Monday, 25 August 2014

हामी आफैबाट सुरुवात गरौं


नेपाललाई स्वीट्जरल्याण्ड कसरी बनाउने ?
एक यायावर थिए ब्लावटस्की । उनले सारा संसारको यात्रा गरे । सारा ठाउँ पुगे । उनको एउटा अचम्मको बानी थियो । हातमा एउटा झोला लिइरहन्थे । चाहे रेलमा बस्दा होस् चाहे गाडीमा बस्दा होस् अनि उनी बारम्बार झोलाबाट केही चीज निकालेर फ्याँकिरहन्थे । मानिसहरु सोध्थे, यो के हो ? के फ्याँकिरहेका छौं ? ब्लावटस्की भन्थे, फूलको केही बीउ हो । बाटोको किनारमा फ्याँक्छु, वर्षा आउनेछ, फेरि यी बीउहरुमा अंकुर निक्लनेछन् र ती बिरुवाहरु ठूलाठूला हुनेछन् । अनि वर्षामा यी फूलहरु फुल्नेछन् । मानिसहरु भन्दथे– तिमी पागल हौ । जुन बाटोमा तिमी दोस्रोपटक आउने छैनौ त्यो बाटोमा बीउ छर्नुको के प्रयोजन ? र यदि फूलै फुल्यो भने पनि त्यसको के अर्थ ? ब्लावटस्की भन्दछन्– होइन, जुन बाटोहरुबाट म गइरहेको छु ती बाटोहरुमा कुनै दोस्रो मानिसहरुले फ्याँकेको बीउ फूल बनेर फुलेको छ र त्यसैमा म आनन्दित भएको छु । तिनको ऋण लागेको छ ममाथि त्यस ऋणलाई म कसरी चुक्ता गरुँ । यी बाटोहरुमा बीउ छरिदिन्छु, जसमा फेरि म दोहोरिएर त हिंड्दिन तर कोही अरु हिंडछन् र अनि आनन्दित हुनेछन् ।
म त कल्पना पनि गर्छु कि फूल फुल्छ होला र कोही अर्को मान्छे आनन्दित भइरहेको छ भने मेरो प्राण गद्गद हुन्छ, यस्तो बेलामा म आनन्दित हुन्छु ।

