Sunday, 8 June 2014

ज्योतिष र वास्तुविज्ञान



शिक्षा नै सबैभन्दा ठूलो धन हो। शिक्षा साथमा छ भने कुनै पनि कुरामा पछि पर्नुपर्दैन, तर शिक्षाको असफलताले भने व्यक्तिलाई विभिन्न अवस्थामा घुडाँ टेक्न बाध्य बनाउँछ। 'विद्या धनं, सर्व धनं' अर्थात्, विद्या छ भने धन छ र विद्याजस्तो ठूलो धन अरू केही हुँदैन। अर्को पक्षबाट हेर्दा विद्या नभएका व्यक्ति पनि धनवान् त छन् तर ज्ञानवान् र विवेकशील नहुन सक्छन् । त्यसैगरी विद्याप्राप्ति गरेका व्यक्ति पनि गरिब, अज्ञानी एवं अविवेकशील छन्। हरेक पक्ष, विषय अनि सन्दर्भलाई विभिन्न दृष्टिकोणबाट केलाउन सकिन्छ। अनुकूल दृष्टिकोण शुभ हो तर प्रतिकूल दृष्टिकोण अशुभ भए पनि त्यो पनि स्वतः शुभ नै हो, किनभने नकारात्मकताको सुधार एवं गहन अध्ययनले गुणस्तर प्राप्त हुन्छ। 



आकाशमा रहने ग्रह, तारा, नक्षत्र तथा खगोलीय पिण्डको किरणको प्रभावले हामीमा पर्ने असरको अध्ययन गर्ने ज्योतिष विज्ञान गणित, भूगोल तथा खगोलको त्रिकोणीय विज्ञान हो। प्रत्येक व्यक्तिको जीवनमा तीनवटा कुराले प्रभाव पार्छ- राशि प्रभाव, वंशाणु प्रभाव तथा वातावरणीय प्रभाव। व्यक्तिको जन्म समयमा ग्रह रश्मि कति अंशमा उसको शरीरमा परिरहेको थियो भन्ने अध्ययन Zodiac influence ले गर्छ। विशेष गरेर प्रत्येक व्यक्ति कति हदसम्म अध्ययनमा सफल हुन्छ भन्ने कुरा जन्मकुण्डलीको ग्रहले निर्धारण गर्छ र कुन विषय अध्ययन गर्दा विशेष विशिष्टता, नाम, दाम एवं इज्जत हासिल हुन्छ भन्ने कुरा पनि निर्धारण गरिन्छ। उदाहरणका लागि वृहस्पति, बुध र लग्नबाट पञ्चमस्थानको ruling lord planet  (ग्रह) कत्तिको बलवान छ, कति अंशमा छ भन्ने कुराले व्यक्तिको विद्या, बौद्धिकता, तार्किकता एवं दार्शनिकता प्रस्ट हुन्छ। अर्को महत्त्वपूर्ण कुरा माता-पिता एवं परिवारका अन्य सदस्यको शैक्षिक योग्यता एवं बौद्धिक पृष्ठभूमिले सन्तानमा पर्ने प्रभाव हुन्छ। वातावरण अर्थात् प्रकृतिसँगको मानवीय तालमेल अर्थात् वास्तुको सन्तुलनले अध्ययनमा पार्ने प्रभाव पनि त्यतिकै महत्वपूर्ण हुन्छ। 



सौर्यमण्डलका ग्रह ज्योतिषविज्ञानका मुख्य प्रमाण हुन्। गुरुत्वाकर्षण शक्तिलाई स्वीकार गर्नेले स्वत ज्योतिषविज्ञानलाई पनि स्वीकार गर्छन् र त्यसको तथ्यगत अध्ययन विज्ञान खगोल विज्ञानले गर्छ। ग्रहको आकर्षण गर्ने बल, ग्रहकै चालबाट ऋतुपरिवर्तन, आकाशमा ग्रहको परिक्रमा एवं गतिबाट औंसी, पूणिर्मा आउनु अनि चन्द्रमाको प्रभावबाट समुद्री छाल आदि यसका तार्किक उदाहरण हुनसक्छन्। विश्वका महान् वैज्ञानिक, दार्शनिक एवं विद्वान्हरूले आफूलाई अनि समयको चाल बुझ्न ज्योतिष विज्ञानको सान्दर्भिकतालाई स्वीकार गर्दै यो विज्ञानलाई निर्णय लिने कार्यमा सहयोगी बनाउँदै आएका छन्। ज्योतिषविज्ञानको प्रयोगबाट रत्न चिकित्सा, रुद्राक्ष चिकित्सा, रंग चिकित्सा, प्राकृतिक भोजन एवं मन्त्र उच्चारण आदि माध्यमबाट अध्ययनमा सुधार ल्याउन सकिन्छ। पढाइमा मननै नलाग्ने व्यक्तिले ॐ बृं बृहस्पतय नमः मन्त्र १ हजार ८ पटक नियमित रूपमा जप गरे पढाइमा स्वतः ध्यान र मन लाग्छ। गणितमा कमजोर विद्यार्थीले ॐ बुं बुधाय नमः जप गर्नु लाभदायक हुन्छ। 



