Friday, 17 January 2020

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुन लघुवित्तको कस्तो देखियो अवस्था ? तथ्याङ्क सहित

Feb 15, 2019

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ४० मध्ये ३९ वटा लघुवित्तहरुमा छिमेक लघुवित्त सबैभन्दा अब्बल देखिएको छ। विभिन्न ७ सूचकको अध्ययनमा ६ वटा सूचकमा छिमेकले अग्रता लिएको छ। ५ सूचकहरुमा कमजोर अवस्थामा रहँदै नेपाल सेवा लघुवित्त सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ।

छिमेक लघुवित्तले खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी, जगेडा कोष, निक्षेप संकलन र कर्जा लगानीका आधारमा अग्रता कायम गरेको हो। 

लघुवित्त समूहमा सबै भन्दा कमजोर विवरण प्रस्तुत गरेको नेपाल सेवा लघुवित्त ३८ लाख रुपैयाँले नोक्सानीमा छ भने ब्याज आम्दानी, सञ्चालन आम्दानी, निक्षेप संकलन र कर्जा परिचालनमा कमजोर देखिएको छ।

समीक्षा अवधिमा खुद नाफाको आधारमा ८ वटा लघुवित्तले १० करोड रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएका छन् भने ९ वटा लघुवित्तको एक करोड रुपैयाँ पनि पुर्याउन सकेका छैनन् ।

यसैगरी मेरो माईक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ, नेशनल माइक्रोफाइनान्स ५ करोड ७२ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सले ५ करोड ६३ करोड रुपैयाँ, लक्ष्मी लघुवित्त ४ करोड ८५ लाख रुपैयाँ र नेरुडे लघुवित्तले तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

पुस मसान्तमा आरएसडिसि लघुवित्त, स्वदेशी लघुवित्त, वेमी माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, विजया लघुवित्त, स्वरोजगार लघुवित्त, उन्नति माइक्रोफाइनान्स र महुली सामुदायिक लघुवित्तको खुद नाफा दुई करोड भन्दा माथि छ ।

अन्य ७ वटा लघुवित्तले एक करोड रुपैया भन्दा धेरै खुद नाफा कमाएका छन् । जसमा ग्लोवल आइएमई लघुवित्त, मिर्मिरे लघुवित्त, महिला सहयात्रा, नागवेली लघुवित्त, चौतारी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स र सामुदायिक लघुवित्तले एक करोड माथि खुद नाफा आर्जन गरेका छन् ।

३९ वटा लघुवित्त मध्ये सबैभन्दा धेरै चुक्ता पूजी रहेको र्निधन उत्थान लघुवित्तको अन्य आम्दानीका सूचकहरु पनि सन्तोषजनक रहेका छन् । र्निधन उत्थानको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ छ भने जगेडा कोषमा एक कारोड १४ करोड ९२ लाख रुपैयाँ सञ्चित गरेको छ।

उता चुक्ता पूँजीको आधारमा जनउत्थाल लघुवित्त सबै भन्दा कमजोर रहेको छ। जहाँ लघुवित्तको चुक्ता पूँजी तीन करोड ७३ लाख रुपैयाँमा मात्र सिमित छ भने अन्य सूचकहरुमा पनि सामान्य सूधार भएको छ । त्यसैगरी जगेडा कोषको आधारमा आरम्भ माइक्रोफाइनान्स सबै भन्दा कमजोर देखिएको छ ।

आरम्भ माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विबरण सार्वजनिक गरेको छैन ।

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out