हामी देश बिग्रियो, खत्तमै भयो, सबैतिर बेथिति, कुनै पनि कुरा ल एण्ड अर्डरमा छैन भनेर हरकोही चिन्ता गरिरहेको हुन्छौं । तर हामी आपूm चाहिं के गरिरहेका छौं ? एक पटक सोचौं । हामीले दिनभरिका आप्mना क्रियाकलापमा राम्रोसँगले ध्यान दियौं भने उसैदिन थाहा पाइहाल्छौं यो देशको बर्बादीको कारण । एकछिन गाडी पर्खिन बसस्टपमा बसेको बेला, सार्वजनिक गाडीमा यात्रा गरेको बेला हामी त्यहाँ फोहोर पार्न हिचकिचाउँदैनौं । विदेश बसेर आउँछौं विदेशमा केही खाएर त्यसको खोल फाल्नु पर्यो भने फोहोर डस्टबिन नभेटेसम्म खल्तीमा बोकेर हिंड्छौ र आप्mनो देशमा आएपछि कस्तो फोहोर शहर भन्दै सबलाई गाली गर्छौं र पान खाएर बाटो र भित्तामा थुक्न घिन मान्दैनांै । सायद विदेशबाट नेपाल आउँदा उताको इयरपोर्टबाट बोकेर ल्याएको फोहोर यता नेपालको इयरपोर्टमा टस्टविन नभेटेर कतै कुनामा फाल्नु भएको पनि होला । तपाईं यो शहर यो देश सफा होस् भन्ने चाहनुहुन्छ तर तपाईंलाई फोहोर टिप्न घिन लाग्छ भने ठिक छ नठिप्नुुस् तर बस एउटा काम गर्नुस् आपूm फोहोर छर्दै नहिंड्नुस् । तपाईलाई यो देशको हरियो बन जोगाउन मन छ तर आपूmलाई वृक्ष रोपण गर्ने जाँगर चल्दैन भने ठिक छ नरोप्नुस् । तर एउटा काम गर्नूहोस् वनजंगल मास्ने कारक नबन्नुस्, तपाईं रुख नकाट्नस् । कहिले काही केही गर्नुभन्दा केही नगर्नु पनि महान् सावित हुन सक्छ । यदि तपाई केही योगदान दिन नै चाहनुहुन्छ भने दिनुस् । यो त्यति कठिन काम पनि छैन जस्तो तपाईंले घर बनाउनु भयो, त्यो घरमा कति काठ प्रयोग गर्नुभयो हुन सक्छ तपाईको घरमा दुइटा या तीनवटा रुख बराबरको काठ प्रयोग भयो । तपाईको फर्निचरका लागि एउटा रुख प्रयोग भएको हुन सक्छ, तपाईंले वातावरणमा प्रदुषण कति गर्नुभयो त्यसको आधारमा तपाई आप्mनो पूरा जीवनकालमा केवल दुईटा रुख रोप्नुहुन्छ या रोप्नका लागि योगदान पुर्याउनु हुन्छ भने यो संसारबाट हरियाली कहिल्यै हराउने छैन । यदि तपाई यो देशको भ्रष्टचार रोक्न चाहनुहुन्छ भने मानिस भ्रष्ट भए भनेर सबैलाई गाली गरेर समय खेर नफाल्नुहोस् । बस एउटा काम गर्नुहोस्, तपाईं चाहि कसैलाई घुस नदिनुस् । जुन दिन तपाई घुस नदिने घोषणा गर्नुहुन्छ उसै दिनदेखि यो देशबाट भ्रष्टचार समाप्त हुनेछ ।
म कहाँ प्रकाशन हेतु निकै पाण्डुलिपि जम्मा भएका छन् । दुई सय चानचुन त पक्कै होलान् । एक जना निकै वर्ष विदेश बसेर आएका युवक एक पटक मलाई भेट्न आए । उनले पुस्तक लेखेका थिए, तीस वर्षमा कसरी नेपाललाई स्वीटजरल्याण्ड बनाउन सकिन्छ ? मैले उनको पुस्तक बडो ध्यानले पढें । पुस्तक निकै रोचक र रमाइलो थियो । नेपाललाई स्वीटजरल्याण्ड बनाउने बडा रोचक तरिका थिए त्यहाँ । निकै गम्भीर र ठूला योजना । केही दिन पछि पुस्तकका बारेमा मेरो राय माग्न आए उनी । मैले उनलाई भनें, तपाई निकै लामो समय विदेश बस्नु भयो कति कमाउनु भयो ? उनले छक्क पर्दै मलाई भने, किन र मैले पैसा त कमाउन सकेको छैन । 
नेपाल आउनु भएको कति भयो ? 
दुई वर्ष भयो । 
नेपाल आएर कति कमाउनु भयो ? अहँ, छैन म त कमाउन पटि लागेकै छैन । केही कामको शुरुवातै गरेको छैन । म नेपाललाई कसरी स्वीटजरल्याण्ड बनाउने भन्ने चिन्तनमा लागेको छु ।
मैले उनलाई भनें, राम्रो हो तपाईंलाई देशको चिन्ता छ । देशको चिन्ता गरेर यति भीमकाय पुस्तक लेख्नुभयो । 
धन्यवाद, उनी खुसी भए ।
म तपाईंको पुस्तकबाट अति नै प्रभावित भएँ । र म तपाईंलाई बताइहालौं कि मसँग पनि छ नेपाललाई स्वीट्जरल्याण्ड बनाउने तरिका छ ।
के तपाई पनि पुस्तक लेख्दै हुनुहुन्छ ? उनी डराएका थिए । मैले उनको पुस्तकको थिम चोरेर अर्को पुस्तक पो लेख्ने हो कि भनेर ।
मैले भने, तपाईले डराउनु पर्दैन मलाई नयाँ आइडिया मिलेको छ । जुन आइडिया तपाईको पुस्तकमा मैले कतै देखिन ।
के हो त ? सोधे उनले ।
मैले भनें, तपाई केही उधम गरेर धनी बन्नुहोस्, तपाई धनी बनेपछि यो देश आपैm स्वीटजरल्याण्ड बन्छ । यदि यो देशका हरेक मानिस धनी बन्ने भएपछि देश स्वीटजरल्याण्ड स्वतः बन्नेछ । त्यसपछि उनले त्यो नेपाललाई स्वीटजरल्याण्ड बनाउने पुस्तक कहिल्यै छाप्ने कुरा गरेनन् र बाख्रा पालन गर्न थाले । 