- विद्यार्थी, अध्ययनकर्ता, खोजकर्ता, दार्शनिक, वैज्ञानिक आदिको सुत्ने तथा पढ्ने कोठा पूर्व वा उत्तरमा हुनुपर्छ किनभने पूर्व र उत्तर दिशाबाट अत्यन्त सकारात्मक ऊर्जाशक्ति प्रवाहित हुन्छ भने हावा बढी स्वच्छ र प्राकृतिक हुन्छ। जहाँ सौर्य किरण पर्छ त्यहाँ ताजगी, शुुद्धता, शक्ति, सकारात्मक चिन्तन आदिको विकास हुन्छ। सौर्य किरणका कारण राम्रो निन्द्रा लाग्छ भने, कोठामा रहेका हानिकारक किटाणु नाश हुन्छन्। सूर्य उदयदेखि ११ बजेसम्म भिटामिन डीको पूर्तिले व्यक्तिलाई स्वस्थ शरीर एवं स्वस्थ मस्तिष्क प्रदान गर्छ। 



- सुत्दा दक्षिण शिरानी राख्नु सर्वोत्कृष्ट मानिन्छ। पृथ्वी उत्तरी ध्रुव र दक्षिणी ध्रुवको बीचमा पर्छ, जहाँ चुम्बकीय तरंग प्रभाहित भैरहेको हुन्छ र पृथ्वीबाट एक किसिमको ऊर्जा आउँछ। व्यक्तिको दिमाग/टाउकोमा चुम्बकको उत्तरी पोलको ऊर्जा हुन्छ। जब उत्तरी धु्रव र दक्षिणी धु्रवको मिलन हुन्छ, तब (+) सकारात्मक ऊर्जा निर्माण हुन्छ र व्यक्ति प्राकृतिक रूपमा फुर्तिलो, स्वस्थ, स्मरण शक्ति प्रशस्त भएको एवं सिर्जनशील हुन थाल्छ। 



- अध्ययन कक्ष उचित प्रकाश र हावा आवतजावत गर्ने खालको हुनुपर्छ। 



- अध्ययन कक्षमा गाढा रंगभन्दा पनि हलुका रंग लगाउनु लाभदायक मानिन्छ। जस्तो रंग छ त्यस्तै खालको स्वभाव र चरित्र विकास हुने हुँदा हलुका रंगको प्रयोगबाट व्यक्ति असल, शान्त लचक एवं सिर्जनशील रहन्छ जसका कारण विज्ञान र गणितमा उसले अझ बढी अंक हासिल गर्न सक्छ। 



- पूर्व वा उत्तर फर्केर पढ्दा बढी सम्झन र पढेका कुरा बुझ्न सकिन्छ। पूर्व सूर्यको दिशा हो, जसको किरणबाट अरू ग्रह तथा तारा चम्कन्छन्, प्रकृति पनि पालित छ। सूर्य प्रकाशको अथाह भण्डार हो। जहाँ प्रकाश छ त्यहाँ अन्धकार वा ज्ञानको अभाव हुने कुरै भएन।



- कम्प्युटर, ल्यापटप आदि उत्तरपश्चिम दिशामा राख्नु पर्छ।



- पुस्तक र्याक पश्चिम दिशामा राख्दा पढेका, सिकेका कुरा व्यक्तिमै स्थिर भएर रहन्छ।



- पढ्ने टेबलमा पिरामिड राख्नु फाइदाजनक हुन्छ।



- पढ्दा आफ्ना पैताला भुइँमा राख्नुपर्छ, टेबलको स्टयान्डमा राख्नु हुँदैन र खुट्टा हल्लाउनु हुँदैन।



- कोठाको कुनै पनि क्षेत्रमा अत्यन्त सफल व्यक्तित्वको तस्बिर राख्दा त्यसबाट सकारात्मक उद्देश्य निर्माण र जीवनमा अझै धेरै गर्नु छ भन्ने प्रेरणा मिल्छ।



