फ अधिक आकर्षण रहेको पाइन्छ ।
नेपाली गजलले छोटो समयमै लोकपि्रयता कमाएको छ । यो लोकपि्रयतालाई वचाइराख्नु नितान्त जरुरी छ । यस तर्फ तमाम गजलप्रेमीले सोच्नु पर्ने वेला आएको छ । गजलमा परिस्कारको आवस्यक्ता महसुस हुन थालेको छ र यही आवस्यक्तालाई मध्यनजर राख्दै पछिल्लो समयमा गजलमा परिस्कार आन्दोलनको कार्य पनि सुरु भएको छ । परिस्कार गरेर गजललाई शसक्त एवम् मर्यादित पार्ने काम आफैमा स्वागत योग्य छ । त्यस्तै केही मानिसहरू गजलमा नयाा प्रयोग भित्र्याउन पनि लागिपरेका छन । नविनतम प्रयोगले गजललाई सुन्दर तथा व्यापक वनाउछ । तर प्रयोगको नाममा गजललाई यसको मर्मबार्ट अलग्याउने । सरलताबाट क्लिष्टता तर्फ डोहोर्याउने काम भने हुनु हुादैन । अर्थात यसले गजललाई मजवुत नभएर अझ कमजोर वनाउछ भन्ने कुरालाई सवैले वुझ्नु र वुझाउनु आवस्यक छ ।

सन्दर्भ सामाग्रीहरूः 
(१) बराल, कृष्णहरि – (२०६४) गजल सिद्धान्तर परम्परा ÷ साझा प्रकाशन
(२) रावल, ललिजन – (२०६५) प्रतिनिधि नेपाली गजलहरू ÷ विवेक सिर्जशील प्रकाशन समूह
(३) परिश्रमी, घनश्याम न्यौपाने (२०६४) गजल ः सौन्दर्य र मिमांसा ÷ वुटवल सनसाइन आवासीय मावि
(४) बिरही, केशु – (२०६३) दन्किएको आगो (गजल सङ्ग्रह) ÷ नेपाल गजल प्रतिष्ठान
(५) विवश, वलिभद्र कोइराला – (२०६७) काँचको मुटु ÷ पूर्वाञ्चल गजल मञ्च
६) बिरही, केशु – (२०६४) नेपाली गजल र यसमा प्रयोग भएका केही बहरहरू ÷पल्लव गजल विशेषाङ्क
(७) साँइलो, गोर्खे (२०६४) हुसैन खाँको डायरीभित्र लहरिदा ÷ पल्लव गजल विशेषाङ्क
(८) पन्थी, देबी (२०५९) गजल सिद्धान्त र समालोचना विविध वाङ्मय प्रतिष्ठान
(९) नेपाल, देवी ÷ सुवेदी, सुरेश ÷ ओझा, घनेन्द्र – (२०६६) गजल कसरी लेख्ने ?
ऐरावती प्रकाशन
(१०) अर्चना, सप्रेम (२०६६) सपना कहा छुन सक्छु र ! (गजल सङ्ग्रह) तन्नेरी डट कम
(११) वराल, विभोर (२०६६) उड्दै गए सपनाहरू (गजल सङ्ग्रह) तन्नेरी डट कम
 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out