देशका हरेक युवाहरु यो देशलाई स्वीटजरल्याण्ड बनाउने टिप्स तयार गरेर हिंडनुको साटो आपैm कमाउन थाल्ने हो भने यो देश स्वीटजरल्याण्ड हुन कति बेर पनि लाग्दैन । किनकि देश भन्नु जनता हो जनता धनी भएपछि देश त स्वतः नै धनी बन्छ । भीमकाय कुरा गरेर मात्र हुँदैन । यदि कुनै युवा साँच्चै नै यो देशको बारेमा हृदयदेखि नै चिन्तित हो भने उसले सबैभन्दा पहिला आपूm सामथ्र्यवान भएर देखाउन जरुरी छ । ऊ यो देशको लागि बोझ बन्नु हुँदैन । ऊ आप्mनो खुट्टा उभिनु पर्छ । उभिने मात्र होइन ऊ दौडिनु पर्छ । र, कुनै पनि युवा यसो गर्न सक्छन् पनि । त्यसको लागि जरुरी छ पहिला पाइला उठाउने हिम्मत । हाम्रा लागि हाम्रा अग्रजहरुले केही गरेनन् भनेर हामी केवल उनीहरुलाई गाली गरेर मात्र आप्mनो समय सकाउँछौं भने भोलि हामीलाई पनि आउने पुस्ताले गाली गर्ने छ । त्यसपछि यो अर्कालाई गाली गरेर दोष थोपरेर आपूm चोखो बनिरहने संस्कारलाई अझ हाम्रो पतन मात्र हुनेछ । यदि यो देशको कोही युवा साँच्चै नै यो देश स्वीट्जरल्याण्ड या त्यो जस्तै विकसित भएको हेर्न चाहन्छ भने उसले आज हिम्मत दे्खाएको हुनुपर्छ । त्यो हिम्मत हो तपाईले आप्mनो व्यक्तित्व विकास गर्नका लागि उठाउने पहिलो पाइला । हिम्मत गरेर केही कामको शुरुवात गरिहाल्नुस् । त्यही तपाईंले उठाएको सानो पाइलाले नै यो देशलाई महान् बनाउँछ । सपना देख्नु पर्छ, अझ मत भन्छु मानिसले ठूलो सपना देख्नुपर्छ तर त्यो सपनालाई पनि जग चाहिन्छ र त्यो जग हो तपाईले उठाएको त्यो पहिलो पाइला । यो पहिलो पाइला तपाई जुनसुकै क्षेत्रमा गएर उठाउन सक्नुहुन्छ । तपाईं युवा हो भने त झन तपाईले आजैबाट निर्णय लिन जरुरी छ । किन भने यहाँ फरक अरुले होइन तपाईंले ल्याउनुछ । यसको मतलब तपाईं ठूलो लक्ष्य नै नबनाउनुस् भनेको रुपमा नबुभ्mनुस् । यदि तपाईं कुनै महान् लक्ष्य हासिल गर्न चाहनुहुन्छ र आफ्नो सपना साकार बनाउन चाहनुहुन्छ भने तपाईंले फरक देखिने दृष्टिकोण राख्न जरुरी छ । र, आपूmलाई विश्वास गर्न आवश्यक छ । यदि तपाईंलाई विश्वास छैन कि तपाईंले फरक ल्याउन सक्नुहुन्छ तब तपाईंले यस्तो गर्न सक्नु हुनेछैन । तपाईं सक्दिनँ भन्ने ठान्नुहुन्छ भने वास्तवमै तपाईं सक्नुहुन्न । यदि म सक्छु यस आइ क्यान भन्नुहुन्छ भने यो ब्रह्माण्डको कुनै पनि शक्तिले तपाईलाई रोक्न सक्दैन । वास्तवमा एउटा मानिसलाई स्वयम् ऊ आपूm बाहेक अरुले रोक्नै सक्दैन । तर इतिहास पल्टाएर हेर्नुहोस् हरेक मानिसले यहाँ फरक ल्याउन सक्छ । र, त्यो तपाई पनि गर्न सक्नुहुन्छ । तब फरक ल्याउने ठोस दृष्टि कसरी विकसित गर्न सकिन्छ ? उही विश्वासको आधारमा । विश्वास गर्नुस् कि तपाईं फरक ल्याउन सक्नुहुन्छ । यो धर्तीका हर मानिसमा फरक ल्याउने क्षमता हुन्छ । तर तपाईं यस्तो तब गर्न सक्नुहुन्छ जब तपाईंको आफूमाथि भरोसा हुन्छ । विश्वास गर्नुस् तपाईंको कुराले भन्दा तपाईंको कामले फरक ल्याउन सक्छ । तपाईं ससाना कामहरुलाई सफल बनाउँदै अघि बढ्नुस् थाहै नपाई तपाईका फलोअर बढिसकेका हुनेछन् । र आपूmप्रतिको तपाईंको विश्वास पनि बढ्दै जानेछ । तपाईंको जीवनमा मात्र होइन पूरा समाजमा फरक देखिँदै जानेछ । सबैजना यहाँ केही हुँदैन भनेर कराइरहेको बेला तपाईं दियो बन्नु हुनेछ । अन्धकार चाहे जति वर्ष पुरानो होस्, सय या हजार वर्ष पुरानो किन नहोस् अन्धकार जब एउटा मात्र पनि दियो बल्छ तब उसले भाग्नै पर्छ । र, एउटा बलेको दियोबाट अरु हजारौं लाखौं दियो बाल्न सकिन्छ । तपाईंको जीवनमा हजारौं मानिस आउलान र कराउलान यो देशमा केही हुँदैन तर यो ब्रह्माण्डमा तपाईले कोही न कोही एक जना त भेट्नु नै हुने छ जसले भन्नेछ हो हुन्छ र यही देशमा केही हुन्छ । तपाई ती हजार नकारात्मक आवाज होइन त्यो एउटा आशा जगाउने आवाजमा विश्वास गर्नूहोस् । हजार वर्ष पुरानो अन्धकारमा होइन नयाँ र सानो नै सही दियोमा विश्वास गर्नुहोस् ।

No comments:

Post a Comment

 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out