- अक्षर नै विद्यार्थीको गहना हो। अक्षर सुधार गर्न लेखनकार्य बढाउनु आवश्यक छ। यदि कुनै व्यक्तिको जन्मकुण्डलीमा बुध कमजोर छ, बक्री छ, अस्त छ वा पाप ग्रहले देखेको छ वा शून्य अंशमा छ भने उक्त व्यक्तिका अक्षर नराम्रा हुन्छन्। त्यसैले हरियो सागसब्जी, हरियो अङ्गुर, कुरिलो बढी सेवन गरे, चारमुखी रूद्राक्ष गलामा लगाए बुध ग्रह बलियो हुँदै जानुका साथै अक्षर राम्रो हुन्छ।



- अध्ययन कक्षमा केही हँसिलो वा हसाउने खालका कार्टुन टाँस्नु शुभ हुन्छ, जसका कारण व्यक्ति खुसी होस्, हाँसोस् र रोमाञ्चित रहोस्। यसका कारण तनाव टाढा भाग्छ र जब तनाव हुँदैन तब मस्तिष्कले १० गुण बढी सोच्न सक्छ।



- यदि पश्चिम र दक्षिण दिशामा झ्याल, ढोका छन् भने त्यसलाई बन्द गर्ने जसले गर्दा उक्त दिशाबाट नकारात्मक ऊर्जा कोठाभित्र छिर्न सक्दैन। पूर्व तथा उत्तर दिशा खुला राख्नु शुभ हुन्छ। 



- 'बलं उपास्व, ज्ञानं उपास्व' - ऋग्वेद। अर्थात्, बलको उपासना गर, ज्ञानको उपासना गर। विद्यार्थीले ज्ञानको उपासना त गर्छन् तर बलको उपासना पनि विशेष छ। विभिन्न कसरत, ध्यान, योग वा खेलकुद आदिका लागि १ घण्टा समय छुट्याउनुपर्ने वेदले निर्देशन दिएको छ। 



- अध्ययन कक्षमा रूद्राक्षको माला झुन्डयाउनु विशेष प्रभावकारी हुन्छ। रूद्राक्षको ऊर्जा शक्ति र रूद्राक्षमा पाइने गुणले कोठाको वास्तु दोष पनि नाश हुन्छ।



मनीष सापकोटा, 



युवा ज्योतिषी एवं वास्तुविद्


स्रोत :- कान्तिपुर साप्ताहिक 

Saturday, 7 June 2014

इतिहासमा बिश्व कप



आयोजना : सन् १९३० जुलाई १३ देखि ३० सम्म
सहभागी टोली : १३
खेल संख्या : १८
गोल संख्या : ७० गोल (प्रतिखेल ३.९ गोल औसतमा)
दर्शक : ४ लाख ३४ हजार ५ सय (प्रतिखेल २४ हजार १ सय ३८)
विजेता : उरुग्वे
उपविजेता : अर्जेन्टिना
तेस्रो स्थान : अमेरिका
चौथो स्थान : युगोस्लाभिया
गोल्डेन बटु : गुलेर्मो स्टाबिल (अर्जेन्टिना)

दोस्रो विश्वकप (इटाली)
आयोजना : सन् १९३४ मे २७ देखि जुन १० सम्म
सहभागी टोली : १६
खेल संख्या : १७
गोल संख्या : ७० गोल (प्रतिखेल ४.१ गोल औसतमा)
दर्शक : ३ लाख ५८ हजार (प्रतिखेल २१ हजार ५८)
विजेता : इटाली
उपविजेता : चेकस्लोभाकिया
तेस्रो स्थान : जर्मनी
चौथो स्थान : अस्ट्रिया
गोल्डेन बुट : ओल्ड्रिच नेजेदली (चेकोस्लोभाकिया)

तेस्रो विश्वकप  (फ्रान्स)
आयोजना : सन् १९३८ जुन ४ देखि १९ सम्म
सहभागी टोली : १५
खेल संख्या : १८
गोल संख्या : ८४ (प्रतिखेल ४.७ गोल औसतमा)
दर्शक : ३ लाख ७६ हजार (प्रतिखेल २० हजार ८ सय ८८)
विजेता : इटाली
उपविजेता : हंगेरी
तेस्रो स्थान : ब्राजिल
चौथो स्थान : स्विडेन
गोल्डेन बुट : लिओनिडाज (ब्राजिल)

