फुर्सदको समयमा डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नै नियन्त्रणमा हुन्छ र चाहिएको बेला कसैको सहयोगको जरुरी पर्दैन ।पछिल्लो समय प्राथमिक शेयरबजार र दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेको छ । अहिले आर्थिक गतिविधि प्रायः ठप्प छन् । यो फुर्सदको समयमा शेयरसम्बन्धी घरमै बसी धेरै कुरा गर्न सकिन्छ । मुख्य कुरा शेयर किन्ने र बेच्ने निर्णय लिनुभन्दा पहिले आवश्यक पर्ने डाटा, सूचना, ट्रिक्स, टिप्स, जानकारीजस्ता पर्दा पछाडिका कामहरू फुर्सदको अवस्थामा घरमा बसीबसी गर्न सकिन्छ ।
फुर्सदको समयमा डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नै नियन्त्रणमा हुन्छ र चाहिएको बेला कसैको सहयोगको जरुरी पर्दैन ।
दोस्रो बजारमा प्रवेश गर्न दुई तरीकाको विश्लेषण सिकेर कारोबार गरेको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिन्छ । यी दुई तरीका हुन् : आधारभूत र प्राविधिक विश्लेषण । लगानी गरिने धितोपत्र र त्यो कम्पनीको आधारभूत पक्ष तथा वित्तीय अवस्थाको विस्तृतमा विश्लेषण गरिन्छ र निष्कर्ष निकालिन्छ भने त्यो आधारभूत विश्लेषण हो । यसले धितोपत्रमा लामो समयका लागि लगानी गर्न मद्दत गर्छ । कुनै धितोपत्रको कारोबार मूल्यमा भएको परिवर्तन समयसँगै कुनै ग्राफमा उतारेर विश्लेषण गरिन्छ भने त्यो प्राविधिक विश्लेषण हो । यसले धितोपत्रको अल्पकालमा गरिने लगानी (कारोबार) लाई सहयोग पु¥याउँछ । टे«डिङमा कुनै धितोपत्र वा समग्र बजारको ट्रेन्ड कस्तो चलिरहेको छ ? उपट्रेन्ड, डाउन ट्रेन्ड वा साइडबेज कुन ट्रेन्डमा छ ? त्यो ग्राफमा हेरेर अनुमान लगाएर शेयर कारोबार गर्नुपर्छ । कारोबारीले बजार प्रवृत्तिलाई अलि बढी ध्यान दिन्छन् र सोहीअनुरूप शेयर कारोबार गर्छन् र बजारबाट प्राप्त हुन सक्ने अधिकतम फाइदा प्राप्त गर्न सफल हुन्छन् । धेरै जोखिम बेहोर्ने हिम्मत भएका लगानीकर्ताले कारोबार गर्छन् । तर, उच्च जोखिम उठाउन नसक्ने लगानीकर्ताले आधारभूत विश्लेषण गरी बोनस, हकप्रद, लाभांशजस्ता मुनाफामा अलि बढी ध्यान दिन्छन् र मुनाफा सुनिश्चित गर्दै शेयर संख्या बढाउँदै लैजान्छन् । असाध्यै जरुरी परे मात्र त्यस्तो शेयर विक्री गर्छन् । लामो समयका लागि शेयर खरीद गर्ने हो भने लगानी बुझाउँछ । छोटो समयका लागि खरीद गर्ने हो भने कारोबार बुझिन्छ । एकै लगानीकर्ताले यी दुवै काम गर्न पनि सक्छन् । ट्रेड नगरी लगानी मात्र गर्ने हो भने त एक दिन गोजीको पैसा सकिन्छ । त्यसैले यी दुवैको सन्तुलन मिलाएर खरीद वा विक्री गर्नुपर्छ ।
यसरी यी दुवै विश्लेषण गर्न र प्राप्त नतीजाका आधारमा शेयर कारोबार गर्न आवश्यक पर्ने डाटा तथा सूचना संकलन र भण्डारण सहज बनाउन र चाहिएका बेला तुरुन्त प्राप्त गर्न आफैले सानो डाटाबेस पनि तयार गर्न सकिन्छ ।
आफै सानो डाटाबेस तयार गर्ने