चौथो विश्वकप (ब्राजिल)
आयोजना : सन् १९५० जुन २४ देखि जुलाई १६ सम्म
सहभागी टोली : १३
खेल संख्या : २२
गोल संख्या : ८४ (प्रतिखेल ४ गोल औसतमा)
दर्शक : १० लाख ४३ हजार ५ सय (प्रतिखेल ४७ हजार ४ सय ३१)
विजेता : उरुग्वे
उपविजेता : ब्राजिल
तेस्रो : स्विडेन
चौथो : स्पेन
गोल्डेन बुट : एडेमिर (ब्राजिल)

पाँचौ विश्वकप (स्विट्जरल्यान्ड)
आयोजना : सन् १९५४ जुन १६ देखि जुलाई ४ सम्म
सहभागी टोली : १६
खेल संख्या : २६
गोल संख्या : १ सय ४० (प्रतिखेल ५.४ गोल औसतमा)
दर्शक : ८ लाख ८९ हजार ५ सय (प्रतिखेल ३४ हजार २ सय ११)
विजेता : पश्चिम जर्मनी
उपविजेता : हंगेरी
तेस्रो स्थान : अस्ट्रिया
चौथो स्थान : उरुग्वे
गोल्डेन बुट : सान्डोर कोकसिस (हंगेरी)

छैटौ विश्वकप (स्विडेन)
आयोजना : सन् १९५८ जुन ८ देखि २९ सम्म
सहभागी टोली : १६
खेल संख्या : ३५
गोल संख्या : १ सय २६ (प्रतिखेल ३.६ गोल औसतमा)
दर्शक : ९ लाख ५ हजार ८ सय ३० (प्रतिखेल २५ हजार ८ सय ८०)
विजेता : ब्राजिल
उपविजेता : स्विडेन
तेस्रो स्थान : फ्रान्स
चौथो स्थान : जर्मनी
गोल्डेन बुट : जस्ट फोन्टेन (फ्रान्स)
उत्कृष्ट युवा खेलाडी : पेले (ब्राजिल)

सातौं विश्वकप (चिली)
आयोजना : सन् १९६२ मे ३० देखि जुन १७ सम्म
सहभागी टोली : १६
खेल संख्या : ३२
गोल संख्या : ८९ (प्रतिखेल २.७८ गोल औसतमा)
दर्शक : ८ लाख ९९ हजार ७४ (२८ हजार ९६ प्रतिखेल)
विजेता : ब्राजिल
उपविजेता : चेकोस्लोभाकिया
तेस्रो स्थान : चिली
चौथो स्थान : युगोस्लाभिया
गोल्डेन बुट : गारिन्चा (ब्राजिल)
भाभा (ब्राजिल)
भालेन्टिन इभानोभ (सोभियत संघ)
ड्राजेन जार्कोभिक (युगोस्लाभिया)
लिओनेल साँन्चेज (चिली)
फ्लोरिअन अल्बेर्ट (हंगेरी)

आठौं विश्वकप (इङल्यान्ड)
आयोजना : सन् १९६६ जुलाई ११ देखि ३० सम्म
सहभागी टोली : १६
खेल संख्या : ३२
गोल संख्या : ८९ (प्रतिखेल २.८ गोल औसतमा)
दर्शक : १६ लाख ३५ हजार (प्रतिखेल ५१ हजार ९३ को औसतमा)
विजेता : इङ्ल्यान्ड
उपविजेता : पश्चिम जर्मनी
तेस्रो : पोर्चुगल
चौथो : सोभियत संघ
गोल्डेन बुट : इसेबियो (इउसेबायो डा सिल्भा फेरेइरा) (पोर्चुगल)

नवौं विश्वकप (मेक्सिको)
आयोजना : सन् १९७० मे ३१ देखि जुन २१ सम्म
सहभागी टोली : १६
खेल संख्या : ३२
गोल संख्या : ९५ (प्रतिखेल ३ गोल औसतमा)
दर्शक : १६ लाख ३ हजार ९ सय ७५ (प्रतिखेल ५० हजार १ सय २४)
विजेता : ब्राजिल
उपविजेता : इटाली
तेस्रो : पश्चिम जर्मनी
चौथो : उरुग्वे
गोल्डेन बुट : गर्ड मुलर (जर्मनी)

दसौं विश्वकप (जर्मनी)
आयोजना : सन् १९७४ जुन १३ देखि जुलाई ७ सम्म
सहभागी टोली : १६
खेलसंख्या : ३८
गोलसंख्या : ९७ (प्रतिखेल २.६ गोल औसतमा)
दर्शक : १८ लाख २२ हजार ८ सय ३४ (प्रतिखेल ४७ हजार ९ सय ६९)
विजेता : पश्चिम जर्मनी
उपविजेता : नेदरल्यान्ड्स
तेस्रो : पोल्यान्ड
चौथो : ब्राजिल
गोल्डेन बुट : ग्रजेगोर्ज लाटो (पोल्यान्ड)
उदीयमान युवा खेलाडी : वलाडीस्लाव जमुदा (पोल्यान्ड)

एघारौ विश्वकप  (अर्जेन्टिना)
आयोजना : सन् १९७८ जुन १ देखि जुन २५ सम्म
सहभागी टोली : १६
खेलसंख्या : ३८
गोलसंख्या : १०२ (प्रतिखेल २.७ गोल औसतमा)
दर्शक : १५ लाख ५० हजार ४ सय २४ (प्रतिखेल ४० हजार ८ सय )
विजेता : अर्जेन्टिना
उपविजेता : नेदरल्यान्ड्स
तेस्रो : ब्राजिल
चौथो : इटाली
गोल्डेन बुट : मारियो केम्पेस (अर्जेन्टिना)
उदीयमान युवा खेलाडी : एन्टियो कार्बेनी (इटाली)
फेयर प्ले : अर्जेन्टिना

बाह्रौ विश्वकप (स्पेन)
आयोजना : सन् १९८२ जुन १३ देखि जुलाई ११ सम्म
सहभागी टोली : २४
खेलसंख्या : ५२
गोलसंख्या : १४६ (प्रतिखेल २.८१ गोल औसतमा)
दर्शक : २१ लाख ९ हजार ७ सय २३ (प्रतिखेल ४० हजार ५ सय ७२ )
विजेता : इटाली
उपविजेता : पश्चिम जर्मनी
तेस्रो : पोल्यान्ड
चौथो : फ्रान्स
गोल्डेन बुट : पाउलो रोसी (इटाली)

तेह्रौ विश्वकप  (मेक्सिको)
आयोजना : सन् १९८६ मे ३१ देखि जुन २९ सम्म
सहभागी टोली : २४
खेल संख्या : ५२
गोल संख्या : १ सय ३२ (प्रतिखेल २.५ गोल औसतमा)
दर्शक : २३ लाख ९३ हजार ३१ (४६ हजर १९ प्रतिखेल)
विजेता : अर्जेन्टिना
उपविजेता : पश्चिम जर्मनी
तेस्रो स्थान : फ्रान्स
चौथो स्थान : बेल्जियम
गोल्डेन बुट : ग्यारी लिनेकर (इङ्ल्यान्ड)
गोल्डेन बल : डिएगो म्याराडोना (अर्जेन्टिना)
उत्कृष्ट युवा खेलाडी : इन्जो सिफो (बेल्जियम)
फेयर प्ले अवार्ड : ब्राजिल

चौधौ विश्वकप (इटाली)
आयोजना : सन् १९९० जुन ३ देखि जुलाई ८ सम्म
टोली संख्या : २४
खेल संख्या : ५२
जम्मा गोल : ११५ (प्रतिखेल २.३ गोल औसतमा)
दर्शक : २५ लाख १६ हजार २ सय १५ (प्रतिखेल ४८ हजार ३ सय ८८ को औसतमा)
विजेता : जर्मनी
उपविजेता : अर्जेन्टिना
तेस्रो : इटाली
चौथो : इङल्यान्ड
गोल्डेन बल विजेता : साल्भाडोर सिलाची (इटाली)
गोल्डेन बुट विजेता : साल्भाडोर सिलाची (इटाली)
उत्कृष्ट युवा खेलाडी : रोबर्ट प्रोसिनेस्की (क्रोएसिया)
फेयर प्ले : इङ्ल्यान्ड

पन्ध्रौ विश्वकप (अमेरिका)
आयोजना : सन् १९९४ जुन १७ देखि जुलाई १७ सम्म
सहभागी टोली : २४
खेल संख्या : ५२
गोल : १४१ (प्रतिखेल २.७ गोल औसतमा)
दर्शक : ३५ लाख ८७ हजार ५ सय ३८ (प्रतिखेल ६८ हजार ९ सय ९१ को औसतमा)
विजेता : ब्राजिल
उपविजेता : इटाली
तेस्रो : स्विडेन
चौथो : बुल्गेरिया
गोल्डेन बल : रोमारियो (ब्राजिल)
गोल्डेन बल : ओलेग सालेन्को (रुस) र हिस्ट्रो स्टोइचकोभ (बुल्गेरिया)
उत्कृष्ट गोलरक्षक : माइकल प्रेउडहोमे (बेल्जियम)
उत्कृष्ट युवा खेलाडी : मार्क ओभरमार्स (नेदरल्यान्डस)
फेयर प्ले : ब्राजिल