फुर्सदको समयमा आवश्यक पर्ने शेयरसम्बन्धी, बैंकसम्बन्धी तथा अन्य पोर्टलहरूको लगइन इन्फरमेशनहरू सुरक्षित गर्न सकिन्छ । यस्ता कुरा डायरी वा मोबाइलको कन्ट्याक वा नोटमा राख्ने धेरैको बानी हुन्छ त्यो सुरक्षित हुँदैन । प्राथमिक शेयर निष्कासनका शेयरहरू परिवारका सदस्यको नाममा पनि हुन सक्छ जुन छुट्टाछुट्टै डिम्याट खातामा हुन्छन् । यसरी छरिएर रहेको कुनै कम्पनीको शेयर कति रहेछ भनेर थाहा पाउनुप¥यो भने तत्कालै थाहा पाउन गाह्रो हुन्छ । त्यसैले आपैmले सानो डाटाबेस आफै तयार गर्नुपर्छ । कम्प्युटरमा एउटा एक्सल फाइल सिट बनाउनुपर्छ । त्यस सिटमा डाटा इन्ट्री गरी त्यसलाई जिमेल लगइन गरी गूगल ड्राइभमा उपलोड (एड) गरेर सुरक्षित राख्न सकिन्छ । यसरी भण्डार गरिएको सिट मोबाइलबाटै सजिलै हेर्न वा डाटा अपडेट गर्न सकिन्छ । यहाँबाट चाहिएका बेला आफ्नो लगानी तथा जम्मा शेयर पोर्टफोलियो कति छ, कस्तो अवस्थामा छ, कुनकुन कम्पनीमा कति नाफा वा नोक्सान छ, कुनकुन कम्पनीले कतिकति बोनस, हकप्रद दिए/दिएनन् आदि कुरा एकै ठाँउमा एउटै सिटमा रेकर्ड राखी हेर्न सकिन्छ । यही सिट (डाटाबेस) का आधारमा कुन शेयर किन्ने, राख्ने र बेच्ने भन्ने कुराको निर्णय गर्न पनि सजिलो हुन्छ । रिअपडेट गरिएको डाटा अनलाइनमार्फत अटोमेटिक सेभ हुने भएकाले एक्कासि कम्प्युटर बन्द हुँदा डाटा हराउने डर पनि हुँदैन । पहिलो एकपटक यो सिट खोलेर सिटको माथि दायाँ कर्नरमा रहेको अप्शनमा क्लिक गरी अभाइएबल अफलाइन बटमलाई अन गरेपछि इन्टरनेट नभए पनि त्यो फाइल खोलेर सबै डेटा हेर्न, उपयोग गर्न र अपडेट गर्न सकिन्छ । यसरी अफलाइन अपडेट गरिएको डाटा भने डिभाइस अनलाइन हुनेबित्तिकै स्वतः गूगल ड्राइभमा अपडेट भइहाल्छ ।
अतः यो फुर्सदको समयमा यस्तो डाटाबेस बनाउँदा धेरै किसिमका फाइदा छन् । आफ्नो डाटा वा सूचना आफ्नो नियन्त्रणमा हुन्छ र चाहिएका बेला कसैको सहयोगको जरुरी पर्दैन । जेजति सूचना, नोट, टिपोट छन् सबै त्यही फाइल सिट थप गरेर राख्न सकिने भएकाले दिमागलाई बोझ पनि भएन । हराउला भन्ने डर पनि भएन । डिम्याट खाता, बैंक खाता, व्रोकर आईडीका नम्बरहरू तथा मेरो शेयर, ई–बैंकिङ, मोबाइल बैंकिङको लगइन, ट्रान्जेक्शन कोड आदि बिर्सिएर बारम्बार रिसेट गर्ने झन्झट पनि हुँदैन । इन्टरनेट नभएको ठाँउमा पनि चाहिएका बेला डाटा हेर्न, अपडेट गर्न सकिन्छ । मोबाइल, ट्याबलेट वा ल्यापटप बिर्सिए पनि कम्प्युटर र इन्टरनेट भएको ठाउँमा जिमेल लगइन गरेर तुरुन्त आप्mनो डाटाबेस हेर्न सकिन्छ । समय र पैसाको बचत हुन्छ । विभिन्न फर्मुला प्रयोग गरी डाटाबेसलाई अटोमेशनसमेत गरेर विभिन्न रिपोर्ट निकाल्न पनि सकिन्छ । ग्याजेट्स हराए, बिग्रिए वा परिवर्तन भए पनि जिमेलमार्फत लगइन गरी नयाँ डिभाइसमा तुरुन्त आप्mनो डाटाबेस पाउन सकिन्छ । त्यसैले यो डाटा कहिले पनि हराउँदैन अरूलाई शेयर नगरेसम्म गूगलले डाटाको गोपनीयता कायम राख्ने भएकाले डाटा धेरै सुरक्षित र विश्वसनीय पनि हुन्छ ।
साभार:- आर्थिक अभियान
लेखक नागरिक लगानी कोषमा कार्यरत छन् ।
No comments:
Post a Comment