सोह्रौ विश्वकप (फ्रान्स)
आयोजना : सन् १९९८ जुन १० देखि जुलाई १२ सम्म
टोली : ३२
खेल: ६४
जम्मा गोल : १७१ (प्रतिखेल २.७ गोल औसतमा)
दर्शक : २७ लाख ८५ हजार १ सय (प्रतिखेल ४३ हजार ५ सय १७ को औसतमा)
विजेता : फ्रान्स
उपविजेता : ब्राजिल
तेस्रो : क्रोएसिया
चौथो : नेदरल्यान्डस
गोल्डेन बल : रोनाल्डो (ब्राजिल)
गोल्डेन बुट : डाभर सुकर (क्रोएसिया)
उत्कृष्ट गोलकिपर : फाबियन बार्थेज (फ्रान्स)
उत्कृष्ट युवा खेलाडी : माइकल ओवन (इङल्यान्ड)
फेयर प्ले: इङल्यान्ड (फ्रान्स)

सत्रौ विश्वकप (दक्षिण कोरिया र जापान)
आयोजना : सन् २००२ मे ३१ देखि २००२ जुन ३० ८ सम्म
टिम : ३२
खेल : ६४
जम्मा गोल : १६१ (प्रतिखेल २.५ गोल औसतमा)
दर्शक : २७ लाख ५ हजार १ सय९७ (प्रतिखेल ४२ हजार २ सय ६८ को औसतमा)
विजेता : ब्राजिल
उपविजेता : जर्मनी
तेस्रो : टर्की
चौथो : दक्षिण कोरिया
गोल्डेन बल : ओलिभर काहान (जर्मनी)
गोल्डेन बुट : रोनाल्डो (ब्राजिल)
उत्कृष्ट युवा खेलाडी : लन्डन डोनोभान (अमेरिका)
फेयर प्ले : बेल्जियम

अठारौं विश्वकप (जर्मनी)
आयोजना : सन् २००६ जुन ९ देखि जुलाई ९ सम्म
टिम : ३२
खेल : ६४
जम्मा गोल : १४७ (प्रतिखेल २.३ गोल औसतमा)
दर्शक : ३३ लाख ५९ हजार ४ सय ३९ (प्रतिखेल ५२ हजार ४ सय ९१ को औसतमा)
विजेता : इटाली
उपविजेता : फ्रान्स
तेस्रो : जर्मनी
चौथो : पोर्चुगल
गोल्डेन बल : जिनेदिन जिदान (फ्रान्स)
गोल्डेन बुट : मिरोस्लाभ क्लोज (जर्मनी)
उत्कृष्ट गोलरक्षक : जियानलुइगी बुफोन (इटाली)
उत्कृष्ट युवा खेलाडी : लुकास पोडोलस्की (जर्मनी)
फेयर प्ले पुरस्कार : स्पेन र ब्राजिल

उन्नाइसौं विश्वकप (दक्षिण अफ्रिका)
आयोजना : सन् २०१० जुन ११ देखि जुलाई ११ सम्म
टिम : ३२
खेल : ६४
जम्मा गोल : १४५ (प्रतिखेल २.३ गोल औसतमा)
दर्शक : ३१ लाख ७८ हजार ८ सय ५६ (प्रतिखेल ४९ हजार ६ सय ६९ को औसतमा)
विजेता : स्पेन
उपविजेता : नेदरल्यान्ड्स
तेस्रो : जर्मनी
चौथो : उरुग्वे
गोल्डेन बल : डिएगो फोर्लान (उरुग्वे)
गोल्डेन बुट : थोमस मुलर (जर्मनी)
उत्कृष्ट युवा खेलाडी : थोमस मुलर (जर्मनी)
उत्कृष्ट गोलरक्षक : ईकेर कासिलस (स्पेन)
फेयर प्ले : स्पेन
                  स्रोत:- अन्नपूर्णपोस्ट

    Monday, 2 June 2014

    थाहा पाइराख्नुस् ।

    के तपाईंलाई थाहा छ?
    तिलिचो ताल
     

    मेरो कन्ट्रोल प्यानल

      New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out